एसईईको नतिजा सार्वजनिक


नेपालगञ्ज १३ असार/  गत १५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा एसईईको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार बिहान नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

जस्मध्य १८६ जनाले ४ जीपीए ल्याएका छन् भने परिक्षा दिएका मध्य २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड ल्याएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परिक्षा बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जनाएको छ ।

परिक्षाको नतिजा यसरी हेर्न सकिने पनिकाले जनाएको छ :-