बांकेमा संगठित अपराध तथा संस्थागत भ्रष्टाचार मौलाउँदै: पक्राउ परेका पनि न्यायिक प्रक्रियागत सेटिङ्गमा छुट्छन

 

नेपालगञ्ज /  सुन तथा गैर कानुनी पैसा तस्करीका लागी नेपालका बिभिन्न बैकहरु प्रयोग भएको प्रमाण फेला पर्दा पनि राष्ट्र बैंकले ति बैकहरुलाई नियमन नगर्दा नेपालमा बित्तिय अनुशासन कायम हुनसकेको छैन ।

दैनिक करोडौं मार्फत पैसाको गैर–कानुनी कारोबार गरिरहेको नेपालगञ्जाको एक गिरोह लाई बाँके प्रहरीले रंगेहात ३८ लाख ६३ हजार नगद रुपैया सहित ३ जनालाई पक्राउ गरेर  प्ररारम्भिक अनुसन्धान गर्द  नेपालगञ्ज  स्थित थुप्रै बैकहरु  गैर कानुनी रुपमा संलग्न रहेको फेला परेका थिए ।

प्रहरीले थप अनुसन्धान र कार्वाहीका लागी कोहलपुर राजश्व अनुसन्धान कार्यालयलमा पठायो तर रंगेहात पक्राऊ परेका केही समय पछि …. धरौटीमा रिहा भए र बैंक तर्फ अनुसन्धान त के  हेर्दै हेरिएन ।

उक्त घटना गत फागुन २७ गते साढे ४ बजे नेपालगञ्जको सुर्खेत रोडमामा केही ब्यक्तीहरुले झोलामा गैर कानुनी पैसा बोकिरहेको सूचनाको आधारमा राष्ट्रिय अनुसन्धान बांके र बांके प्रहरीको सिबिल टोलीले ति ब्यक्तीहरुलाई नियन्त्रणमा लिने क्रममा २ जना पैसा सहित भागेको र ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका ब्यक्ती मध्य नेपालगञ्ज–१६ जैसपुर बस्ने बर्ष ३६ को हसिब अहमद जसगढ सगै रहेकी बर्दिया बारबर्दिया–२ घरभई नेपालगञ्ज–१० आदर्शनगर बस्दै आएकी बर्ष २५ कि पूर्णिमा चौधरीले बोकेको कालो रंगको साइड ब्याग भित्र राखिएको १६ लाख ९४ हजार र बर्दिया राजापुर–१ घर भई बांके जानकी–३ डेरा गरि बस्ने २० बर्षिय अनुप थारुले कालो झोलामा बोकेको २१ लख ६९ हजार सहित ३८ लाख ६३ हजार नगद सहित ३ जना पक्राउ परेको र २ जना फरार भएका थिए ।

उक्त गिरोहमा काठमाण्डौं देखि बांके जैसपुर कै केही ब्यक्तीहरु र भारतका पनि केही ब्यक्तीहरु एउटा ठुलो गिरोह बनाएर उक्त कार्यमा संलग्न रहेको प्रहरी सूक्ष्म अनुसन्धान गर्दा गर्दै कोहलपुर राजश्वमा पठाएको थियो ।

फरार भएका दुबै जनाको पहिचान खुलेको र दुबै जनालाई पक्राउ पुर्जी जारी गरेकोमा कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालय कोहलपुरले उक्त केस सेटल गऱ्यो  ।

बाँके प्रहरीले गैर–कानुनी पैसा सहित पक्राउ गरेको घटनाको गरेको प्ररारम्भीक अनुसन्धानले एउटा संगठित ठुलो ग्रुपले सञ्चालन गरेको हुण्डी कारोबारको क्रममा पैसा बोक्ने भरिया पूर्णिमा र अनुप रहेको र तितिहरुको कोठामा खानतलासी गर्दा गिरोहले ३ महिना भित्र मात्र पूर्णिमा मार्फत नेपालगञ्जका बिभिन्न बैकहरुको २७६ थान बैक भौचर मार्फत ८ करोड ९३ लाख २० हजार ३४ रुपैया र निजको २४ थान नागरिकताको फोटोकपी फेला पारेको थियो ।

त्यसैगरि अर्का पक्राउ परेका अनुप थारु मार्फत निजको रुमबाट बिभिन्न बैकहरु मार्फत ९ करोड ३९ लाख ७३ हजार ९ सय ३५ रुपैया बिभिन्न ब्यक्तीहरुको नाममा पैसा जम्मा गरेको २९४ थान बैक भौचरहरु र निजको ६० थान नेपाली नागरिकताको फोटोकपी समेत फेला पारेको थियो

पक्राउ परेका ब्यक्तीहरुको बयान र अन्य स्रोतबाट प्रहरीले संकलन गरेको बिवरणमा नेपालगञ्जबाट अन्यत्र ठाउंमा पैसा पठाउन हुण्डी कारोबारीहरुले बिभिन्न बैकहरु मार्फत बारम्बार एउटै ब्यक्तीले अन्य बिभिन्न ब्यक्तीको नाममा पैसा जम्मा गर्ने गरेको देखिन्छ ।

यसरी बैकहरुले एउटै ब्यक्तीले अन्य बिभिन्न ब्यक्तीका नाममा लगातार पैसा जम्मा गरेको थाह पाएर पनि सम्वन्धीत बैंकहरुले राष्ट बैंकलाई जानकारी नदिएकोले अनुगमन र नियमन नगरिएको आशंका अनुसन्धान निकायहरुको रहेको छ ।

जुन घटनाले बैकहरु गैरकानुनी पैसालाई कानुनी बनाउने धन्दामा लागेको पुष्टी गरेको थियो

गिरोहले नेपालगञ्जबाट भारत–नेपाल सुन तथा पैसाको तस्करी गर्ने र त्यसका लागि हुण्डी कारोबारीले नेपालगञ्ज स्थित बिभिन्न बैकहरु मार्फत मिलेमतोमा काठमाडौंमा भाडामा बैक एकाउण्ट खोलिएका ब्यक्तीहरुको खातामा पैसा जम्मा गर्ने काम बिगत देखि नै हुदै आएको देखिए पनि नियमज निकायहरु सबै चुप लागेर बसेको उक्त घटनाक्रमले उजागर गरेको छ ।

हुण्डी कारोबारीहरुले बिभिन्न केही सहकारीमा काम गर्ने र अन्य केही बेरोजगार ब्यक्तीहरु मार्फत मासिक तथा दैनिक रुपमा न्यूनतम पारिश्रमिक दिएर आ–आफनो नागरिकता फोटो कपी मार्फत सेटिंगमा अन्यत्र भाडामा बिभिन्न ब्यक्तीहरुको नाममा खोलिएका बैंक एकाउन्टमा पैसा जम्मा गर्ने गरिएको अनुसन्धानको क्रममा खुलेको छ ।

नेपालगञ्जमा दर्जनौ ब्यक्तीहरुले यस्तो सेटिंगमा बैकहरु मार्फत पैसाको गैर कानुनी कारोबार गरिरहेको तर त्यसको नियमन निकाय राष्ट्र बैक चुप लागेर बसेको आरोप लागिरहेको अवस्थामा गत फागुन २७ गते केही घटनास्थलबाटै फरार भएका र केहीको बयानको क्रममा संलग्नता रहेको खुले पनि पक्राउ परेका २ जना भरियाको कोठामा ३ महिनामा करिब १९ करोड बैकमा जम्मा गरेको भौचरहरु फेला परेको थियो ।

यसरी बैंक मार्फत हुण्डी कारोबारीले भरिया लगाएर पैसाको गैर कानुनी कारोबार गरिरहेको घटना अध्ययनले देखिए पनि हाल सम्म राष्ट्र बैंकले कुनै एक्सन गरेको देखिएको छैन ।

स्रोत बिनाको पैसा एउटै ब्यक्तीले बिभिन्न ब्यक्तीका नाममा लगातार बैंक खातामा जम्मा गर्दा पनि बैंकहरुले वास्तै नगरेको देखिएकोले उक्त गैर कानुनी हुण्डी कारोबार घटनामा बिगत ३ महिनामा भरियाका रुपमा काम गरिरहेका पूर्णिमा र अनुप कुन बैंक मार्फत कती पैसा जम्मा गरेका थिए भन्ने विवरण तल दिइएको छ ।

प्रहरी अनुसन्धानमा आधारित रिपोर्टको केही अंश  तल बिवरण हेर्नुहोस : –

कुन बैक मार्फत के-कति, कसरी पैसा जम्मा गरे : गैरकानूनी कारोबार गर्ने बैकहरुलाई राष्ट्र बैकले नियमन गरेन !

नेपालगञ्जको न्यू रोडमा पैसा पक्राउ पछी भरियाका रुपमा काम गर्दे आएका अनुप चौधरीको कोठामा बिगत ३ महिना यतामा मात्र फेला परेको बैक भौचरहरुको बिवरणहरु……..

 

जिल्ला बाँके जानकी गा.पा. वडा नं. ३ स्थित अनुप थारूको डेरा कोठाबाट बिभिन्न बैंकका रकम जम्मा गरेको रू.९,३९,७३,९३५/- (अक्षरुपी नौ करोड बत्तिस लाख त्रिहत्तर अजार नौ सय पैतिस) रकमको बैंक भौचर पाना २९४ फेला परेको………

(क) एन.आइ.एम.बि बैंकको बिभिन्न मितिमा रू.२९,९९,३५०/- रकम जम्मा गरेको भौचर पाना १०

(ख) प्रभु बैंकको बिभिन्न मितिमा रू.६६,३९,५८०/- रकम जम्मा गरेको भौचर पाना २०

(ग) कामना सेवा बिकास बैंकको बिभिन्न मितिमा रू.१०,६०,०००/- रकम जम्मा गरेको भौचर पाना २

(घ) मुक्तिनाथ बिकास बैंकको बिभिन्न मितिमा रू.६,९५,१७५/- रकम जम्मा गरेको भौचर पाना २

(ङ) नबिल बैंकको बिभिन्न मितिमा रू.२,२४,२१,५१०/- रकम जम्मा गरेको भौचर पाना ५९

(च) ग्लोबल आईएमई बैंकको बिभिन्न मितिमा रू. १,७८,४९,०७५/- रकम जम्मा गरेको भौचर पाना ३५

(छ) नेपाल बैंकको बिभिन्न मितिमा रू. १५,३८,२००/- रकम जम्मा गरेको भौचर पाना ३

(ज) एनएमबी बैंकको बिभिन्न मितिमा रू. १३,६०,५२०/- रकम जम्मा गरेको भौचर पाना ५

(झ) सांग्रिला डेभलपमेन्ट बैंकको बिभिन्न मितिमा रू. १०,००,०००/- रकम जम्मा गरेको भौचर पाना २

(ञ) सिद्दार्थ डेभलपमेन्ट बैकको बिभिन्न मितिमा रू.५४,६२,३५५/- रकम जम्मा गरेको भौचर पाना २१

(ट) एन.आई.सी. एसिया बैंकको बिभिन्न मितिमा रू. १,८३,०७,१६०/- रकम जम्मा गरेको भौचर पाना ६१

(ठ) लक्ष्मी सनराईज बैंकको बिभिन्न मितिमा रू. १,१३,४९,१६०/- रकम जम्मा गरेको भौचर पाना ६१

(ड) सिटिजन बैंकको बिभिन्न मितिमा रू. ४,००,०००/- रकम जम्मा गरेको भौचर पाना १

(ढ) हिमालयन बैंकको बिभिन्न मितिमा रु.५०००/- रकम जम्मा गरेको भौचर पाना १

(ण) सानिमा बैंकको बिभिन्न मितिमा रू. २,६९,२५०/- रकम जम्मा गरेको भौचर पाना १

(त) प्राईम बैंकको बिभिन्न मितिमा रू. ९,००,०००/- रकम जम्मा गरेको भौचर पाना १

(थ) लुम्बिनी बिकास बैंकको बिभिन्न मितिमा रू. ९,५०,०००/- रकम जम्मा गरेको भौचर पाना १

(द) माछापुच्छ्रे बैंकको बिभिन्न मितिमा रू. ९०,०००/- रकम जम्मा गरेको भौचर पाना १

नेपालगञ्वको न्यू रोडमा पैसा पक्राउ पछी भरियाका रुपमा काम गर्दे आएका पूर्णिमा चौधरीको कोठामा बिगत ३ महिना यतामा मात्र फेला परेको बैक भौचरहरुको बिवरणहरु….

जिल्ला बाँके नेपालगंज उप- न.पा. वडा नं १० स्थित पुर्णिमा चौधरीको कोठाको बाट रु.८,९३,२०,०३४/- (अक्षरुपी आठ करोड त्रिनब्बे लाख बिस हजार चौतिस) रकमको बैंक भौचर पाना २७६ फेला परेको…..

(क) राष्ट्रिय बाणिज्य बैंकको विभिन्न मितिमा रू. २७,५६, ३७५/- रकम जम्मा गरेको भौचर पाना १०

(ख) लक्ष्मी सनराईज बैंकको विभिन्न मितिमा रू. ११,९१,४००/- रकम जम्मा गरेको भौचर पाना ५

(ग) ग्लोबल आईएमई बैंकको बिभिन्न मितिमा रू.५२,३४,३२५/- रकम जम्मा गरेको भौचर पाना १९ (घ) सानिमा बैंकको विभिन्न मितिमा रू.५९,२५,४४५/- रकम जम्मा गरेको भौचर पाना १६

(ङ) माछापुच्छ्रे बैंकको बिभिन्न मितिमा रू.७,४५,०००/- रकम जम्मा गरेको भौचर पाना ३

(च) नेपाल बैंक लि.को बिभिन्न मितिमा रू.८,२२,२००/- रकम जम्मा गरेको भौचर पाना ३

(छ) सिद्दार्थ बैंकको बिभिन्न मितिमा रू.८,५०,५००/- रकम जम्मा गरेको भौचर पाना ३

(ज) एनआईएमबी बैंकको विभिन्न मितिमा रू.४४,००,९३०/- रकम जम्मा गरेको भौचर पाना १६ (झ) प्राईम बैंक बिभिन्न मितिमा रू.१४,२४,३९०/- रकम जम्मा गरेको भौचर पाना ७

(ञ) कृषि बिकास बैंकको बिभिन्न मितिमा रू. २५,०२,३६५/- रकम जम्मा गरेको भौचर पाना ८

(ट) साईन रेसुङगा बैंकको बिभिन्न मितिमा रू. २०,००,०७३/- रकम जम्मा गरेको भौचर पाना ५

(ठ) एस.बि.आई. बैंकको बिभिन्न मितिमा रू.३२,८६,३४०/- रकम जम्मा गरेको भौचर पाना १२

(ड) एन.आई.सि.एसिया बैंकको बिभिन्न मितिमा रू. ३९,५६,२९०/- रकम जम्मा गरेको भौचर पाना १३ (ढ) सिटिजन बैंकको बिभिन्न मितिमा रू.५२,४१,५६५/- रकम जम्मा गरेको भौचर पाना १६

(ण) सांग्रिला डेभलपमेन्ट बैंकको बिभिन्न मितिमा रू. १५,१६,१७०/- रकम जम्मा गरेको भौचर पाना ४

(त) प्रभु बैंकको बिभिन्न मितिमा रू.७४,५०,०७५/- रकम जम्मा गरेको भौचर पाना १८

(थ) नबिल बैंक लि.को बिभिन्न मितिमा रू.४०,०८,०२५/- रकम जम्मा गरेको भौचर पाना १२

(द) हिमालयन बैंकको बिभिन्न मितिमा रू.८८,५५, २७३/- रकम जम्मा गरेको भौचर पाना ३४

(ध) ऐभरेष्ट बैंकको बिभिन्न मितिमा रू.७१,९७,९१५/- रकम जम्मा गरेको भौचर पाना २५

(न) लुम्बिनी बिकास बैंकको बिभिन्न मितिमा रू. २०,७०,०००/- रकम जम्मा गरेको भौचर पाना ३

(न) कुमारी बैंकको बिभिन्न मितिमा रू.५३,६४,७७८/- रकम जम्मा गरेको भौचर पाना २०

(प) गरिमा बिकास बैंकको बिभिन्न मितिमा रू.५३,६४,७७८/- रकम जम्मा गरेको भौचर पाना २०

(फ) गरिमा बिकास बैंकको बिभिन्न मितिमा रू.६८,९४,५८०/- रकम जम्मा गरेको भौचर पाना १७

(ब) एनएमबी बैंकको बिभिन्न मितिमा रू. २७,८७०/- रकम जम्मा गरेको भौचर पाना २

(भ) मुक्तिनाथ बिकास बैंकको बिभिन्न मितिमा रू. १,८३,०००/- रकम जम्मा गरेको भौचर पाना १

(म) महालक्ष्मी बिकास बैंकको बिभिन्न मितिमा रू.११,१५,१५०/- रकम जम्मा गरेको भौचर पाना २

(य) कामना सेवा बिकास बैंकको रू.५,००,०००/- रकम जम्मा गरेको भौचर पाना १

(२) गोर्खाज फाईनान्स लि.मा रु.८,००,०००/- रकम जम्मा गरेको भौचर पाना १

उपरोक्त बिवरणहरुले के देखाउछ भने गैर कानुनी कारारेबार गर्ने गिरोहहरुले नेपालगञ्जका बिभिन्न बैंकहरु मार्फत बैंकमो छिद्रहरु प्रयोग गरेर गलत धन्दा चलाईरहेको पुष्टी गर्दछ भने नियमन निकायहरु राष्ट्रिय देखी अन्तराष्ट्रिय मनी लन्ड्री जस्तो संगिन बिषयमा चुपचाप लाग्नु र देखे पनि नदेखे जसरी बस्न हुदैन ।

उक्त हुण्डी कारोबार अन्तराष्ट्रिय सुन कारोबारीहरुसंग जोडिएको र त्यसमा अन्य ब्यक्तीहरुको समेत संलग्नता देखिएकाले सुक्ष्म छानबीन गरि कार्बाहीको दायरामा ल्याउनपर्दछ भने अन्यथा यो गिरोह आगामी दिनमा थप संगठित सक्रिय भएर लाग्ने निश्चित छ ।

नेपालगञ्जको न्यूरोड सगै बस पार्क क्षेत्रमा पकोउ परेका अन्य ब्यक्तीहरुको घटनाका सम्पन्धमा भने ति ब्यक्ती पैसा भारु र नेपाली पैसा सटही घटनासंग सम्व्नधीत रहेको घटना अध्ययनको क्रममा पाइएको छ । ति ब्यक्तीहरुलार्य पनि पक्राउ परेको पैसालाई अनुपातको आधारमा शत प्रतिशत धरौटी लिएर यस अघि नै छोडिसकिएको कोहलपुर राजश्वले जनाएको छ ।