आज र भोली एग्रोभेट ब्यवसायीहरुको बिरोध

नेपालगञ्ज १४ असार/ नेपाल सरकारले आर्थिक बर्ष २०८१ देखि २०९१ सम्म कृर्षि दशक मनाउने घोषणा गरेकै बर्ष एग्रोभेट ब्यवसायीहरु आन्दोलनमा उत्रिनु परेको जनाएका छन ।

कृर्षकहरुले लगाउने बाली उत्पादन देखि संरक्षण गर्ने कार्यमा प्रयोग हुने बिभिन्न कृर्षिजन्य रसायनहरु एवम सामाग्रीहरुमा भ्याट यस आर्थिक बर्ष देखि भ्याट महशुल थप गरेकोले त्यसको प्रत्यक्ष मार नेपाली कृर्षकहरुलाई पर्ने जनाउदै एग्रोभेट ब्यवसायीहरु बिरोधमा उत्रिएका छन ।

कृर्षिजन्य सामाग्रीमा सरकारले भ्याट लगाएपछी कृर्षी उत्पादनमा लागत बढने र त्यसको मार नेपाली सर्वसाधरणलाई पर्ने भएकाले एग्रोभेट ब्यवसायीनेहरुले आज आसार १४ गते र भोली १५ गते पसल बन्द गरेर बिरोध जनाएका छन ।