चितवनमा पहिरोले २ वटा रात्री यात्रु बस बगे, चालकको मृत्यु

 

सडकमा गुडिरहेको बस पहिरोले बगाएर तलको त्रिशुली नदि पुगेको छ । ठुलो मानविय क्षतिको आशंका गरिएको छ ।

चितवन २८ असार/ बुटवलवाट काठमाडौं गईरहेको लु२ ख ६५६६ नम्बरको यात्रु बहाक बसका चालक नवलपरासीका मेघनाथ विकलाई चितवनको १७ किलो भन्ने ठाउँ नजिक शुक्रवार बिहान पहिरोको ढुङ्गाले लागेर घाईते भएकोमा चितवन शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

त्यसैगरी शुक्रबार बिहान करिब साढे ३ बजेतिर चितवनको नारायणगढ-मुग्लिन सडकको सिमलताल नजिक २ वटा यात्रु बहाक बस पहिरोले बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार सिमलताल नजिक २ वटा यात्रु बस पहिरोमा बगेको भन्ने जानकारी आएको त्यस मध्य एउटा वस काठ्माडौवाट गौर तर्फ गईरहेको गणपति डिलक्स लेखेको रहेको र  अर्को बस बिरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस रहेको प्रहरीलाई जानकारी हुनआएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिनुभएको छ ।