नेपालगञ्ज १ चैत्र/ नेपालगञ्जमा लगातार २ दिन केही ब्यक्ती सहित स्रोत बिनाको करोडौं रुपैया पक्राउ परेको घटनाका सम्वन्धमा थप केही तथ्यहरु फेला परेका छन ।
प्रहरीले उक्त २ वटा छुटटा छुटटै घटनामा पक्राउ परेको १ करोड ५६ लाख २८ हजार ३०० रुप्रया थप अनुसन्धान र कार्बाही लागी कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको बांकेका प्रहरी प्रमुख सुवास चन्द्र बोहोराले जानकारी दिनुभएको छ ।
बांके प्रहरीले बिशेष सूचनाको आधारमा राष्ट्रिय अनुसन्धानको टिम सहित गरेको अप्रेशनमा आईतबार नेपालगञ्ज वडानम्बर ४ मा पर्ने न्यूरोडको भित्रि सटरमा एक गिरोहले सुन पसलको नाममा लामो समय देखि गैर कानुनी रुपमा दैनिक करोडौं रुपैयाको कारोबार गरिरहेको सूचनाको आधारमा झोलामा पैसा बोकेर बैक तर्फ गईरहेका २ जनालाई बांकेको सिबिल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको थियो ।
भरियाको रुपमा पैसा बोकेर बैक तर्फ गईरहेका बारबर्दिया–२ कि पूर्णिमा चौधरीले बोकेको झोलाबाट १६ लाख ९४ हजार र बर्दिया राजापुर–११ का २० बर्षिय अनुप थारुले बोकेको झोलाबाट २१ लख ७० हजार पसल नजिकैको बाटोमा समातेर पसल तर्फ ल्याउने क्रममा उक्त घटना लगत्तै पसल सञ्चालन गर्ने मध्यका नेपालगञ्ज–१६ जैसपुरका ३६ बर्षिय हबिब अहमद जसगढलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
केही समयको बाटोको दुरी बनाएर बैक तर्फ पैसा जम्मा गर्न जानेक्रममा अर्को समूहमा रहेका सिता केसीले बोकेको झोलामा करिब २५ लाख पैसा रहेको र पसल तथा पैसाको गैर–कानुनी कारोबारमा संलग्न समूहमा अर्का सदस्य नेपालगञ्ज–१६ जैयसपुरका एजाज हुसेन दुबै जना घटना स्थल नजिकै पसलबाट भाग्न सफल भएका थिए ।
प्रहरीले उक्त समूहका केही सदस्य पैसा सहित पक्राउ गरेपछी पसलमै रहेका एजाज हुसेनले थाह पाए लगत्तै पसलको सटरमा ताला लगाएर फरार भएका थिए ।
प्रहरीले उक्त घटना लगत्तै सटरमा सिल गरेर घटनाको थप अनुसन्धान कार्यको अगाढी बढाएको थियो । बांके प्रहरीका प्रवक्ता डिएसपी नारायण डांगी लामोे अवधीको तालीममा गएकोले उक्त घटनाको थप तथ्य जांचबुझ एवम मुद्धा प्रक्रियाका लागी फांटका इन्चार्ज प्रहरी निरिक्षक निरञ्जन घिमिरेको नेतृत्वमा एक टोली गठन गरेर घटनाको अध्ययन तथा कार्बाही प्रक्रिया भईरहेको बांके प्रहरीले जनाएको

घटना अध्ययनको क्रममा नै बिशेष सूचनाको आधारमा बांके प्रहरीले गएको सोमबार अपरान्ह नेपालगञ्जको बस पार्कमा रहेका २ वटा होटेलमा छापा मारेको थियो ।
कालिका नामक होटेलबाट भार र नेहरु सटही कारोबारोमा संलग्न आशंका गरिएका नेपालगञ्ज–१६ जैसपुरका एकै घरका बाबु–छोरा सलिम जोलाह र छोरा हासिफ अन्सारीबाट ४ लाख ४० हजार भारतिय रुपैया र ३४ लाख नेपाली रुपैया सहित ४१ लख ४ हजार प्रहरीले बाबुछोरालाई नियन्त्रणमा लगेको थियो ।
त्यसैगरी बसपार्क कै अर्को सन्तोष दंगाली नामक होटेलबाट भारत रुपैडिहाका राहुल जैसवाल, दांग तुल्सीपुर घर भई नेपालगञ्जमा होटेल सञ्चालन गर्ने कृष्ण बिक र नेपालगञ्ज–१४ का रोहीत क्षेत्रीबाट ११ लाख भारतिय रुपैया र ५७ लाख २८ हजार ७०० रुपैया पक्राउ परेको थियो ।
उक्त बस पार्कको पैसा पक्राउ मध्य होटेलमा बास बसेका भारतमा काम गरेर फर्किएका केही मजदुरहरुले होलेल सञ्चालकलार्य राख्न दिएको भन्दै पिडित मजदुरहरु निवेदन सहित बांके प्रहरीकोमा पुगेपछी उक्त बिषयमा छानबीन गरि करिब ७ लाख ९९ हजार नेपाली रुपैया मजदुरहरुलाई फिर्ता गरिएको छ भने अन्य पक्राउ परेको पैसा सुन र पैसा तस्करी वा सटही मध्य के हो ? त्यसको निक्यौल गरि कार्बाही गर्न बांके प्रहरीले कोहलपुर राजश्वलाई लेखि पठाएको छ ।
पहिलो दिन पक्राउ परेको पैसा सुन तस्करी संग सम्वन्धीत
नेपालगञ्जको न्यूरोडबाट एक जना साझेदार मालिक र २ जना भरिया सहित पक्राउ परेको ३९ लाख २० हजार रुपैयाका सम्वन्धमा बांके प्रहरीले गरेको छानबीनमा घटनाको भोलीपल्ट सोमबार निजहरुले सञ्चालन गरेको सटरमा सिलबन्दी ताला खोलेर हेर्दा पसलको काउन्टरमा थप ९ लाख ७२ हजार ८०० रुपैया, गैर कानुनी कारोबारमा प्रयोग हुने गरेका बिभिन्न बैकका शंकास्पद भौचरहरु र एउटा पैसा राख्ने तिजौरी चाबी लगाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
प्रहरीले सटर खोलेर हेर्दा सटर भित्र रहेको तिजौरी बन्द रहेको र उक्त पसलका मालिकहरु फरार रहेकाले निजको खोजतलास गर्दा नभेटिएपछी प्रहरीले उक्त तिजौरीलाई सोही दिन जिल्ला प्रहरी कार्यालयमा लगेको थियो ।
प्रहरी कार्यालयमा लगेको तिजौरी खोल्ने चाबी नभएको भन्दै उक्त तिजौरीको चाबी बनाएर बुधबार मात्र खोलेको जनाउदै त्यसभित्र केही नभएको बांके प्रहरी प्रमुख सुवास चन्द्र बोहराले बताउनु भएको छ ।
आईतबार र सोमबार पक्राउ परेको पैसा बांके प्रहरी प्ररारम्भिक छानबीन गरिरहेको र छानबीन पछी सम्वन्धीत निकाय कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालय मार्फत थप छानबीन र कार्बाही गरिने गरि प्रक्रिया अगाढी बढाएको बांके प्रहरीले जनाएको छ ।
सुन तस्करीको जालो भारत–नेपालगञ्ज हुदै काठमाण्डौं सम्म
आईतबार नेपालगञ्जको न्यूरोडबाट स्रोत बिनाको लाखौं रुपैया पक्राउ घटनामा बांके प्रहरीले एउटा टिम बनाएर गरेको अनुस्धानको क्रममा पैसा पक्राउ घटना सुन र पैसा तस्करी गर्ने अन्तराष्ट्रिय गिरोहसंग कनेक्सन भएको प्ररारम्भिक केही तथ्यहरु समेत फेला परेको छ ।
संस्थागत गिरोहहरुले सेटिंगमा नेपालको काठमाण्डौं र दांग लगायतको ठाउंबाट नेपालगञ्ज सुन ल्याउने र उक्त सुन नेपालगञ्जका बिभिन्न ठाउंमा गलाई तथा मिक्स गरेर भारत तर्फ तस्करी गर्ने बिभिन्न गिरोह मध्य आईतबार न्यूरोडबाट पैसा पक्राउ परेका त्यस मध्यको एउटा गिरोह रहेको खुलेको छ ।
त्यस गिरोहमा नेपालगञ्ज–जैसपुर देखि भारतिय केही ब्यक्तीहरु समेत त्यस सुन तस्करी गिरोहमा रहेको र त्यस गिरोहले केही समय देखि काम गरिरहेकोमा आपसी बिवादका कारण उक्त घटना बाहिरिएको हुनसक्ने स्रोतले बताएको छ ।
सुन तस्करी गर्ने गिरोह मध्यका केही सदस्य काठमाण्डोंमा बसेर नेपालगञ्ज तर्फ पठाउने, केहीले नेपालगञ्जमा मिक्स गरेर भारत तर्फ पठाउने गरेको घटना अध्ययनको क्रममा देखिन्छ भने दांगबाट ल्याउने ग्रुपले भने कहिल्य साना गाढीमा त कहिल्य मोटरसाईकलमा बिभिन्न ब्यक्तीहरु मार्फत ल्याउने गरेको भरपर्दो स्रोतको दाबी रहेको छ ।
भारतमा सुनको माग अत्याधिक बढेको र नेपालगञ्जमा पनि सुनका पसल खोल्ने संख्या हतात्तै बढेकोमा पछील्लो पटक केही ब्यक्ती सुन तस्करीलाई मुख्य पेशा बनाएर अगाढी बढेको देखिन्छ । सुनको कारोबार गर्ने ब्यक्तीहरुले बैक मार्फत पैसा काठमाण्डौं पठाउने क्रममा आईतबार उक्त पैसा भरियाले लिएको अवस्थामा उक्त पैसा पक्राउ परेको हो ।
त्यसैगरि भारतमा बिधिवत रुपमा सञ्चालन गर्न मिल्ने बिभिन्न एप्स मार्फत अनलार्इन जुवाका लागि भारतमा बसेर नेपालमा सञ्चालन गर्ने र ठग्ने कार्यमा समेत बिभिन्न बैकहरुको दूरपयोग हुनेगरेको बिभिन्न घटना क्रमले उजागर गरिसकेको छ ।
सुन–पैसा तस्करी देखि अनलाइन जुवा जस्ता कार्यमा बैकहरु प्रयोग
आईतबार पैसा पक्राउ घटनामा अभियुक्तहरुले नेपालगञ्ज स्थित बिभिन्न बैकको शाखा मार्फत केही दिनमा नै बिभिन्न ब्यक्तिहरुको नाममा करिब १८ करोड रुपैया जम्मा गरेको बैंक भौचर फेला पारेको छ ।
घटना छानबीनको क्रममा बेरोजगार बिभिन्न ब्यक्तीहरुलाई पहिल्य रु १ लाखको ५०० रुपैया कमिशनमा पैसा बैकमा जम्मा गर्ने र झिक्ने कार्यमा लगाएको, पछील्लो समय कारोबार दैनिक जसो हुन थालेपछी केही ब्यक्तीलाई मासिक रुपमा राखेर सरदर १५ हजार दिएर बैकमा पैसा जम्मा गर्ने र झिक्ने कार्यलाई पेशा नै गराएको देखिन्छ ।
पक्राउ परेका पैसा बोक्ने भरियाहरुको बयानको आधार र घटनाको क्रममा फेला परेको बैक भौचरले बैकका नेपालगञ्ज शाखाबाट पैसा जम्मा गर्नका लागी गिरोहले पैसा पठाउन बिभिन्न ठाउंमा बैक खाता खोल्न लगाएर पैसा जम्मा गर्ने र चेक मार्फत निकाल्न लगाउने कार्यहरुले सुन तस्करी र हुण्डी कारोबार बैक मार्फत नै टान्जेक्सन गर्ने गरेको गतिलो उदाहरण नेपालगञ्ज घटनाले उजागर गरेको छ ।
यस कार्यमा बैकहरुको पनि मौन समर्थन जस्तो देखिन्छ । हरेक दिन पैसा झिक्ने र पठाउने ब्यक्तीहरुको दैनिक कारोबारो बिवरण हेरी उक्त कार्यको सूचना सम्वन्धीत निकायलाई दिनुपर्नेमा बैक शाखाका जिम्मेवार ब्यक्तीहरु पनि यस कार्यमा संलग्न रहेको प्ररारम्भिक सूचनाको आधारमा देखिएको छ ।
नेपालगञ्जमा स्रोत बिनाको पैसा पक्राउ घटनामा सुन तस्करी र गैर कानुनी हुण्डी कारोबारका लागी नेपालगञ्ज स्थित बिभिन्न बैकहरुको शाखा कार्यालयहरु संलग्न रहेको घटनास्थलबाट फेला परेका कागजातहरुमा देखिन्छ ।
घटनामा उक्त ब्यक्तीले केही समयको अन्तरालमा मात्र करीब १८ करोड ३२ लाख ९३ हजार ९ सय ६९नेपाली रुपैया ट्रान्जेक्सन गरेको बिभिन्न बैकका भौचरहरु फेला परेका छन ।
फेला परेका भौचरमा उल्लेखित रकम र ब्यक्तीका सम्वन्धमा गरिएको प्ररारम्भिक अनुसन्धानले गैर-कानुनी कारोबारमा नेपालगञ्जका करिब १ दर्जन बैक त्यस कार्यमा प्रयोग भईरहेको देखिएको घटनाको अनुसन्धान अधिकृत बांके प्रहरीका इन्सपेक्टर निरञ्जन घिमिरेले बताउनु भएको छ ।
नेपालगञ्जमा सुन तस्करीको चक्र
नेपालगञ्जका बिभिन्न ब्यक्तीहरु संगठितरुपमा भारत तर्फ सुन तस्करी घटना आजको होईन । सुन तस्करी घटनामा केही उभो लागेको देखिन्छ भने केही सडकमा नै पुगेका घटना पनि रहेका छन । सुन तस्करीमा ग्रहदशा लागे जसरी २/३ पटक लगातार सुन प्हरीले पक्राउ गरेपछी साना र एक्लै तस्क्री गर्ने ब्यक्ती सडकमा आएको देखिन्छ भने संगठितरुपमा गर्नेहरुले अकुत सम्पती कमाएर बिभिन्न ठाउंमा लगानी गर्ने गरेको देखिन्छ ।
पछील्लो पटक केही सिमापारीका भारतिय र नेपालगञ्जका केही ब्यक्ती मिलेर कहिल्य हप्ता त कहिल्य २ हप्तामा १० किलो सुनको चक्रिय प्रणाली अर्थात फरक–फरक समयमा फरक–फरक ब्यक्ती मार्फत २÷२ किलो सुनको हिसाबले नेपालगञ्ज ल्याउने र नेपालगञ्जमा गलाएर ४ प्रतिशत सम्म मिसावट गरेर भारत तर्फ तस्करी गर्ने गिरोहका सदस्य बीच खटपट परेर पछी नेपालगञ्जको घटना बाहिरिएको समेत भरपर्दो स्रोतले जानकारी दिएको छ ।
हाम्रो संरचना । १ चैत्र २०८०, बिहीबार १७:०१