नेपालगञ्ज १० फागुन/ बढदो सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक ब्यवस्थापन जनचेतना बढाउने उदेश्यले बांके ट्राफिकले बिहिबार देखि बांकेमा साताब्यापी ट्राफिक सप्ताह कार्यक्रमकाृ एक भब्य कार्यक्रमका बीच उदघाटन गरेको छ ।
सातै दिन सातै काम, सडक सुरक्षा हाम्रो अभियान मुख्य नाराका साथ बांके ट्राफिक प्रमुख गोपीकृष्ण सुबेदीको नेतृत्मा रहेको टिमले बांकेका सबै स्थानिय सरकारहरु र सरोकार निकायहरुलाई आमन्त्रण गरेर नेपालगञ्जमा ट्राफिक जनचेतना बोकेका ब्यानर प्ले कार्ड सहित नेपालगञ्ज उप–महानगरका बिभिन्न भागहरुमा परिक्रमा गरेको थियो ।
ट्राफिक सप्ताह कार्यक्रमको उदघाटन र लुम्बिनी प्रदेश स्तरिय सुरक्षा बैठकलाई सम्बोधन गर्न नेपालगञ्ज आईपुग्नु भएका उप–प्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले १० बर्षे जनयुद्धको समयमा नेपालीको मृत्यू भएको हाराहारीमा नेपालमा भएका सडक दुर्घटनामा मृत्यू भएकोले राज्यले यसमा नियन्त्रण गर्न पहल गरिरहेको बताउनु भएको छ ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताहः २०८० को बिहिबार बिहान नेपालगञ्जमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ट्राफिक अनुशासन उलघंनका कारणले पनि बढदो सवारी दुर्घटना भएको र त्यसलाई नियन्त्रण गर्न आमजनता र विषेश सरोकारवाला पक्षहरुलाई जागरुक बनाउने उदेश्यल् यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनु भयो ।
सडकहरुको गुणस्तरमा सुधार, सवारी साधनको गुणस्तर, चालक र यात्रुहरुको चेतना र अनुशासनको स्थितिका साथ ट्राफिक प्रहरीहरुले पनि भएका ऐन, नियम लागू गर्ने प्रतिबद्धता भएमा दुर्घटना नियन्त्रणमा सकारात्मक परिर्वतन ल्याउन सक्ने मन्त्री श्रेष्ठले बताउनु भयो ।
त्यस लगत्ते गृह मन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी स्तरिय सुरक्षा बैठकको उदघाटन गर्दै मातहत निकायलाई बढदो भ्रष्टाचार र सुशानको पक्षमा काम गर्न निर्देशन दिनुभएको छ ।
#ट्राफिक सप्ताह कार्यक्रम अघि नै बांके ट्राफिकले बांकेका बिभिन्न क्षेत्रहरुमा ट्राफिक जनचेतनाका लागी सञ्चालन गरेको कार्यक्रमहरुका तस्बिरहरु……..
हाम्रो संरचना । १० फाल्गुन २०८०, बिहीबार २०:४९