नेपालगञ्ज २२ जेष्ठ / आन्तरिक हवाई उडानको कुरियर र अनलाईन कार्गो लगायतका माध्यम मार्फत नेपालगञ्ज–काठमाण्डौ सुन र मोबाईल डिस्प्ले एवम लागुजन्य औषधी सेटिगमा तस्करी हुनेगरेको घटना बेलाबगत उजागर हुनेगरेको छ ।
नेपालगञ्ज_काठमाडौ आन्तरिक हवाई उडानमा समेत तस्करहरुको सेटिंगमा निरन्तर लामो समय एकै ठाउं अर्थात एयरपार्टमै अडडा जमाएर बसेका सुरक्षा देखि एयरलाईन्सका खराब कर्मचारीहरुको समेत संलग्नता रहने गरेको पाईएको छ ।
नेपालगञ्ज स्थित बिभिन्न नामका मोबाईल पसल खोली भारतबाट तस्करी गरि नेपालमा समेत सेटिंग मिलाएर बिगत ४ बर्ष देखि कुरियर मार्फत मोबाइलका मंहगा डिस्प्ले काठमाडो पठाउने गिरोह सक्रिय रहेकोमा बांकेमा नयां प्रहरी प्रमुख तुल बहादुर कार्की आएसंगै उक्त घटनाको उजागर भएको छ ।
बांकेमा तस्करी नियन्त्रण प्रयास गरिरहेको हालै सरुवा भएर आउनु भएका बांकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल र प्रहरी प्रमुख तुल बहादुर कार्की नेतृत्वको टिमले भारतबाट मंहगा मोबाईलका डिस्प्ले काटुनका–काटुन तस्करी गरि ट्रान्सपोर्ट, यात्रु बस र नेपालगञ्ज एयरपोर्ट हुदै हवाई उडान मार्फत काठमाण्डौं लगिरहेको गिरोहहरुको पीछा गर्ने क्रममा गत शनिबार दिउसो नेपालगञ्जको सनराईज कुरियर मार्फत काठमाण्डों पठाउन लागेको कम्बो डिस्प्ले नेपालगञ्जको रांझा बिमानस्थलको सुरक्षा घेरा भित्र लगि उडानको लागि अन्तीम तयारी रहेको अवस्थामा शसस्त्र र जनपद प्रहरीले पक्राउ गरि बृस्तित अनुसन्धान बिना नै नेपालगञ्ज भन्सारलाई बुझाईसकेको छ ।
पक्राउ परेको ७२० पिस कम्बो मोबाईल डिस्प्ले मोशन नाम लेखेको ७० वटा कार्टुनमा प्याकिंग गरि तस्करहरुले पठाएको समान जनपदको सिबिल टोली र शसस्त्र प्रहरीको सूचनाको आधारमा समेत गरि उक्त समान पक्राउ गर्नेक्रममा एयरपोर्ट सुरक्षार्थ खटिएको प्रहरीले उक्त समान नियन्त्रण लिन ततपरता नदेखाएपछी नेपालगञ्ज एयरपोर्टमा सुरक्षर्थ खटिएका प्रहरीको बिषयमा समेत केही शंका उत्पन्न भएको उक्त घटनामा संलग्नहरुले जानकारी गराउनुभएको थियमो ।
त्यसैगरि बांकेको सिबिल टोलीले गत हप्ता अर्थात जेष्ठ ९ गते पनि नेपालगञ्ज २ सेतु चोक नजिकबाट भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएका करिब २३ लाख मुल्य बराबरका ९२३ पिस मोबाईल डिस्प्ले रितपूर्वक बरामद गरि आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार पठाएको थियो । भन्सारले भने थप कुनै अनुसन्धान बिना नै समानकाने लिलामी प्रकिेया मात्र गर्ने कार्यले संगठित तस्करहरुको मनोबल यथावत रहने गरेको पाइएको छ ।
भारतबाट तस्करी गरि नेपालगञ्ज हुदै काठमाण्डौं मोबाईल डिस्प्ले पठाउने घटना अध्ययनमा यो संस्थागत रुपमा तस्करी गर्ने कार्य सेटिंगमा बिगत ४ बर्ष देखि निरन्तर भई्हेकोमा बांकेमा नयां प्रहरी प्रमुख आएपछी उक्त चेन हाल ब्रेक भएको छ ।
महंगा मोबाईलका कपी डिस्प्ले प्याकिंग गरेको प्रति कार्टुन जिम्मेवार निकायहरुसंग लाइन मिलाएर तस्करी गरेर ल्याएमा प्रति कार्टुन ५ हजार र लाईन नमिलेमा प्रति कार्टुन १२ देखि १५ हजार संगठित क्यारिंगवालाले लिने गरेको देखिन्छ ।
त्यसपछी काठमाण्डौं पठाउदा समेत समान आयात गरेको भन्सार बिल, बिक्री बिल बिना नै समानहरु काठमोडौं तर्फ तस्करी गर्नेहरुमा मुख्य ब्यक्तीहरुमा स्थायी घर रुकुम भई रोल्पा घर भएका नेता मामाको आर्शिबाद प्राप्त नेपालगञ्जको धम्बोजी चौकमा मोबाईलको कारोबार गर्ने ब्यक्ती देखि बिभिन्न मोबाइल कम्पनीका सर्भिस सेन्टर, मोबाईल पसल र ब्रेकरी पसल समेत खोलेका ब्यक्तीहरुको प्रत्यक्ष संलग्नता देखिन्छ ।
यस अघि पनि निजको करोडौं रुपैया बराबरको बांकेको खजुरा क्षेत्रबाट समान र गाढी सहित बांके प्रहरीले पक्राउ गरेकोमा १२ लाखमा सेटिंग मिलाउन खोज्दा केही समान भन्सार पुगेकोमा पछी छुटेको थियो ।
निजहरुले पछील्ला केही बर्षमा गरेको आम्दानी र अईस_आराम लग्जरियस समानहरुको प्रयोग भौतिक सुख सुबिधाहरुको प्रयोगको स्तर र सम्पती जोडेको बिवरणले पनि ति ब्यतीहरुको शंकास्पद कार्यमा संलग्न देखिएको भए पनि सम्वन्धीत निकायहरु आन्तरिक राजश्व कार्याल, कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयहरु चुपचाप लाग्ने गरेको देखिन्छ ।
त्यसैगरि नेपालगञ्ज एयरपोर्ट परिसरमा नै बेलाबखत सुराकीको आधारमा २/४ किलो सुन समातिनु त पछील्ला बर्षहरुमा निरन्तर जारी छ । कतिपय घटना बाहिरिने गरेका छन भने कति पय घटना गुप-चुपमा सल्टीने गरेका छन । गत बर्ष काठमाण्डौंबाट नामै तोकेर सुन दिन आएका २ जना ब्यक्तीहरु ४ किलो सुन सहित नेपालगञ्ज एयरपोर्टमा समातिएकोमा सुन आयातकर्ताहरुबाट असुली गरेर घटना शान्त पारिएको धेरै पुरानो भएको छैन ।
हाम्रो संरचना । २२ जेष्ठ २०८१, मंगलवार १३:०९