नेपालगञ्जका जुंगे महादेवको करोडौं मुल्यको जग्गा गायब घटनामा पुजारी देखि भ्रष्टाचारी ठहर सिग्नेटका दिपेन्द्र हुदै सुरेन्द्रको डायमण्ड सम्मको नालीबेली..-३

नेपालगञ्ज २७ असार/ नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर परिसरका जुंगे महादेवले परिचित श्रीशंकर भगवानलाई खेमनाथ उपाध्यायले मालपोत बांके मार्फत नामसारी गरि दान दिनुभएको हालको करोडौं रुपैया बराबरको १ बिघा १० कटठा १२ धुर जग्गा मिलेमतोमा गायब पारिएका बिषयमा थप तथ्यहरु फेला परेका छन ।

मालपोत कार्यालयबांकेको आधिकारीक डकुमेन्टको छायांकपी अनुसार बांके जिल्लाको कारकांदौ मौजाकोे ततकालिन पटवारी मीन बहादुर श्रेष्ठको हल्का मौजाको रैतानी लगत ५ को ४२६ नम्बर अन्तरगत रामजीवन कुर्मिको खास बांकी जग्गा मध्यबाट खेमानाथ उपाध्यायले बिक्रम सम्वत २०१४ साल फागुन २९ गते बुधबार बांके मालको रजिष्टरी फांट नम्बर २६२/२३७ अनुसार श्रीशंकर भगवानका नाममा दानपुन्य गरेको देखिन्छ ।

ततकालिन समयमा दानपुन्य कार्यका लागि गुठी नभएकाले भगवानलाई दान दिदा पुजारी वा स्थानिय ब्यक्तीहरुको सामूहिक नाममा त्यस्ता चल/अचल सम्पती दान दिने गरेको पाइन्छ ।

खेमानाथ उपाध्यायले पनि श्री शंकर भगवानका लागि दानमा दिएको  १ बिघा १० कटठा १२ धुर जग्गा बिक्री गर्न नपाउने गरि टिकानाथ जोगीको छोरा श्रीशंकर भगवानको पुजारी भोलानाथ जोगीले आफनो नाममा दर्ता गराई आएको आयेस्ताबाट जग्गाको तिरोभरो गरि श्रीशंकर भगवानको नित्य पुजाआजा गरि बांकी शेष रहेको आफुले र अतिथि साधुसन्त समेतलाई खानु बेहोर्नु भनी खेमानाथ उपाध्यायले मनोमानी राजीखुशीले उक्त जग्गा दान दिएको मालपोत कार्यालय बांकेमा लिखत पारित गरिएको कागजातमा देखिन्छ ।

हेर्नुहोस उक्त लिखत पत्रको फोटो कपी……

नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा अवस्थित जुंगे महादेवले परिचित श्रीशंकर भगवानको नाममा दानमा दिएको उक्त जग्गा कहां–कसरी गायब पारियो भन्ने बिषयमा गरिएको खोजबीन तथा अनुसन्धानको क्रममा उक्त जग्गा ततकालिन समयमा तत ब्यक्तीहरुको समेत संलग्नतामा सेटिंगमा गायब पारिएको देखिन्छ ।

हालको नेपालगञ्ज उपमहानगर वडानम्बर ३ सुर्खेतरोड पूर्व र बागेश्वरी मन्दिर पश्चिममा रहेको हालको डायमण्ड होटेल प्रा.लि. रहेको पहिल्यको सिग्नेट होटेल रहेको जग्गा नै उक्त दानमा दिएको जग्गा रहेको सम्वन्धमा बिभिन्न निकायहरुबाट छानबीन पनि भईरहेको छ ।

सुरेन्द्र बहादुर बहादुर सिंह र होटेल डायमण्ड प्यालेस जग्गा काण्ड !

सुदुरपश्चिम बाजुराका सामान्य नागरिक रोजगारीको सिलसिलामा केही बर्ष पहिल्य काठमाण्डौं स्थित अन्नपूर्ण क्यासिनोमा जागिर गर्नुहुने हाल नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, झापा बारामा समेत क्यासिनोका सञ्चालक रहनुभएका काठमाण्डौंं निलोपुल, धुम्बराई, मण्डीकाटार जस्ता ठाउंमा आफनो र नजिकका नातेदारको बिभिन्न ब्यक्तीको नाममा घर रहेका घरका मालिक सुरेन्द्र बहादुर सिंह सञ्चालक रहेको नेपालगञ्जको सुर्खेत रोड स्थित होटेल डायमण्ड प्यालेस प्रा.लि.को नाममा रहेको जग्गा नै श्रीशंकर भगवानको नाममा दानमा दिएको जग्गा रहेको पुरानो श्रेष्ता तथा लिखतमा रहेको भन्ने बिषयमा स्थानिय तथा राज्यका बिभिन्न निकायहरुबाट अध्ययन तथा छानबीन भईरहेको छ ।

सुरेन्द्र बहादुर सिंह सञ्चालक रहेको होटेल डायमण्ड प्यालेस प्रा.लि.को नाममा रहेको जग्गा केही समय पहिल्य मात्र अख्तियारले छानबीन गरि मुद्धा चलाएर बिशेष अदालतबाट भ्रष्टाचारी ठहर भई कैद ठेकिएका स्वर्गिय उमेश अग्रवालका छोरा दीपेन्द्र अग्रवालबाट सुरेन्द्र बहादुर सिंहले खरिद गर्नुभएको मालपोत बांकेको लिखतबाट देखिन्छ ।

सुरेन्द्र बहादुर बहादुर सिंहले उक्त जग्गा खरिद गर्दा मालपोत बांकेमा ब्यबसायिक भवनलाई एक सामान्य घरबासको रुपमा देखाएर परल मुल्यको अन्य शिर्षकका मुल्यांकण गरि करोडों रुपैया बराबरको राजश्व समेत हिनामिना गर्ने कुसित मनसायका साथ उक्त जग्गा पास गरेको, त्यसमा सरोकारवाला निकायले कुनै वास्ता नगरेको बेलाबखत आलोचना तथा स्थानिय स्तरमा तिब्र जनआक्रोस देखिन्छ ।

सुरेन्द्र बहादुर सिंंह र निजका बिभिन्न प्रतिष्ठानहरुमा गैर–कानुनी सम्पती अर्थात स्रोत बिनाको १ अरब १० करोड सम्पती रहेको उजुरी परेको आधारमा सम्पती सुद्धिकरण बिभागले छानबीन गरि बिशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

बिशेष अदालतले सुरेन्द्र बहादुर सिंहको नाममा रहेको करिब २५ करोड बराबरको सम्पती बैध रहेको भन्दै उक्त मुद्धा जिताईदिएपछी सम्पती सुद्धिकरण मुद्धाका बिषयमा सर्वोच्च अदालतमा पुनरावेदन परेको छ भने उक्त मुद्धाको  फैसला गर्ने माननिय न्यायधिशहरुका बिषयमा समेत न्यायपरिषदमा सूक्ष्म छानबीन तथा अनुसन्धान भईरहेको स्रोतले दाबी गरेको छ ।

नेपालगञ्जको होटेल डायमण्डका नाममा १६ कटठा १८ धुर जग्गा कहां बाट आयो ?

नेपालगञ्जका श्रीशंकर भगवानको नाममा दान गरिएको जग्गा यस अघिका उक्त जग्गा मालिक समेत रहेका सिग्नेट होटेल सञ्चालक बिशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका दीपेन्द्र अग्रवालले बिक्रम सम्वत २०६५ साल साउन ३ गते जग्गाको हालसाबिक गरेपछी उक्त जग्गा खरिद गरेको देखिन्छ ।

जग्गा हाल साबिक गर्दा नै उक्त जग्गामा नापी र मालपोत कार्यालयहरुको समेत मिलेमतोमा केही हेरफेर समेत गरिएको देखिन्छ । ततकालिन सिग्नेट होटेलका मालिक दीपेन्द्र अग्रवालले नापी तथा मालपोत कार्यालयसंग मिलेर हालसाबिक गराएर बिभिन्न ६ वटा कित्तामा उक्त जग्गा दर्ता गराएर आफनो बनाएको देखिन्छ ।

हेर्नुहोस: कित्ता उल्लेख गरिएको नापी कार्यालयको नया नक्सा

नक्सा

नेपालगञ्ज उपमहानगर वाडनम्बर ३ को सिट नम्बर ०३५–१४५०–०१ को कित्ता नम्बर ९, १२, १३, १६, १७ र १८ नम्बरमा उक्त जग्गा हालसाबिक गर्दा नयां दर्ता गरिएको डकुमेन्टमा देखिन्छ ।

ति कित्ताहरुमा कित्ता नम्बर ९ साबिकको कित्ता नम्बर १०४ बाट आएको उक्त कित्ताको जग्गा २ कटठा ७.३ धुर अर्थात ८०१ बर्ग मिटर जग्गा कसैको बांकी कित्ताको रहेको मध्यको दर्ता गरेको देखिन्छ ।

त्यसैगरि कित्ता नम्बर १२ को १२.३ धुर अर्थात २००.८.४ बर्गमिटर कित्ता नम्बर १३ को ५.३ धुर अर्थात ९० बर्गमिटर, कित्ता नम्बर १६ को ७.४१ धुर अर्थात १२५.७ बर्गमिटर जग्गा साबिकको कित्ता नम्बर ६५५ लगायतको बांकी जग्गा दीपेन्द्र अग्रवालले हालसाबिक गर्दा नापी तथा मालपोतसंग मिलेर दर्ता गरेको देखिन्छ ।

त्यसैगरि हालको कित्ता नम्बर १७ मा रहेको २३००.२८० बर्गमिटर अर्थात ६ कटठा १६ धुर जग्गा कहांबाट कसरी दर्ता गरिएको हो ? भन्ने बिषयमा गरिएको छानबीनमा ततकालिन समयमा ऋषिकेश खनालको नाममा रहेको साबिकको कित्ता नम्बर १०३ बाट २ कटठा ११ धुर, महालक्ष्मी श्रेष्ठको नाममा रहेको कित्ता नम्बर १८८ बाट ९.५ धुर गरि ३ कटठा ०.५ धुर आएको देखिन्छ भने कित्ता नम्बर १९१ मा रहेको बांकी भनि नापी कार्यालयको फिल्डबुकमा लेखिएको ३ कटठा १५.५ धुर जग्गा हालसाबिकको क्रममा कित्ता नम्बर १७ मा गाभेर हाल साबिक गरि दिपेन्द्र अग्रवालको नाममा दर्ता गरेको देखिन्छ ।

त्यैगरि सबैभन्दा बढी बिवादित जटिल आशंका बनेको कित्ता नम्बर हालको कित्ता नमबर १८ को २२००.७६० बर्गमिटर अर्थात ६ कटठा १०.३८ धुर जग्गा साबिक शुशिला श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ६५४ को १० धुर जग्गा केशव मान अमात्यको नाममा रहेको कित्ता नम्बर ६५५ को २ कटठा ८ धुर र केशवमान अमात्यकै नाममा रहेको कित्ता नम्बर ६५६ को ४ कटठा ६ धुर जग्गाबाट आएको देखिन्छ । यो पुरानो जग्गा भन्दा हाल साबिकमा घटेको देखिन्छ ।

उपरोक्त पुरानो कित्ताहरुमा उक्त जग्गा पुरानो नापी अनुसारको कित्ता नम्बर ५१ बाट आएको देखिन्छ । उक्त ५१ नम्बर कित्ताको जग्गा श्रीशंकर भगवानका पुजारी टिकानाग जोगीका्  छोरा भोलानाथ जोगीको नाममा दर्ता भएको देखिन्छ ।

भोलानाथ जोगीको नाममा कित्ता नम्बर ५१ अन्तरगतको १८ कटठा ४.३२ धुर जग्गा पछी बिभिन्न ७ वटा कित्ता फोड गरेर नाम सारी तथा बांके छुट भनेर नापीको फिल्डबुकमा देखिन्छ ।

भोलानाथ जोगीले बिक्रम सम्वत २०२५ सालमा मालपोत बांकेमा १ बिघा १० कटठा १२ धुर जग्गाको ७८ रुपैया ३ पैसा मालपोत बांकेमा तिरोभरो गरेको रसिद समेत हामीले तल प्रस्तुत गरेका छौ ।

उक्त जग्गाको बिक्रम सम्वत २०२५ मा तिरो समेत तिरेको जग्गा कता हरायो भन्ने बिषयमा गरिएको छानबीनमा उक्त जग्गामा पछी एक् जना कृतिम मोही कायम गराएको जस्तो देखिने पांचु चिडिमारको नाममा मोही दाबी कायम गराएको देखिन्छ ।

जुन जग्गा जोतभोग भन्दा पनि तलाउ र खाल्डोको रुपमा रहेको उक्त जग्गा होटेल निर्माण गर्दा मात्र जग्गाको खाल्डोहरु पुरिएको थियो । भोगचलन नै नभएको जग्गामा भोग चलन गरेको भनी मोही समेत दाबी गराईएको उक्त जग्गा भोलानाथ जोगीको नाममा रहेको करिब १८ कटठा जग्गा पछी ततकालिन समयका बांकेका मालपोत अधिकृत समेत रहनु भएका स्वर्गिय केशवमान अमात्यले कित्ता नम्बर १८ बाट फोड गरेर कित्ता नम्बर ६५६ नम्बर कायम गरेर ४ कटठा ६ धुर र कित्ता नम्बर ६५५ कायम गरि २ कटठा ८ धुर गरि २ वटा कित्तामा गरि ८ कटठा १४ धुर आफनो नाममा नामसारी गरेको देखिन्छ ।

त्यसैगरि कित्ता नम्बर १७० कायम गरि योगेन्द्र बहादुरले २ कटठा साढे १४ धुर कित्ता नम्बर ६४९ को १ कटठा १४ धुर कृष्ण प्रशाद सिंह कित्ता नम्बर ६५४ को १० धुर शुशिला श्रेष्ठ कित्ता नम्बर ६७० को सोढ ६ धुर इमामुदिन अन्सारी र कित्ता नम्बर ६७१ को १ कटठा जग्गा बांकी रहेको नापी कार्यालयको फिल्डबुकमा देखिन्छ ।

यसरी सरसर्ति हेर्दा श्रीशंकर भगवानका नाममा दान दिएको जग्गा हालको होटेल डायमण्ड प्यालेस रहेको ठाउंको जग्गा रहेको र उक्त जग्गा यस अघिका मालिक बनेकाहरुले बिभिन्न तारताम्य तथा सेटिंग मिलाएर बिक्री बितरण गर्न नपाउने गरि दानमा दिएको जग्गा ब्यक्तीको नाम दर्ता तथा हेरफेर गरि भगवानको नाममा दान दिएर सार्वजनिक सम्पतीको रेखदेख तथा संरक्षण नहुदा ब्यक्तीका नाममा गएर बिक्री बितरण हुदै गएर हिनामिना भएको देखिन्छ ।

नेपालका गुठि संस्था ऐन आउनु अघि बिभिन्न ब्यक्तीहरुले धार्मिक वा अन्य सार्वजनिक कामको लागी दान दिएको सम्पतीको रेखदेख र कानुनी रुपमा समेत संरक्षण नभएको कारण यसरी सार्वजनिक सम्पती ब्यक्तीको नामा दर्ता गरेर ब्यक्ती मोटाउने र सावजनिक निकायहरु दुब्लाउने माफिया जालो आम नागरिक र सरकार मिलेर नच्याते सम्म यस्तो कार्य निरन्तर जारी नै रहने यस्ता घटनाहरुले पुष्टी गर्ने गरेको छ ।

नेपालगञ्जको सिग्नेट उर्फ होटेल डायमण्ड प्यालेस जग्गा काण्ड: बागेश्वरीका भगवान शंकरको जग्गामा रजाई गर्नेहरुको क्रमश बिनाश लिला… (पहिलो अपडेट) – HamroSamrachana