नेपालगञ्ज १८ कार्तिक / कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्लाको रामीडांडा आसपास केन्द्रबिन्दु भएर शुक्रबार राती ११ः ४७ बजे गएको ६.४ रेक्टर स्केलको भुकम्पले जाजरकोट र पश्चिम रुकुम, दैलेख, जुम्ला, प्यूठान सल्यान, रोल्पा, दांग र बैतडी जिल्लामा समेत ठुलो जनधनको क्षती भएको छ ।
मध्यरातमा भुकम्प गएको समयमा मानिसहरु घर भित्र सुतिरहेको समयमा भुकम्पले घरहरु भत्किएर पुरिएर शनिबार सांझ सम्म १५७ जनाको मृत्यू भईसकेको गृह मन्त्रालय र नेपाल प्रहरीले पुष्टी गरिसकेको छ । मृत्यूहुनेहरुमा जाज।कोट जिल्लाका १०५ जना र रुकुम पश्चिम ५२ जना रहनुभएको छ ।
घाईते हुनेहरुमा जाजरकोटका ८१ जना, रुकुमका ७८ जना, दैलेखका ३ जना, जुम्लाका ३ जना, प्यूठानका ३ जना, बैतडीका २ जना, सल्यानका २ जना र रोल्पा र दांगमा १ जना गरी हाल सम्म ३७५ जना घाईते हुनुभएको छ ।
घाईतेहरुको सम्वन्धीत जिल्लाका जिल्ला अस्पतालहरु र बिभिन्न स्वास्थ्य केन्द्रहरु, सुर्खेत स्थित प्रादेशिक अस्पताल, काठमाण्डौं स्थित टिचिंग अस्पताल र नेपालगञ्ज स्थित भेरी अस्पताल उपचार भईरहेको छ ।
भुकम्पले सबै भन्दा बढी क्षती पुयाएको जाजरकोट र रुकुम पश्चिममा बिभिन्न संघ संस्था प्रदेश सरकार र केन्द्र सरकारले छुटटा छुटटै सहयोग गर्ने घोषणा गरेका छन ।
भुकम्पमा परी मृत्यूहुने प्रतिपरिवार ५० हजार रुपैयाँ, घाइतेको उपचार, अस्थायी आवास र खाद्यान्न व्यवस्थापनका लागि उप–प्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको प्राकृतिक प्रकोप ब्यवस्थापन केन्द्रिय समितिको बैठकले जिल्ला विपद् व्यवस्थापन कोष मार्फत खर्च गर्ने गरी रुकुम पश्चिम र जाजरकोटलाई ५/५ करोड रुपैयाँ पठाउने निर्णय गरेको छ ।
भूकम्पबाट ७ जिल्ला प्रभावित भए पनि जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी जनधनको क्षति भएकाृे छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका ४ वटा वडा ११, १२, १३ र १४ सानो भेरी नगरपालिकाका ३ वटा वडा २, ३ र ४ जाजरकोटको नलगाड नगरपालिका–१ र भेरी नगरपालिकाका १, ३ र ४ वडामा भूकम्पले बढी क्षति पुर्याएको शनिबार सांझ सम्मको रिपोर्ट गृह मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

हाम्रो संरचना । १९ कार्तिक २०८०, आईतवार ०८:५५