नेपालगञ्ज ११ चेत्र/ बांकेको नेपालगञ्जमा गत हप्ता श्रृखलाबद्धरुपमा हत्या तथा डकैती घटनामा संलग्न भएको आरोपमा बांके प्रहरीले शनिबार एउटा समूहलाई पक्राउ गर्न सफल भएको छ ।
गत फागुन २३ गते शनिबार सांझ करिब ११ः३५ बजे हात हतियार सहित आएका करिब १ दर्जन ब्यक्तीहरुको समूह रहेको आशंका गरिएको नेपालगञ्ज र जानकी गाउंपालिका सिमा क्षेत्रमा पर्ने जानकी–३ इन्द्रपुरको नयांबस्तीको एकान्तमा रहेको सन्तोष कठरीया थारुको घरमा हात-हतियार सहित आएका डांकाहरुको समूहले घरको ढोका फोडेर भएको घर मालिकलाई ढोकाको गरालोले टाउंकोमा प्रहार गरि घाईते बनाएकोमा निजको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यू भएको थियो । उक्त घरका अन्यलाई नियन्त्रणमा लिएर सुनका गर-गहना र २ थान मोबाइल लुटी लगेका थिए ।
त्यसैगरि फेरी यहि चैत्र ३ गते शनिबार राती जानकी गाउंपालिका वडानम्बर १ र नेपालगञ्ज उप-महानथरपालिकाको वडानम्बर १० आदर्शनगरको पश्चिम दक्षिणको एकान्तमा रहेको खिम बहादुर चलाउनेको घरमा हात-हतियार सहित आएका करिब १ दर्जन समूहमा रहेका डांकाहरुले आक्रमण गरि घरपरिवार सबैलाई कुटपिट गरि केही गहना र मोबाईल लुटि लगेका थिए ।
खिम बहादुरको घरमा डांका गर्नू अघि उक्त डांकाहरुको समूहले नजिकै घर निर्माणमा रहेका बर्दियाका ५ जना लक्का जवान युवा मजदुरहरुको हात बांधेर नियन्त्रणमा लगि निजहरुको पनि मोबाइल लुटेर लगेका थिए ।
उक्त घटनापछी श्रृखलाबद्ध डकैती घटनास्थलको अध्ययन गरेर बांके प्रहरीले सिनियर प्रहरी अधिकृतहरुको निगरानीमा बरिष्ठ प्रहरी नायब निरिक्षक शुशिल रावलको संयोजकत्वमा एक ७ सदस्य प्रहरी टोली गठन गरि अनुसन्धान कार्य सुरु गरेको थियो ।
घटना प्रकृती अध्ययनले दुबै डकैती काण्डमा एउटै समूहको हात रहेको अनुमान गरि अनुसन्धान कार्य अगाढी बढाएको उक्त प्रहरी टोलीले घटना भएको समय र स्थलमा प्रयोग भएका मो्बाईलहरुको सम्वन्धीत टावरसंगको कने्क्सनको आधारमा डाटा अध्ययन गरेर केही ब्यक्तीलाई पक्राउ गरेको छ । दुबै ढकैती घटना शनिबार नै घटाईएको र प्रहरीले पनि शनिबार राती नै उक्त डकैती टोलीलाइ प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
स्थानिय जानकारहरुका अनुसार पक्राउ पर्नेहरुमा जानकी गाउंपालिका वडानम्बर ३ इन्द्रपुर र जुगनभरीयाका रामवरन कुसबधिया, लबैया भन्ने रहमान सिद्धिकि, लक्ष्मण कुसबधिया, रमेश पाल गोडिया, हरपाल गजरिया, दर्शन यादव बच्चा खां, रिजवान अहमद, गजेडी र बच्चा खान भन्ने पक्राउ गरेको छ।
पक्राउ परेका ब्यक्तीहरु मध्य केहीले सम्पूण घटनासंग मिल्ले बिवरण सहितको बयान सराफतले गरेको र केहीले बयान लुकाएकोले घटना अध्ययन बांके प्रहरी टोलीले गरिरहेको स्रोतले जनाएको छ ।
उक्त घटनाका सम्वन्धमा बांके प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक नारायण डांगीका अनुसार स्थानिय शान्ती सुरक्षालाई चुनौती दिनेगरि नेपालगञ्ज नगरसंग जोडिएका ठाउंमा गरिएका २ वटा घटनामा बांके प्रहरी घटनासंग सम्वन्धीत रहेको केही प्रमाणका आधारमा केही ब्यक्ती ब्यक्तीलाई पक्राउ गरेको र केही खोजतलास एव अनुसन्धान भईरहेको जानकारी दिनुभएको छ ।
हाम्रो संरचना । ११ चैत्र २०८०, आईतवार १६:३४