लुथरन र बी ग्रुपद्वारा नेपालगञ्जका स्वास्थ केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण

तस्विर: उदयपुर स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्ताण गर्दैको नेपालगञ्ज जनस्वास्थ अधिकृत राम बहादुर चन्द र बी ग्रुप अध्यक्ष टेक बहादुर पुन ।

नेपालगञ्ज २४ माघ/ बी ग्रुप नामक गैर सरकारी संस्थासँगको सहकार्यमा बाँकेमा स्वास्थ्य क्षेत्रमा थप सुधारका काम गरिरहेको लुथरन वल्ड रिलिफ अन्तराष्ट्रिय संस्थाले बुधवार नेपालगञ्जका २ वटा स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नेपालगञ्ज उप-महानगरको बाल जन्मदर सबैभन्दा उच्च रहेको नेपालगञ्ज वडनम्बर १३ को उदयपुर स्वास्थ्य सेवा केन्द्रमा ४ लाख २० हजार ६४७ रुपैया र नेपालगञ्ज-२० को मनिकापुर स्थित स्वास्थ्य सेवा केन्द्रमामा करिब २.५ लाख रुपैया बरावरको बिभिन्न स्वास्थ्य सामाग्री सहयोग हस्तारण गरेको छ ।

नेपालगञ्जको स्वास्थ्य क्षेत्रमा थप सुधारको लागि साँझेदारी गरिरहेको लुथरनलाई सहयोगको लागि धन्यबाद दिदै आगामी दिनमा यस्तै आवश्यकतामा आधारित सहयोगको अपेक्षा राख्दै नेपालगञ्ज जनस्वास्थ अधिकृत राम बहादुर चन्द र बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनले उक्त स्वास्थ्य सामाग्री सयुंक्त रूपमा नेपालगञ्ज-१३ उदयपुर स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज बीर जंगको टिमलाई हस्तारण गर्नुभएको छ । कार्यक्रममा बाँके कार्यक्रम संयोजक बिनिता खत्री समेतको टिम पनि सहभागी रहेको थियो ।

नेपालगञ्ज १३ मा करिब ७ हजार ५ जना जनसंख्या रहेको उदयपुर क्षेत्रमा स्वास्थ्य सेवा सहजताका लागि यसै वडाको लाला पूर्वा निवासी स्वर्गिय सिताराम गोडियाले करोडौं मुल्य बरावरको करिब १० कट्ठा जग्गा दान दिएको ठाउँमा नेपाल सरकारले पनि स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन बनाएर स्वास्थ्य सेवा दिइरहेको छ ।