नेपालगञ्ज १७ असार/ प्रहरी प्रमुख बसन्त बहादुर कुंवरको प्रत्यक्ष निर्देशनमा रहने गरेको हाल प्रहरी अतिरिक्त महानिरिक्षक टेक बहादुर तामाङको नेतृत्वमा रहेको नेपाल प्रहरीको अपराध अनुसन्धान बिभागको आवश्यक निकायमा अदलीबदली गर्ने परिपत्रले प्रहरी संगठनका तल्ला सम्वन्धी निकायहरुमा हंगामा मच्चिएको छ ।
गत महिना बांके लगायत बिभिन्न जिल्ला स्थित प्रहरी संगठनका केही प्रहरी युनिटमा कार्यरत प्रहरी कर्मचारीहरु सामाजिक अपराधमा संलग्न रहेका ब्यक्तीहरुसंग कनेक्सन रहेको भन्दै आपसमा बिवाद गरेर पोल खोलाखोल गरेर माथील्लो निकायमा उजुरी गरागर गरेपछी प्रहरी प्रधान कार्यालयले छानवीन गरेको थियो ।
छानवीनको रिपोर्टको आधारमा बांके लगायत समग्र नेपाल प्रहरीको अपराध अनुसन्धान र मुद्धा शाखा हेर्ने प्रहरी सदस्यहरु झेल्नुपर्ने भएको छ ।
प्रहरीको प्ररारम्भिक रिपोर्ट अनुसार बांके प्रहरी संगठन भित्रका बिभिन्न युनिटका जिम्मेवार इन्चार्जहरु देखि दलालहरु समेत त्यस्ता अबाञ्छीत क्रियाकलापमा संलग्न रहेको चुकुलीको आधारमा करिब आधा दर्जन प्रहरीहरु काठमाण्डौ स्थित १ नम्बर प्रहरी गणमा तानिएर छानबीनमा परेका थिए ।
छानबीनको क्रममा नेपाल प्रहरीको मुद्धा र अपराध अनुसन्धानमा कार्यरत केही प्रहरी कर्मचारीहरु सामाजिक अपराधमा संलग्न रहेको ब्यक्तीहरुसंग कनेक्सन रहेको केही तथ्य सहित फेला परेपछी नेपाल प्रहरीको उजुरी सुनाई तथा कार्बाही शाखाले सो घटनाको अनुसन्धान रिपोर्ट प्रहरी प्रधान कार्यालयलाई ब्रिफिङ गरेको थियो ।
प्रहरी प्रधान कार्यालयले ति र त्यस्ता घटनाहरुको बिश्लेषण गरि बिभिन्न घटनाक्रममा छानबीनमा तानिएका ब्यक्तीहरुका सम्वन्धमा मौखिक तथा केहीलाई लिखित नसियत दिएर बांकेबाट डिस्कनेक्ट गर्ने गरि केहीलाई हेटौडा, केहीलाई पोखरा, केही सुर्खेत र जुम्लातिर पठाएको थियो ।
प्रहरी प्रधान कार्यालयमा बांकेको ततकालिन रिपोर्ट आइजीपी बसन्त बहादुर कुवंरको कानमा परेपछी आइजीपी कुंवरले बांकेको ततकालिन प्रहरी प्रमुख सुवास बोहरा समेतलाई तानेर हालका बांके प्रहरी प्रमुख तुल बाहदुर कार्कीलाई पठाउनुभएको थियो ।
बांकेमा बिभिन्न प्रहरी सदस्यहरुको कामको दौरानमा बिभिन्न सामाजिक अपराधीहरुसंगको कनेक्सन स्वभाबिक वा अस्वाभाबिक के हो भन्ने बिषयमा उजुरी तथा छानबीन शाखाको रिपोर्ट र स्थानिय स्तरमा सूचना संकलन गरि प्रहरी संगठन भित्र लामो समय अपराध नियन्त्रण र मुद्धा शाखामा एकै ठाउंमा बस्न दिन नहुने निस्कर्ष सहित प्रहरी प्रधान कार्यालयले मातहत सबै प्रहरी कार्यालयहरुमा हालै परिपत्र गरेको छ ।
प्रहरी प्रमुख बसन्त बहादुर कुंवरको प्रत्यक्ष निगरानीमा रहने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान बिभागको पत्रले लामो समय एकै ठाउं अपराध नियन्त्रण र मुद्धा शाखामा बस्नेहरुको अदलीबदली गर्ने गरि निर्देशने जारि गरेको परिपत्रले प्रहरीका ति युनिटमा कार्यरतहरु बीच हल्लीखल्ली मच्चाएको छ ।
आफनो माथिल्लो निकायका ब्यक्तीहरु रिजाउन सफल भएका ब्यक्तीहरु कहिल्य युनिट इन्चार्ज त कहिल्य मुद्धा शाखामा अदलीबदली भएर बसेकाहरुलाई यो पटकको अदलीबदलीले नछुने देखिन्छ भने जस्ले काज मिलाई–मिलाई मलाईको आसले बस्ने गरेका देखि पावरमा बस्नेहरुलाई समेत यस पटकको अदलीबदलीले छुनुपर्नेमा त्यस भित्र पनि फेरी अर्को चलखेल भईरहेको पाइएको छ ।
नेपाल प्रहरीको मुद्धा शाखामा काम गर्ने जुनियर अफिसरहरुले सिनअफ क्राइम अफिसर (एसओसिओ) तालिम लिएको हुनुपर्ने बाध्यात्मक अवस्था रहेको छ । अदलीबदली गर्ने प्रहरी प्रधान कार्यालयको अदलीबदलीको परिपत्रलाई लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआईजी कुबेर कडायतले मातहतमा थप परिमार्जन गरेर लुम्बिनी पदेशका सबै १२ वटै जिल्लामा परिपत्र गरेको पाइएको छ ।
लुम्बिनी प्रदेशको डिआईजी कार्यालयले गरेको परिपत्रमा माथीको परिपत्र उल्लेख गर्दै नेपाल प्रहरीको लुम्बिनी प्रदेश अन्तरगतका सबै प्रहरी युनिटको मुद्धा शाखामा काम गर्ने कर्मचारीहरुको अदलीबदली गर्नुपर्ने निर्देशन जारी गर्दै बांकेका मुद्धा फांटमा कार्यरत सबै २४ जनाकै टोली परिवर्तन गर्न निर्देशन जारी गरेको छ ।
निर्देशनमा बांके जिल्लामा प्हरी निरिक्षकको इन्चार्जमा रहने गरेको २४ जनाको टोली मध्य कहिल्य चौकी त कहिल्य मुद्धा फांटमा मलाईको आस गरेका बरिष्ठ तथा जुनियर अफिसरहरु सबैलाई त्यस्तो लगातार ५ बर्ष बसेकालाई बांके जिल्ला नै कटाएर अन्यत्र जिल्लामा काज सरुवा गर्ने र ५ बर्ष भन्दा कम बसेकालाई ति युनिटबाट हटाएर अन्यत्र चौकी तिर खेदने वा नियमित डिउटीमा खटाउने गरि प्रदेशले केन्द्रको भन्दा थप निर्देशन जारि गरेको छ ।
बांकेमा मुद्धामा अधिकांस काजमा बसेर नियमित एकै ठाउंमा बसेर काम गर्दा कैफियत गन.सक्ने बिषयमा सेतो खरी लगायतका केही मिडिया समाचार प्रकाशित भएपछी प्रहरी संगठनको केद्रिय नेतृत्व हरकतमा आएको थियो ।
बांकेको मुद्धा फांटमा कार्यरत २४ जना प्रहरी कर्मचारीहरुमा २ जना जुनियर अफिसरहरुले मात्रै सिनअफ क्राइम अफिसर (एसओसिओ) तालिम लिएको देखिन्छ भने अरुले जेनतेन चलाईरहेको अवस्था रहेको थियो ।
बांकेको मुद्धामा कार्यरत प्रहरी कर्मचारीहरु सम्वन्धमा गरिएको अध्ययन बिवरणमा मुद्धाको प्रकृति र चापको संख्याको आधारमा २४ जना कार्यरत रहेका थिए ।
बांके जिप्रकामा
१ जना एसपी
१ जना डिएसपी
३ जना दरबन्दीवाला प्रहरी निरिक्षक
२ जना डिआईजी काजवाला प्रहरी निरिक्षक सिनियर अधिकृतहरु कार्यरत रहेका छन ।
बांके जिप्रकाको मुद्धा फांटमा दरबन्दीवाला इन्सपेक्टरहरुलाई नदिएर डिआईजीको पावरमा काजमा खटाइएका प्रनि नविन प्रकाश चापागाईले हालै मुद्धाको जिम्मेवारी प्राप्त गरेका छन ।
त्यसै गरि जागिर खांदा प्यूठान घर भई हाल नेपालगञ्जको कारियनपुरमा घर बनाईसक्नुभएका बरिष्ठ सई मणि लामिछाने बिक्रम सम्वत २०७० देखि बांके प्रहरीको मुद्धा फांटमा दरो जमेर काम गरिरहनुभएको देखिन्छ भने अर्का बरिष्ठ सई श्याम रोकाय बांकेको भोजभगवानपुर इप्रकामा कार्यरह रहि पुनः बिगत २ बर्ष देखि बांकेको मुद्धाफांटमा कार्यरत रहेको देखिन्छ ।
त्यसैगरि २ जना सईहरु डडेल्धुरा घर भई बिगत १६ बर्ष देखि नेपालगञ्जमा बस्दै आउनु भएका असई सई हुदै जिप्रका बांकेको मुद्धामा काम गरेको अनुभव सगाल्नुभएको छ भने सई भाष्कर गिरि पनि २०६३ देखि काजको काज निरन्तर बांकेमै डटिरहनुभएको देखिन्छ ।
अन्य जुनियर अफिसरहरुका अर्थाथ असईहरु दांग घर भई नेपालगञ्जको बसपार्क घर बनाउनुभएका बसन्त केसी सिपाई देखि हवल्दार हुदै नेपालगञ्ज नगरका २ पटक नगर भवन इन्चार्ज र १ पटक बस पार्क इन्चार्ज भएको देखिन्छ ।
कहिल्य मुद्धा त कहिल्य अनुकुल हुदा चौकी इन्चार्ज जिम्मेवारी बसेकाले बिक्रम सम्वत २०६९ देखि मुद्धा फांट हेरिरहेका बसन्त केहीको चलाखीपूर्ण कार्यले हालै प्रदेश प्रहरी कार्यालयलाई पठाइएको रिपोर्टमा असई बसन्त केसी मुद्धामा २ बर्ष देख मात्र कार्यरत रहेको रिपोर्ट पठाईएको छ ।
अन्य असईहरु बांके चिसापानीका खडक मल्ल कोहलपुर नेपालगञ्ज गरेर बिगत २० बर्ष देखि मुद्धामा कार्यरत छन भने दांगका सुनील रजौरेको अन्यत्र दरबन्दी भएर बांकेमै कार्यरत रहनुभएको छ ।
अन्य बरिष्ठ हवल्दार, हवल्दार देखि सिपाईसम्मको अदलीबदलीले हाकिमको तजबिज समेतको प्रयोग भएमा कुन रुप लिन्छ त्यो भने हेर्न कुर्नै पर्ने हुन्छ ।
हाम्रो संरचना । १८ असार २०८१, सोमबार १०:५०