नेपालगञ्ज सहकारी घोटाला काण्डमा कसैलाई सफाई, कसैलाई दोषि करार (बृस्तित रिपोर्ट सहित)

बांके जिल्ला अदालत भित्रको खुटकिला रहेको कार्यालय

माघ १९ नेपालगञ्ज/  नेपालगञ्ज स्थित सहकारी बित्तिय विकास संस्था लिमिटिड नामक बैकिंग कारोबार गरिरहेको सहकारीमा करोडौं रुपैया घोटाला काण्डमा जिल्ला सहकारी संघ लिमिटेड बांकेको पत्र जाहेरीले नेपाल सरकार बादी रहेको सहकारी रकम हिनामिना (अपचलन) ठगी संगठित अपराध मुद्धामा बांके जिल्ला अदालत बांकेले यहि २०८० सालको माघ ११ गते कसुर कायम आदेश र त्यसको अभियोजन पत्र हामीलाई प्राप्त भएको छ ।

सहकारी र सर्व–साधारण १५२६ जना निक्षेपकर्ताहरुको ३५ करोड ८५ लाख ९१ ह्जार १ सय १३ रुपैया रकम हिनामिना अर्थात अपचलन गरेको बिगो दाबी सरकारबादी मुद्धामा माननिय न्यायाधीश इन्द्र बहादुर कठायतको एकल इजलासले कसुर कायम आदेश गरेको हो ।

१६ पेज लामो र ३३ बुंदामा समेटिएको उक्त कसुर ठहर आदेशमा सहकारी बित्तिय विकास संस्था लिमिटिडसंग बिभिन्न किसिमले आवद्ध रहनुभएका ४१ जना ब्यक्तिलाई प्रतिबादी बनाई करिब ४ बर्ष अघि जिल्ला अदालत बांकेमा सहकारी रकम हिनामिना (अपचलन) ठगी संगठित अपराध मुद्धा दायर गरिएको थियो ।

उक्त मुद्दामा गत पुष ३ गतेबाट दैनिक तथा साप्ताहिक पेशीमा चढाएर निरन्तर हेर्दाहेदैमा राखेर उक्त मुद्धाको निर्णय निक्यौल गरिएको उक्त मिसिलमा उल्लेख गरिएको छ ।

४१ जनालाई अभियोग लगाएर बिपक्षी बनाइएको उक्त मुद्धामा निम्न ठाउं /ठेगाना रहेको ब्यक्तिहरु रहनुभएको अदालतको मिसिल कपिमा देखिन्छ……..

उपरोक्त माथीको ब्यक्तिहरुलाई अभियोजन गराईएको उक्त सहकारी रकम हिनामिना (अपचलन) ठगी संगठित अपराध मुद्धामा अदालतले भने उक्त घटनालाई संगठित अपराधमा आवश्यक तत्वहरु बिद्यमान अवस्थामा नरहेकोले संगठितरुपमा ३ जना भन्दा बढीले गरेको अपराधकै आधारमा उक्त सहकारीमा भएको कारोबार रकमको हिनामिनाको बिषयलाई संगठित अपराधको कसुर स्थापित हुने अवस्था नदेखिएको हुंदा अभियोग दाबी पुग्न सक्ने देखिएन कसुर निर्ण ठहर गरेको पेज नम्बर १३ को बुंदा नम्बर २४ मा उल्लेख गरिएको छ ।

हेर्नुहोस उक्त ठहरको पाना नम्बर १३

सहकारीको एउटा उपाध्यक्षलाई सफाई अर्कालाई कसुर ठहर……..

हेर्नुहोस पाना नम्बर ६ को बुंदा नम्बर ७ र ८

सहकारीका कर्मचारी गंगाधर सुबेदीले पोल गरेका दुबै ब्यक्ती मध्य एउटालाई सफाई अर्कालाई दोषि करार पाना नम्बर ११ को बुंदा नम्बर १९ र २० मा….

४१ जना प्रतिबादी बनाइएको उक्त सहकारी काण्डमा क–कस्ले सफाई पाए ? को–को दोषि ठहर भए कस्लाई कति बिगो कायम ठहर गरिएको छ पढनुहोस कसुर ठहर मिसिलको सम्पूर्ण बिवरण…