नेपालगञ्जबाट काठमाण्डौ गईरहेको रात्री बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यू {अपडेट सहित}

भालुबाङ,दांग २८ पुष /  शुक्रबार सांझ नेपालगञ्जबाट काठमाण्डौं गईरहेको भे १ ख ३९१२ नम्बरको यात्रु बहाक रात्री बस भालुबाङ स्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना हुदा कम्तीमा १२ जनाको मृत्यू भएको छ भने २२ जना घाईते भएका छन ।

दांगको भालुबाङ स्थित इलाका प्रहरी कार्यालयका प्रमुख उज्जल सिंह र दांग जिल्लाका प्रहरी प्रवक्ता रहनुभएका डिएसपी जनक बहादुर मल्ल एवम उद्धार कार्यमा खटिएको भालुबाङ स्थित शसस्त्र प्रहरीको ज्वालामाई गणका एसपी गोपाल प्रशाद श्रेष्ठकाका अनुसार शुक्रबार सांझ नेपालगञ्जबाट काठमाण्डौं गईरहेको उक्त रात्री बस राती साढे ९ बजे भालुवांग ट्राफिक चेकपोष्टमा इन्ट्रि गराएर पुल क्रस गर्ने क्रममा पुलको दांया पटटीको बार भत्काएर उक्त यात्रु बहाक बस राप्ती नदिको बगरमा खसेर दुर्घटना भएको छ ।

दुर्घटनामा १ जना महिला र ११ जना पुरुष गरि १२ जनाको बस पुलबाट तल खस्दा च्यापिएर केहीको घटनास्थलमा र केहीको उपचारको क्रममा मृत्यू भएको छ । मृर्तकहरुको सनाखत हुन बांकी रहेको र मृर्तकहरुको शव दांगको लमही स्थित अस्पतालमा राखिएको छ भने घाईतेहरुको उपचारको लागी नेपालगञ्ज र बुटवल पठाईएको पनि प्रहरीले जनाएको छ ।

दांग जिल्लाको राप्ती गाउंपालिका वडानम्बर १ मा पर्ने उक्त राप्ती पुलबाट अचानक बस खसेर दुर्घटना भएपछी सो क्षेत्रमा कार्यरत सबै सुरक्षा निकायका ब्यक्ती तथा स्थानिय पालिका अध्यक्ष प्रकाश बिष्ट समेतको स्थानियहरुको सहयोगमा उद्धार कार्य गरिएको छ । रात्री बसको डिक्कीमा राखिएको टायर फुत्किएर खसेपछी बस एक्कासी डिस्ब्यालेन्स भएर पुलबाट खसेर दुर्घटना भएको आशंका गरिएको छ ।

घटनाका सम्वन्धमा भालुबाङ स्थित सशस्त्र प्रहरीको तथ्यांक बिवरण…..

दुर्घटना स्थलको भिडियो क्लिप्स  

भालुवाङ यात्रु बस दुर्घटना सम्बन्धमा दांग प्रहरीको पछील्लो रिपार्ट……

मिति २०८०।०९।२७ गते अं.२२:३० बजेको समयमा जिल्ला दाङ राप्ती गा.पा.१ पुल्चोक स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नदिको पक्की पुलमा नेपालगञ्ज बाट काठमाण्डौ तर्फ जाँदै गरेको नमस्ते नेपाल यातायात प्रा.लि.नेपालगञ्ज बाँकेको भे १ ख ३९१२ नं.बसले पुलको बारतोडी पुल मुनि रहेको नहरमा खसी निम्न स्थान बस्ने निम्न मानिस घाइते भई निम्न अस्पतालमा उपचार भइरहेको,बसमा जम्मा अं.३०/३५ जना सवार रहेको भन्ने बुझिएको,उक्त स्थान तर्फ यस का.बाट प्र.नि.उज्ज्वल बहादुर सिंह (९८५७८४०२८४) को कमाण्डमा २५ जनाको टोली,जि.प्र.का.दाङ बाट प्र.उ.राम बहादुर के.सी.(९८५७८०५५५५) को कमाण्डमा १० जनाको टोली,जि.ट्रा.प्र.का.दाङ बाट प्र.नि.किरण प्रकाश मल्ल (९८५१२८५०५७) को कमाण्डमा ६ जनाको टोली र ज्वालामाई गण भालुवाङ दाङ बाट स.प्र.उ.गोपाल प्रसाद श्रेष्ठको कमाण्डमा ४५ जनाको टोली खटी गएको,बस निकाल्ने कार्य भईरहेको,चालक जि.सल्यान त्रिवेणी गा.पा.४ बस्ने वर्ष २८ को लाल बहादुर नेपाली (मा.प.से.नभएको,कागज पत्र साथमा नभएको गाडीमा छ भनेको) ई.प्र.का.भालुवाङ दाङको नियन्त्रणमा,उक्त स्थान यस का.बाट अं.७०० मिटर पश्चिम पर्ने अन्य बि.बि.पछी ।
मिति २०८०।०९।२८ गते ०२:१५ बजे प्रस्तावित अस्पताल भालुवाङ दाङमा रहेका ३ वटा लाशलाई एम्बुलेन्स द्धारा लमही अस्पताल लमही दाङ तर्फ पठाएको,कोल्टो परेको बस लाई घटना स्थलमै उठाई सिधा बनाईएको र उक्त बसमा चालक जि.सल्यान त्रिवेणी गा.पा.४ बस्ने वर्ष २८ को लाल बहादुर नेपाली सहित ३६ जना (हाल सम्मको घाईते,मृत्यु को संख्या गरी) सवार रहेको भन्ने बुझिएको ।

निम्न घाईते तथा मृत्युको विवरण :-

दाङमा उपचार भई रहेका घाईतेहरू:-

१) जिल्ला जुम्ला हिमा गा.पा.४ जर्जि बस्ने बर्ष २० को बालकृष्ण शाही दायाँ हात र खुट्टामा चोट अवस्था सामान्य (९८६५८०५१०८) राप्ती पोली क्लिनिक भालुवाङ दाङमा उपचार भईरहेको ।
२) जिल्ला बाँके कोहलपुर बस्ने वर्ष २१ को धन बहादुर पुन मगर कम्मर र खुट्टामा चोट अवस्था सामान्य,प्रस्तावित अस्पताल भालुवाङ दाङमा उपचार भईरहेको ।

बुटवल रिफर भएका घाईतेहरू:-

१) जि.काठमाण्डौ चावहिल बस्ने वर्ष ४४ को सुवास सार्की ढाँडमा चोट अवस्था मध्यम, ऐ.०१:०० बजे बुटवल रिफर
२) जिल्ला रौतहट बस्ने वर्ष २६ को संजय कार्कीको आँखामा र निधारमा चोट अवस्था मध्यम (९८४५६६०४८०) ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।
३) जि.जुम्ला बस्ने वर्ष १९ को विशाल बोहोरा मुखमा चोट अवस्था ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।
४) जि.काठमाण्डौ बस्ने बर्ष ११ की आज्ञा पाण्डे हात र खुट्टामा चोट अवस्था मध्यम, ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।
५) जि.काठमाण्डौ बस्ने बर्ष ३८ की मन्जु शर्मा आँखामा चोट अवस्था सामान्य , ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।
६) जि.काठमान्डौ लल्लुचौतारा बस्ने वर्ष २३ को सन्जु बढुवाल मुख र हातमा चोट अवस्था सिरियस, (९८४११७९१६७) ,ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।
७) जि.काठमाण्डौँ बस्ने वर्ष ४५ की राधा पाण्डे ढाडमा चोट अवस्था सिरियस ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।

मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भई रहेका घाईतेहरू:-

१) सह-चालक जि.बाँके राप्ती सोनारी गा.पा.२ बस्ने वर्ष ३१ को कुल बहादुर गोसाई कम्मर र हाँतमा चोट अवस्था मध्यम मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।
२) जि.बाँके नेपालगञ्ज उ.म.न.पा.१९ बस्ने बस्ने वर्ष ३५ की लिला वली छाती,दुबै हातमा र ढाडमा चोट अवस्था मध्यम मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।
३) सह-चालक जि. बाँके बैजापुर गा.पा.३ बस्ने वर्ष २१ को शंकर थारु दाहिने हातमा चोट अवस्था सामान्य मध्यम मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।
४) देश भारत बहराईज मटेरा बस्ने वर्ष २८ को राहुल कुमार यादव दाहिने हात भाँचिएको,अवस्था मध्यम,मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।
५) देश भारत बहराईज मटेरा बस्ने वर्ष २० की छोटी सिलौटा पत्थरकटको घाँटीमा चोट अवस्था मध्यम,मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।
६) जि.कालिकोट माहाबै गा.पा.५ बस्ने बर्ष अं. ४५ को तिलक प्रसाद उपाध्यायको दुबै खट्टा,बायाँ हात,दाहीने आँखामा चोट अबस्था सिरियस मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।
७) जि.बाँके नेपालगञ्ज उ.म.न.पा.१२ बस्ने वर्ष २४ को आसुतोस गौतम दाहीने हातमा चोट अवस्था सामान्य मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।
८) जि.बाँके डुरूवा गा.पा.१ बस्ने वर्ष २५ को मोहमद जावेद दर्जी बायाँ खुट्टामा चोट अबस्था सामान्य,मिति २०८०।०९।२८ गते ०२:५५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार पश्चात नेपालगञ्ज बाँके रिफर भई गएको ।
९) जि.बर्दिया बस्ने वर्ष २२ को साजिव थारु दाहिने हात भाँचिएको पेटमा चोट अवस्था मध्यम (९८४८१८००२१), ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।
१०) जि.बाँके बस्ने वर्ष १८ को दशरथ बि.क.हात र खुट्टामा चोट अवस्था मध्य, ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।
११) जि.बाँके बस्ने वर्ष १९ को नफिख खान बायाँ आँखामा चोट अवस्था मध्यम,ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।
१२) जि.डोल्पा बस्ने वर्ष अ.३५ की धनकली बुढा मुखमा चोट अवस्था सामान्य , । ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।
१३) जि.बाँके बस्ने वर्ष २० को कोरीरन्जन कोरी बाँया हातमा चोट सामान्य , ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।
१४) जि.बाँके बस्ने वर्ष २० को अर्वाज नाउ दाहिने हातमा चोट अवस्था सिरियस , ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।

मृत्यु भएको नामबली:-

१) जि.बाँके नेपालगञ्ज बस्ने वर्ष ६० की कुसुम बस्नेत, ढाँडमा चोट अवस्था मध्यम,प्रस्तावित अस्पताल भालुवाङमा उपचार भईरहेको ।(मृत्यु २४:०० बजेको समयमा )
२) जि.मकवानपुर हेटौडा बस्ने वर्ष ३९ को सौरभ विष्ट ऐ.२३:३० मृत्यु घोषणा भईसकेको प्रस्तावित अस्पतालमा ।
३) जि.काठमाण्डौ चन्द्रागिरी न.पा. १५ बस्ने वर्ष ६५ को ताराकान्त पाण्डे लमही अस्पतालमा ऐ.२३:३० मा मृत्यु घोषणा ।
४) देश भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने वर्ष ३१ को मुने लमही अस्पताल लमही दाङमा ऐ.२३:३० मा मृत्यु घोषणा ।
५) जि.जुम्ला श्रीढुस्का ९ बस्ने बर्ष ४० को मुन बहादुर रावत ऐ. ०१:३० बजेको समयमा मृत्यु घोषणा ।
६) जि.बाँके वस्ने बर्ष ३० को रामबरण हरिजन ऐ. ०१:३० बजेको समयमा मृत्यु घोषणा ।
७) जि.रुकुम साबिक गोतामकोट गा.बि.स. ९ बस्ने वर्ष २५ को दिपक कामी ०१:३० बजेको समयमा मृत्यु घोषणा ।
८) देश भारत बिहार पुर्बि चम्पारण मलाई बस्ने वर्ष ६७ को योगेन्द्र राम जोगेन्द्र राम ०१:३० बजेको समयमा मृत्यु घोषणा ।

९)जिल्ला बाँके खजुर गा.पा. वडा नं ३ बस्ने बर्ष २५ को संजय के.सी ०१:३० बजेको समयमा मृत्यु घोषणा भएको ।

सनाखत हुन नसकेको मृतकहरु

१०) नाम थर वतन नखुलेको वर्ष अ.३५।३६ को कालो जकेट खैरो जिन्स पाईन्ट लगाएको पुरुष ऐ. ०१:३० बजेको समयमा मृत्यु घोषणा ।
११) नाम थर वतन नखुलेको वर्ष अ.५०।५२ को कालो कलरको जाकेट कालो कलरको कटराइज पैन्ट लगाएको पुरुष ०१:३० बजेको समयमा मृत्यु घोषणा ।
१२) नाम थर वतन नखुलेको वर्ष अ.४५ को पुरुष व्यक्तिको ऐ.२४:०० बजे प्रस्तावित अस्पताल भालुवाङ,दाङमा उपचारको क्रममा मृत्यु ।

माथि उल्लेखित मृतक १२ जनाको लास लमही अस्पताल लमही दाङको सव गृहमा रहेको ।

नोट:- जम्मा बसमा सवार चालक सहित ३६ जना रहेको जस मध्ये सिरियस:-४ जना ,मध्यम:-१० जना ,सामान्य:-९ जना ,मृत्यु:-१२ जना ।
थप बिबरण:-बुटवल रिफर भएका घाईते ७ जना मिति २०८०।०९।२८ गते ०५:१० बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुगी उपचार भई रहेको ।
घाईते महिला:-६,पुरूष:-१७ जम्मा २३ जना
मृत्यु महिला:- १ ,पुरूष:-११ जम्मा १२ जना
दुर्घटनाको अनुसन्धान भईरहेको र अन्य थप बिवरण अपडेट गर्दै गरिने छ ।