५२ जना सन्तानका १०३ बर्षिय प्रजापति पोखरा महानगरको पिताको रुपमा सम्मानित


पोखरा १५ असोज / कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नंम्वर २६ का १०३ बर्षिय प्रजापति पोखरेललाई पोखरा महानगर पिताका रुपमा आइतबार सम्मान गरिएको छ ।
३३ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसरमा प्रजापति पोखरेललाई पोखरा महानगरपालिकाले नगद रकम, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ ।

पोखरेललाई सम्मान गर्दै, वडा नंम्वर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले महानगरकै जेष्ठ नागरिकलाई महानगर पिताका रुपमा सम्मान गर्न पाउँदा आफुलाई गौरव महसुस भएको उल्लेख गर्दै, उसम्मानित ब्यक्तित्वमा रहेका ज्ञान, शिप र अनुभवलाई पुस्तास्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सम्मानित ब्यक्तित्व प्रजापतिको जीवन शैलीले, मानिसको खानपान, रहन–सहनले एक शताब्दी सम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश प्राप्त भएको पोखरा महानगरपालिका वडा नंं ४ का निर्वतमान वडाध्यक्षध्यक्ष थापाले बताउनु भयो ।

अध्यक्ष थापाले वडाले बार्षिक रुपमा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा खाजा एवं सहायता सामाग्री बितरण गर्दै आएको जानकारी दिनुभयो । थापाले वडाको भौतिक बिकासमा मात्र नभई सर्वशुलभ रुपले शिक्षा र स्वास्थ्यमा सवै नागरिकको पहुच हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महानगरले बार्षिक रुपमा नगरपिता र नगरमाताको रुपमा जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको जानकारी दिनुभएको थियो

कार्यक्रममा सम्मानित परिवारले महानगरपालिकाबाट प्राप्त नगद १५ हजारमा ५ हजार १ सय ४ रुपैया थप गरी पोखरा महानगरपालिका वडा नंम्वर २६ स्थित सक्नेरीमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गर्नुभएको छ। महानगरपिताका रुपमा सम्मानित पोखरेलका ४ छोरा, ३ छोरीबाट समेत गरी ५२ सन्तान रहेका छन् ।

त्यसैगरि ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसरमा बांकेको कोहलपुर नगरपालिका कार्यालय हलमा जेष्ठ नागरिकहरुलार्य बोलाएर सम्मान कार्यक्रम गरेको छ ।
यता बांकेको कोहलपुर नगरपालिकमाले पनि नगर प्रमुख पूर्ण प्रशाद आर्चायको उपस्थितमा कार्यालय हलमा एक समारोहको आयोजना गरि जुष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।