बाँकेको बैजनाथमा सामाजिक सुरक्षा र दैनिक घटना दर्ताका विषयमा अन्तरक्रिया

नेपालगञ्ज २१ जेष्ठ/ नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको आयोजना र बाँकेको बैजनाथ पालिकाको समन्वयमा सोमवार जि गाउँमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता विषयमा सरोकारवाला निकाय वीच अन्तरक्रियात्मक कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको प्रमुख उपस्थितमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक जीवराज सेढाई, बाँकेका प्रहरी प्रमुख तुल बहादुर काक्री, बैजनाथ उप प्रमुख निर्मला रोकाय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग शाखा अधिकृत जुना खड्का

विभागका कार्यक्रम सहजकर्ताहरु दीपक शर्मा, उज्जवल मिश्र, स्थानिय सरोकारवाला लगायतका व्यक्तिहरुको उक्त अन्तरक्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिता रहेको थियो ।

कार्यक्रममा सामाजिक सुरक्षा भत्ता देखि व्यक्तिगत दैनिक घटनाहरु दर्ताका विषयमा छलफल भएको थियो ।