नेपालगञ्ज १० साउन / राष्ट्रिय अनुसन्धान बिभागका कर्मचारी माथी गम्भीर कुटपिट गरि तस्करीको करिब १८ लाख रुपैया लुटिएको छ ।
बुधबार सांझ नेपाल–भारत सिमा नाका जमुनहामा परिचालित राष्ट्रिय अनुसन्धानका कर्मचारीले गोप्य स्रोतको आधारमा शंका लागी चेकजांच तथा सोधपुछ गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैसा तस्करी गरि ल्याइरहेको स्रोत बिनाको लाखौ रुपैयाका बण्डल राखेको झोला बोकेको ब्यक्ती फेला पारी नियन्त्रणमा लिएर आफनो सम्वन्धीत माथील्लो निकायमा खबर गरे लगत्तै ति पैसा तस्करहरुको समूहले अनुसन्धानका कर्मचारीलाई अन्धाधुन्ध कुटपिट गरि नियन्त्रणमा परेको करिब १८ लाख रुपैया लुटेर उक्त समूह फरार भएको छ ।
अनुसन्धानका कर्मचारीमाथी ज्यानै मार्ने उदेश्यले अन्धाधुन्ध रुपमा भौतिक आक्रमण गरि भारतबाट तस्करी गरि ल्याईएको स्रोत बिनाको करिब १८ लाख रुपैया लिएर फरार भएको घटनाका सम्वन्धमा गरिएको संक्षिप्त अध्ययनको क्रममा संयोग वा नियती मान्नुपर्छ शान्ती सुरक्षाको जिम्मेवार निकायका प्रदेश प्रमुखहरु नै नेपालगञ्ज आएकै समयमा समाजमा अशान्ती फैलाउने दादागिरि टोले डनहरुले सुरक्षा निकायकै कर्मचारीलाई गम्भिर रुपमा कुटपिट गरि १८ लाख रुपैया लुटेर भाग्ने कार्यले समाजमा अबाञ्छीत क्रियाकलाप गर्ने समूहहरुको मनोबल बढेर गएको र प्रहरी प्रशासन कमजोर हुदै गएको पुष्टी गरेको छ ।
बिगत केही बर्ष यता नेपालगञ्ज र यस वरपरका नाकाबाट नेपाल–भारत सुन, पैसा लगायत अन्य बिभिन्न बहुमुल्य बस्तु तथा समानहरु समेत तस्करी हुने गरेको बिभिन्न घटनाक्रमले उजागर गरिसकेको छ ।
बिगत केही समय यता बांकेमा बिभिन्न ब्यापार ब्यवसायको नाममा तस्करी गरिएको करोडौं रुपैया बराबरको सुन तथा पैसा पक्राउ परिसकेको अवस्थामा रहेको छ ।
बुधबार पनि भारतबाट पैसा तस्करी गरेर नेपाल–भारत सिमा क्षेत्र जमूनहामा नेपालगञ्जमा रहेका बिभिन्न अबैध तथा बैध क्यासिनोका बोर्डहरु टांसेर सटरहरु खोलेर अबैध दोकानहरु थाप्ने गरिएको छ ।
क्यासिनोका नाममा सिमा नाका जमुनहामा सटरमा दोकान खोल्ने र त्यहांबाट क्यासिनोका खेलाडी बोक्ने नाममा के-के हो के-के समानहरु निर्बाध रुपमा बोक्ने कार्य सेटिंगमा निरन्तर चलिरहेको समयमा पछील्लो पटकको सेटिंगमा खचपच भएपछी बुधबार सांझको घटना घटेको स्रोतले दाबी गरेको छ ।
उक्त अपराधिक घटनापछी बांकेमा प्रहरी तथा प्रशासनले केही सक्रियता देखाएर घटना स्थलमा रहेर मुख्य अभियुक्त ब्यक्ती मध्यका नेपालगञ्जको न्यूरोड स्थित क्यासिनो सञ्चालन गर्न नमिल्ने तर सम्वन्धी माथिल्लो निकायहरुसंगको सेटिंगमा कल्पत्रु होटेलमा एसएन ब्ल्यू ग्यामिंग क्लब क्यासिनोका जर्नल म्यानेजर अर्जुन खनाललाई बुधबार राती नै नियन्त्रणमा लिएको छ ।
तस्करीको नियन्त्रणमा लिईएकों रुपैया लुटने र डिउटीमा खटाईएका कर्मचारी माथी कर्तब्य ज्यान गर्ने ब्यक्तीहरुको पहिचान तथा खोजतलास र नियन्त्रण गरि समाजमा शान्ती कायम गर्ने क्रममा प्रहरी प्रशासनले सक्रियता लिन थालेपछी ति आक्रमणकारीहरुको तर्फबाट माथील्लो निकायमा गएर बिभिन्न राजनिति तथा प्रशासनिक निकायका ब्यक्तीहरु समक्ष सोर्सफोर्स लगाएर घटना सामसुम पार्ने गरि पैसाको समेत चर्को चलखेल भईरहेको समेत पाइएको छ ।
अपराधिक घटनाका सम्वन्धमा राजनितिक पार्टीका नाममा बिभिन्न नेताहरुकोमा डेलीगेसन जाने देखि नेताहरुलाई भ्रममा पारेर दवाब दिन फोन गराउने कार्यको पनि बांके प्रहरी र प्रशासनले त्यस्ता ब्यक्तीहरुको पहिचान गरि दिईएका अनावश्य दवाबलाई सूचिकृत र अभिलेखकिरण गरिरहेको स्रोतले जनाएको छ ।
नेपालगञ्जमा क्यासिनोको नाममा अनेकौ बेथितीहरु मौलाएर गएको अवस्थामा पछील्लो पटक सरकारी कर्मचारीहरु समेत कुटिन थालेपछी टोले गुण्डा मनोबल बृद्धि भएर थप अन्य अपराधमा समेत संलग्न हुने अवस्था सृर्जना भएको छ ।
सम्वन्धीत समाचारहरु पढन तल क्लिंक गर्नुहोस…..
नेपालगञ्ज एयरपोर्टमा ४.२१.४९ केजी तस्करीको सुन सहित २ जना पक्राउ – HamroSamrachana
हाम्रो संरचना । १० श्रावण २०८१, बिहीबार ११:५४