मानव र बन्यजन्तुको अन्तरसघर्ष बीच निकुञ्ज क्षेत्रमा प्रयटन सम्भावनाको खोजी

 

गाभर बांके १७ चैत्र / नेपालले अन्तराष्ट्रिय क्षेत्रमा गरेको प्रतिबद्धता अनुरुप करिब १ दशक अघि कान्छो निकुञ्जको रुपमा स्थापित बांके राष्ट्रिय निकुञ्जमा मानव र बन्यजन्तु बीच सह–अस्तित्वलाई प्रयावरण मैत्री बनाउदै प्रर्यटन प्रवद्धनमा जोडदिनुपर्ने बिषयमा छलफल सम्पन्न भएको छ ।

शनिबार बांकेको प्रयटकिय क्षेत्र गाभरमा युके अन्तराष्ट्रिय बिकास समेतको सहयोगमा जियोलोजीकल सोसाईटी अफ लन्डन (ZSL/जेड एस एल) बांके राष्ट्रिय निकुञ्जले सयुंक्त रुपर्मा बांके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्धन गर्नका लागि सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रमेमा बांकेमा करिब ४ दर्जन बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बांकेका अध्यक्ष दामोदर भण्डारीले बिश्वकै जैबिक बिबिधताले भरिपूर्ण नेपाल देशमा प्रयटन क्षेत्रमा अथाह सम्भावना रहेकाले यस क्षेत्रमा सबै मिलेर लागेमा राष्ट्रमा परिवर्तन ल्याउन धेरै समय नलाग्ने बताउनु भयो ।
अथाह प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपालमा प्रकृतिको सुन्दर पक्षहरुको संरक्षण गदै त्यसबाट सबै जिवजन्तु प्राणीहरुले आनन्द उठाउने वातावरण निर्माण गर्न सबै लाग्नु पर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।

त्यसैगरी छलफलमा प्रयटनको क्षेत्रमा काम गदै आएको नाटा नामक संस्थाका प्रतिनिधि श्रीराम सिग्देलले प्रयटनका प्रवद्धनका लागि निकुञ्जहरु प्रयटन मैत्री हुनु जरुरी रहेको बताउनु भयो । निकुञ्जले संरक्षणको नाममा नेपालका नदिनालामा नेपाली नै गएर घुमफिर र पौडी खेल्न नपाउनु जस्ता घटनाले प्रयटन प्रवद्धन नहुने बताउदै प्रयटनका नाममा बिदेशी रक्सीमा झुम्मिने वातावरण बनाउने होमस्टेहरु पनि सच्चिनु पर्ने बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा जेडएसएलका प्रदिप भटटराईले बिभिन्न दात्रृ निकायहरुको सहयोगमा नेपालका बिभिन्न निकुञ्जका मध्यवर्ती क्षेत्रका बासिन्दाहरुसंग मिलेर जैबिक बिबिधतता संंरक्षणको क्षेत्रमा लागिरहेको बताउदै बांकेमा पनि मानव र बन्यजन्तु बीचको सह-अस्तित्व ब्यवस्थापनका साथै बन्यजन्तु र बनस्पती प्रजातीहरुको संरक्ष्णमा जुटिरहेको जानकारी दिनुभएको थियो ।

त्यसैगरी बांके राष्टि निकूञ्जका संरक्षण अधिकृत रेन्जर एम रावतले सबै भन्दा कान्छो बांकेको राष्ट्रिय निकुञ्जले प्रयटनको क्षेत्रमा अथाह सम्भावना बोकेको जानकारी गराउदै त्यसलाई सबैले प्रवद्धन गर्नमा जोड दिनुभएको थियो ।

बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र उपभोक्ता संरक्षण समितिका तर्फबाट प्रयटन पत्रकार एवम होम स्टे सञ्चालन कृष्ण चौधरीले पनि बाँके निकुञ्जमा प्रयटन सम्भावनाका बारेमा जिज्ञासा राख्नु भएको थियो ।

बिशेषगरि बाघहरुको बास स्थान र जैबिक मार्ग रहेको बांकेको राष्ट्रिय निकुञ्ज बांके, बर्दिया, दांग र सल्यानको ५५० बर्गमिटरमा फैलिएको यो कान्छो निकुञ्ज बांकेको मात्र पूर्व-पश्चिम करिब ३० किमि लामो रहेको छ ।

सबैभन्दा कान्छो र दशौ राष्ट्रिय निकुञ्जको रुपमा स्थापित यस बांके राष्ट्रिय निकुञ्ज पूर्वमा दांग जिल्लाको सिमाना शिव खोला, दक्षिणमा पुर्व-पश्चिम राजमार्ग, पश्चिममा कोहलपुर र उत्तरमा चुरे पर्वत सिमाना रहेको यो निकुञ्ज बिक्रम सम्वत २०६७ साल असाढ २८ गते सरकारले घोषणा गरेको थियो ।

बांके राष्ट्रिय निकुञ्जमा जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजातिहरु, ३२ प्रजातिका स्तनधारीहरू, ३०० भन्दा बढी प्रकारका चराको प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ जलचर तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् ।

सन २०१८ को बाघ गणना अनुसार यस निकुञ्‍जमा २१ वटा पाटे बाघ रहेका छन । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन् ।

बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किमी मध्यवर्ती क्षेत्रलाई समेटेर जवरजस्ती निकुञ्ज घोषणा गरिएको थियो । यसमा बाँकेका ७, दाङका ३ र सल्यानका ३ वटा ततकालिन गाबिसमा करिब ४३,००० मानिसहरूको बसोबास रहेको रहेको छ जस्ले निकुञ्ज घोषणापछी बन्य जन्तु र त्यस क्षेत्रका बासिन्दा बीच आ–आफनो बर्चस्वको लागि सघर्ष जारी रहेको बिभिन्न धटनाक्रमले पुष्टी गदै गइरहेको छ ।