रुपैडिहा स्थित नेपालगञ्ज रोडमा पक्राउ परेको ८१ लाख ६० हजार नेपाली रुपैयाको तार जयसपुरमा

रुपैडिहा स्थित नेपालगञ्ज रोडमा पक्राउ परेको पैसा र अभियुक्तका साथ भारतिय सुरक्षाकर्मिहर

नेपालगञ्ज १२ जेष्ठ / भारतसंग सिमा नाका रहेको नेपालगञ्जको जमुनहा सिमा क्षेत्र नजिकैे भारतिय बजारको रुपैडिहा स्थित नेपालगञ्ज रोडमा रहेको राणा पेट्रोल पम्प नजिकबाट ५१ लाख ५०० भारतिय रुपैया सहित २ जनालाई भारतिय प्रहरीले पक्राउ गरि अनुसन्धान जारी राखेको छ ।

स्रोत बिनाको उक्त पैसा पक्राउ घटनाको भारतिय प्रहरीले गरेको प्ररारम्भिक अनुसन्धानको क्रममा घटनाको तार नेपालगञ्जको जैसपुर क्षेत्रका सुन तथा हुण्डी २ नम्बरी कारोबारीसंग जोडिएका पाइएपछी त्यस क्षेत्रमा हडकम्प मच्चीएको छ ।

बांके जिल्लाको सिमानाका जोडिएको भारतको बहराईच जिल्लाको नानपारा क्षेत्रबाट नेपालगञ्जको जमुनहा सिमानाका तर्फ आईरहेको युपी ८० इ एच ६२१५ नम्बरको आइ २० गाढीको पछाडी सिट मुनी सेतो प्लाष्टिकको बोरामा राखिएको ५÷५ सय नोटका १० हजार ८५ थानले ५० लाख ४२ हजार ५००, रु २०० सयका ९० थानले १८ हजार, र १०० रुपैयाको ४ सय थानले ४० हजार गरि कुल ५१ लाख ५०० रुपैया अर्थात ८१ लाख ६० हजार नेपाली रुपैया र गाढीमा सवार धानाजी शिन्दे र ड्राइभिंग सिटमा रहेका रबि कुमार गुप्तालाई नियन्त्रणमा लिएर भारतिय प्रहरीले शक्तीका साथ अनुसन्धान तथा कार्बाही प्रक्रिया अगाढी बढाएको थियो ।

बिशेष सूचनाको आधारमा रुपैडिहाको नेपालगञ्ज रोडमा रहेको राणा पेटेल पम्प नजिक बहराचको प्रयागपुर क्षेत्रका क्षेत्राधिकारी हीरारार कनौजिया तथा नानपाराका नायब तहसीलदार शैलेश कुमार अवस्थी समेतका उच्च अधिकारीको रोहवरमा रुपैडिहा स्थित भारतिय प्रहरी कार्यालयका प्रमुख प्रभारी निरिक्षक शम्शेर बहादुर सिंहको नेर्तत्वमा रहेको प्रहरी टोलीले उक्त प्रसा पक्राउ गरेको हो ।

घटना पछी पक्राउ परेका ब्यक्तीहरुको बयान तथा अनुसन्धान गरेको भारतिय प्रहरीले उक्त पैसा नेपालबाट भारत तर्फ सुन पठाउने गिरोहको रहेको खुलेको छ ।
गत महिना नेपालगञ्जको न्यूरोड स्थित एक सटरमा सुनको पसल खोली पैसाको हुण्डी तथा तस्करी गरिरहेको गिरोहका १ जना सदस्य र २ जना भरियालाई बांके प्रहरीले पक्राउ थगरि थप अनुसन्धान र कार्बाहीको लागी कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको थियो ।

राजश्व अनुसन्धानले उक्त घटनाको बांके प्रहरीबाट प्राप्त सूचनाको आधारमा गरेको थप अनुसन्धानको क्रममा उक्त घटनामा सिंगो एउटा गिरोह संलग्न भएको बिवरण पक्राउ परेका ब्यक्तीहरुबाट खुल्दै गएपछी मिलेमतोमा ति पक्राउ परेका ब्यक्तीलाई धरौटीमा छोडेको र बयानको क्रममा खुलायएका अन्य थप गिरोहका सदस्यहरुको बिवरण र अनुसन्धान त्यही रोक्न गिरोहले कोहलपुर राजश्वका हाकिमले प्राप्त गर्ने गरि नेपालगञ्जका १ जना ब्यापारीकोमा २० लाख रुपैया जम्मा गर्न लगाएको त्यसपछी उक्त घटना प्रक्रिया मिलाएर टुंग्याउने कार्यमा कोहलपुर राजश्व लागेको घटना अध्ययनको क्रममा देखिन्छ ।

रुपैडिहाका पक्राउ परेको पैसा नेपालगञ्जबाट अन्तराष्ट्रिय मनी लन्ड्रीको कार्य गरिहरेका ब्यक्तीहरुको रहेको पकाउ परेका ब्यक्तीहरुबाट पोल खुलेको भारतिय प्रहरी स्रोतले बांके प्रहरी स्रोतलार्य अनोपचारिक जानकारी दिइसकेको छ ।

नेपाल–चिन नाका हुदै सुन नेपालका बिभिन्न शहरहरुमा आयात गर्ने गिरोहले नेपाल–भारत सिमानाका हुदै भारत तर्फ सुन तथा पैसा तस्करी गर्ने नेपालगञ्जको गिरोहले पाकिस्तान तथा बंगलादेशका ठुला हुण्डी कारोबारी मार्फत तेस्रो मुलुकहरु अरबियन मुलुकहरु देखि अष्टलिया, अमेरीका जस्ता युरोपियन मुलुकहरुमा समेत हुण्डी कारोबारको जालो फैलाएको स्रोतको दाबी रहेको छ ।

गत हप्ता रुपैडिहामा पक्राउ परेको पैसाको घटनाले नेपालगञ्जमा हुण्डी गरेको पैसा पक्राउ घटनासंग सम्वन्ध रहेको र तिनै ब्यक्तीहरुले नेपालगञ्जमा सुन तस्करीको हल्लाखल्ला बढी भएपछी काठमाण्डौंबाट सुन सेटिंग मार्फत आन्तरिक हवाई उडान र कहिल्य काही अर्थात रेनडमली सडक यातायातबाट भैरहवाको सुनौली नाका क्षेत्रबाट समेत भारत तर्फ तस्करीको कार्य अगाढी बढाएको भरपर्दो स्रोतबो दाबी रहेको छ ।

उक्त घटनापछी नेपालगञ्जमा बसेर संगठितरुपमा भारत तर्फ सुन तस्रकी गरिरहेको गिरोह भित्र केही फुटको अवस्था सृजना भएको छ ।
रुपैडिहामा पक्राउ परेको पैसा गिरोहका सदस्य राहुलको नाममा मात्र थोपारिदिएपछी गिरोहको टिममा फुट आएर राहुललाई उक्त टिमबाट अलग्याएर सुन मिक्सिंगको लागि राहुलले लिएरको भाडाको घर छोडेर अन्तै ठाउं बनाउन टिमले घर किन्ने सोचले खोजी कार्य जारी राखेको छ ।