नेपालगञ्ज १५ पुस/ पश्चिम नेपालको नेपालगञ्ज केन्द्र बिन्दु बनाएर सरकारले सञ्चालन गरिरहेको बाल कैदी गृहमा पटक–पटक झडप हुने समस्या पुस १५ गते आईतबारको दिन पनि दोहरिएको छ । बाल कैदीका २ समूह बीच भएको झडपमा कम्तीमा २ जना बाल कैदी गम्भीर घाईते भएकाले उपचारको लागी अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी नायब उपरिक्षक एवम प्रवक्ता नारायण डांगीका अनुसार आईतबार अपरान्ह बांकेको नौवस्ता स्थित क्षेत्रिय कारागारमा सञ्चालनमा ल्याईएको बाल कैदी सुधारमा झडप भएको सुचना पाएपछी स्थानिय प्रशासन सगै प्रहरी पनि उक्त सुधार केन्द्र बाहीर रहेको र भित्र २ पक्ष बीच झडप र बाहिरबाट प्रहरी भित्र जान बाल कैदीहरुले अवरोध गरेरिरहेकोले दुबै पक्षलाई सम्झाई बुझाई गरेर घटना नियन्त्रणमा लिने प्रयाश भईरहेको जानकारी दिनुभएको छ ।
कारागारलाई सुधार गृहको रुपमा बिस्तार गर्ने अवधारणा अन्तरगत पश्चिम नेपालका कैदीहरुका लागी क्रमश निर्माण भईरहेको उक्त सुधार गृहमा आशिंक निर्माण सम्पन्न भएको केही बल्क भवनमा जिल्ला प्रशासन बांकेले गृह मन्त्रालयको स्विकृत लिएर हालै मात्र ११६ जना बाल कैदिलाई बांकेकै डुडुवा गाउंपालिका वडानम्बर ६ आसमनपुरमा रहेको जयेन्दु बाल सुधार गृहबाट नौवस्ता स्थित नव निर्मित क्षेत्रिय कारागार सुधार केन्द्रमा स्थान्तरण गरेको थियो ।
यस अघि गत असोज ४ गते जयेन्दु सुधार गृहमा बाल कैदी बीच भएको झडप नियन्त्रणको क्रममा रुपन्देहीका २१ वर्षीय सुलभ केसी घाईते भएकोमा उपचारको क्रममा मृत्यू भएको थियो भने १० जना गम्भीर घाईते भएका थिए । आईतबार पनि बिगतमा भएका घटनाहरुलाई फेरी बिवाद भएर दुई पक्षका बाल कैदीहरु बीच झडप भएको हो ।
नेपाल सरकारले बिभिन्न अपराधमा संलग्न बालबालिकाहरुलाई अदालतको फैसला बमोजिम बाल कैदी सुधार गृहमा राख्ने गरेकोमा पश्चिम नेपालको बांकेको डुडुवामा सञ्चालन गरेको जयेन्दु सुधार गृहमा एक आपसमै पटक–पटक झडपका घटना बढन थालेपछी हालै मात्र आशिंक सञ्चालनमा आएको बांकेको नौवस्ता स्थित कारागार सुधार गृहमा स्थान्तरण गरिएकोे थियो ।
हाम्रो संरचना । १५ पुष २०८०, आईतवार २१:०९