सम्माननिय प्रधानन्यायाधीश ज्यू ! अदालत प्रति जनआस्था यस कारण घटिरहेको छ….

सम्माननिय प्रधानन्यायाधीश बिश्वम्भर प्रशाद श्रेष्ठको आफनो मातहत निकायहरुको कार्य प्रगतीको अनुगमन तथा निरिक्षणकै क्रममा नेपालगञ्जमा न्यायकर्मिहरु बीच सम्बोधन राख्नुहुदै ।

नेपालगञ्ज ५ बैशाख/ सम्माननिय प्रधानन्यायाधीश बिश्वम्भर प्रशाद श्रेष्ठ आफनो मातहत निकायहरुको कार्य प्रगतीको अनुगमन तथा निरिक्षणकै क्रममा बैशाख ३ गते नेपालगञ्ज आधार बनाएर मध्य र सुदुरपश्चिमका  नमुनाकारुपमा केही जिल्ला तथा उच्च अदालतहरुको अनुगमन तथा कार्य-प्रगती बिवरण सुनिरहनुभएको छ ।

पधानन्यायाधीश श्रेष्ठको कदमलाई न्यायकर्मिहरुले पनि सकारात्मक रुपमा लिएर सहयोग गरिरहेको परिप्रेक्षमा  दिनप्रतिदिन न्याय प्रति जनबिश्वास र सर्वसाधरणको पहुंचको बिषयमा पनि पधानन्यायाधीशले ध्यान दिनु पर्ने देखिन्छ ।

किन भने त्यसका लागी नमूनाका रुपमा नेपालगञ्ज आधार भएका केही बिषय यहां प्रस्तुत गर्ने जमर्को गरेका हामीले गरेका छौ ।

घटना बिवरण : १

नेपालगञ्जको मुख्य बजार स्थित सुन ब्पापारी दीपक हेमकार परिवारको सामूहिक हत्या एवम गरिएको डकैती काण्डमा अभियुक्तहरु बिदेशी नागरिक साधरण तारेखमा छोडीनु….

बिस्तृत पढनको लागि क्लिक गर्नुहोस…

🖕Click Below

नेपालगञ्जको दिपक हेमकार परिवार बिभत्स हत्या एवम डकैती घटनामा अदालतमा पेश गरिएका १२२ वटा सबुत प्रमाण के–के थिए सम्पूर्ण बिवरण सहित….

नेपालगञ्जको दिपक हेमकार परिवार बिभत्स हत्या एवम डकैती घटनामा अदालतमा पेश गरिएका १२२ वटा सबुत प्रमाण के–के थिए सम्पूर्ण बिवरण सहित – HamroSamrachana

 

नेपालगञ्जको दिपक हेमकार परिवारको सामुहिक बिभत्स हत्या घटनाको बयान खण्ड-२

 

दिपक हेमकार परिवार बिभत्स हत्या एवम डकैती काण्ड–३ अभियोजन पत्रको घटना खण्डमा के-के छ ? 

 

नेपालको अदालतको अवस्था ! नेपालगञ्जको ५ जनाको बिभत्स हत्याकाण्डका अन्तराष्ट्रिय अभियुक्त किशोरीलाललाई जिल्ला र उच्चले थुन्छ, सर्वोच्चले छोडछ

यस्ता घटनाका मुख्य अभियुक्त बिदेशी नागरिक किशोरीलाल  सोनी समेतलाई सर्वोच्चबाट साधरण तारिखमा छोडिनु र घटना नसुसल्झीनु अदालतप्रति जनआस्था घटने उदाहरण बन्नबाट प्रधानन्यायाधीशले रोक्ने यस्ता मुद्दालाई गम्भीर भएर हेर्नुपर्दछ ।

यो मुद्दामा कस्ले कति खाए ? कसरी खाए ? यो बिषय होईन ! विषय हो एउटा सभ्य समाजमा बिदेशी नागरिकहरुको समूहले गरेको बिभत्स हत्या र डकैती काण्डमा न्यायलयको भुमिकाले यस्ता गम्भीर अपराधको मुद्दामा  न्यायलयको साख बचाउने काम भएको छ कि ! गिराृदै गईरहेको  छ !

घटनामा न्यायपरिषदले पनि यस्ता विषयमा ध्यान दिन जरुरी छ भने नेपाल प्रहरी र न्यायालयको क्षमता र निष्पक्षता पनि हेरिएको घटना भएकाले प्रधानन्यायाधीशको निरिक्षणको क्रममा यस्तो विषय  उठाइृएको हो ।

घटना बिवरण : २ 

सर्वश्व सहित जन्म कैद ठोकिएका ब्यक्तिहरु बिभिन्न प्रपन्च सहित नेपालगञ्ज स्थित पुनरावेदन अदालतमा मुद्धाको पुनराबेदन गरेको देखिन्छ ।

उक्त कार्य कै लागी ३ महिना काजमा आएका नेपालगञ्ज पुनरावेदन अदालतका ततकालिन माननिय न्यायाधीश पुष्प कोइराला र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले मिति २०७१ साल असार २३ गते उक्त फौजदारी अभियोग अन्तरगतको कर्तब्य ज्यान र डांका मुद्धाको एक पटक जिल्ला अदालत बांकेले फैसला गरिसकेको मुद्धामा कानुनी छिद्रको आधारमा कानुन बमोजिम बुझनु पर्ने प्रमाण बुझी फैसला गर्नु भनी सुरु अदालतमा उक्त मुद्धा फिर्ता गरेको उक्त घटना अध्ययन मिसिलमा देखिन्छ ……….

सर्वश्व सहित जन्म कैद पाउनु भएका बांके डुडुवा अध्यक्ष पप्पु भन्ने नरेन्द चौधरीका मुद्धा उल्टीयो ….

 

घटना बिवरण : ३

नेपालगञ्ज स्थित सहकारी बित्तिय विकास संस्था लिमिटिड नामक बैकिंग कारोबार गरिरहेको सहकारीमा करोडौं रुपैया घोटाला काण्डमा जिल्ला सहकारी संघ लिमिटेड बांकेको पत्र जाहेरीले नेपाल सरकार बादी रहेको सहकारी रकम हिनामिना (अपचलन) ठगी संगठित अपराध मुद्धामा बांके जिल्ला अदालतले हालै गरेको फैसलामा एकातिर संगठित अपराध होइन भन्ने फैसला गरेको छ भने अर्कोतिर करिब २ दर्जनलाई उक्त अपराधमा दोषि ठहर गरेको छ ।

हेनुहोस संक्षिप्त 

तल क्लिक गर्नुहोस…. f

नेपालगञ्ज सहकारी घोटाला काण्डमा कसैलाई सफाई, कसैलाई दोषि करार (बृस्तित रिपोर्ट सहित)

नेपालगञ्जको सहकारी घोटाला काण्डमा अभियुक्त को–को थिए ? मुद्धामा संगठित अपराध नभएको अदालतको ठहर

यी र यस्ता घटना त प्रतिनिधिमुलक घटनाहरु मात्र हुन । यी र यस्ता घटनाले न्यायालय माथीको जनआस्थामा ठेस लाग्नसक्ने भएकाले यस्ता बिषयमा न्यायालयको नेतृत्व र सम्वन्धीत न्यायपरिषदले सूक्ष्मरुपले अध्ययन अनुसन्धान गरेर भएगरेका त्रुटीहरुलाई सच्याएर अगाढी बढनु अपरिह्राय आवश्यक्ता भईसकेको छ ।