कैलाली प्रहरीको अप्रेशन: चोरीको सुनको कारोबार गरेकाहरु नेपालगञ्जबाट पनि धमाधम पक्राउ पर्दै

नेपालगञ्ज २४ भदौ/ भारतमा रोजगारी गर्न गएको समयमा रोजगारदाता मालिकको घरबाट सुन-हिरा तथा नगद चोरी गरी नेपालमा लुकिछिपि बसिरहेको घटनाका सम्वन्धमा कैलाली प्रहरीले एउटा छुटटै फाइल नै खडा गरेर अप्रेशन सुरुवात गरेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बहुमुल्य समान तथा नगद चोरी गरि नेपालमा खरिद बिक्री तथा कारोबार गर्ने गरेको बिभिन्न घटनाक्रमले देखाएपछी कैलाली प्रहरीले अप्रेशन सुरुवात गरेको हो ।

उक्त अप्रेशनको क्रममा पिडित भारतिय पक्षको उजुरीको आधारमा चोरीको सुन खरिद तथा बिक्री गर्ने क्रममा एक केटीको सूचनाको आधारमा गत साउन ३२ गते कैलाली प्रहरीले बर्दिया तथा नेपालगञ्जको बागेश्वरी मोडमा सुन पसल खोली बसेका षन्तोष सोनीलाई पक्राउ गरेको थियो ।

अन्तराष्ट्रिय सुन तथा हिरा चोरी केसमा कैलाली प्रहरीले अदालतबाट लामै समयको म्याद थप गरी पक्राउ परेका षन्तोष सोनीलाई राम्रैसंग सोधपुछ गरेपछी निजले केटीले दिएको सूचनाको जस्तो चोरीको सुन नकिनेर अर्कै घटनाको चोरीको सुन खरिद गरेको बताएपछी कैलाली प्रहरीले चलाएको अप्रेशन थप सफलता उन्मुख तिर लागेको छ ।

भारतबाट चोरी गरि ल्याएको सुन पसलको नाम थाह नभएको र पसलेको नाम षन्तोष सोनी नै भएको दाबी गरेपछी फेरी कैलाली प्रहरीले बांके प्रहरीलाई अनुरोध गरेपछी बांके प्रहरीको सिभिल टोलीले चोरीको सुन तथा हिरा खरिद बिक्री तथा अन्य गलत धन्दा गर्ने गरेको सुराकीको आधारमा बांके प्रहरीले नेपालगञ्जको बागेश्वरी मोडमा राधेश्याम ज्वैलर्स सञ्चालन गदै आएका षन्तोष सोनीलाई पक्राउ गरी केही दिन पहिल्य कैलाली प्रहरीलाई बुझाएको छ ।

राधेश्याम ज्वैलर्सका षन्तोष सोनी पक्राउ परेपछी निजको पसलमा रहेका सम्पूर्ण सुनका गहना लुकाएर पसलको काउन्टर खाली राखिएको पाइएको छ भने चोरीका बहुमुल्य सुनचांदी खरिद बिक्री गर्ने गरेको सबुत प्रमाण सहित सोनी पक्राउ परेपनि निजको पसलमा भने सिल गरिएको छैन ।

हाल पक्राउ परेका षन्तोष सोनीलाई पछील्लो पटक खरिद गरेको चोरी सुन सहित कैलाली प्रहरीलाई थप अनुसन्धान र कार्बाहीका लागि बुझाएको छ ।
केही बर्ष पहिल्य सम्म सुनका गहना बनाउने एउटा सामान्य कालीगढ रहेका षन्तोष सोनी नेपालगञ्जको सदरलाईन स्थित दीपक हेमकार सहित ६ जना परिवारको सामूहिक हत्या तथा सुन तथा हिराका गहना डकैती गरेको घटनामा सुन खरिद गरेको घटनासंग समेत मुछिएका ब्यक्ति हुन ।

त्यसैगरी चोरीका सुन खरिद घटनामा यस अघि कैलाली प्रहरीले बांकेबाट केही बर्ष पहिल्य चोरीको सुन खरिद गर्ने ब्यक्तिलाई सुन सहित पक्राउ गरेको घटनामा ठुलो रकमको चलखेल पछी ततकालीन फाइल मुल्तबीमा थन्क्याईको आरोप लाग्दै आएको थियो भने चोरीको सुन सहित पक्राउ परेका ब्यक्ति केही दिनमा नै छुटेकोमा कैलालीको मुद्धा फांटमा उक्त फाइल रहेको स्रोतले बताएको छ ।

चोरीको सुनको कारोबारको सम्वन्धमा भारतिय सिमावर्ती जिल्ला कैलाली भएकाले भारतिय पक्षबाट धेरै जसो उजुरी कैलालीमा पर्ने गरेको त्यसको कनेक्सन अन्त्र जोडिने भएकाले हाल प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

अक्षामको मंगलसेना र बांकेको नेपालगञ्जसंग जोडिएको हाल सम्म कै पुरानो र ठुलो घटना  र उक्त कारोबारमा नेपालगञ्जका एक जना कपडा ब्यापारी र एक जना सुन ब्यापारी पनि जोडिएकाले प्रहरीले आवश्य अनुसन्धानको दायरा फराकिलो पारेर अगाढी बढने यस अघि कैलाली प्रहरीले बताएको थियो । बांकेमा छुटटै चोरीको सुन खरिद घटनामा १ जना पक्राउ गरेको र अन्यको खोजी गरिहरेको छ ।

नेपालगञ्जमा पनि बिगतमा २ नम्बरी सुन खरिद गर्ने र तस्करीको सुन खरिद गर्नेको नेपालगञ्ज एयरपार्टमा पक्राउ परेको ४ केजी सुन घटनामा पहिचान खुलेकोमा बांकेको यस अघिको प्रहरी नेतृत्वले कुनै अनुसन्धान र कार्बाही नगरि केस रफा-दफा गरेको थियो भने उक्त ब्यक्तिहरुको नाममा स्रोत बिनाको लागत पूंजीले अकुत सम्पती समेत जम्मा रहेको स्रोतको दाबी रहेको छ ।