नेपालगञ्ज २५ साउन / स्वास्थ्य मन्त्री प्रदिप पौडेल बांके कोहलपुर र नेपालगञ्जमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुन आएकै दिन स्वास्थ्यका कारण कोहलपुरमा १ जना युवकको ज्यान गएको छ । नेपाल–भारत जमुनहा सिमा नाकाबाट युवाहरु रुपैडिहा जाने र लागुऔषध सेवन गर्ने कार्य दिनप्रतिदिन बढीरहेको अवस्थामा बिगत १ हप्तामा मात्र ३ जना युवकको ज्यान गएको छ ।
यसरी मृत्यू हुने घटनामा गत हप्ता मात्र २ जना नेपाली युवकको रुपैडिहामा वेवारिस शव फेला परेको थियो भने शुक्बार बिहान कोहलपुरको एक होटेल सुर्खेतका युवकको मृत्यू शव फेला परेको छ ।
पछील्लो घटना बिवरण अनुसार बांकेको कोहलपुर नगरपालिका वडानम्बर ११ स्थित पुरानो बसपार्कमा रहेको प्रेम बहादुर खत्रीले सञ्चालन गर्दै आउनुभएको शिशिर नामक होटलको कोठा न १०३ मा बिहिबार सांझ बास बस्न पुगेका सुर्खेत बिरेन्द्रनगर नगर नगरपालिका वडानम्बर २ बस्ने बर्ष ३७ को निशा वलि र वार्ड न ४ बस्ने बर्ष २५ को राजेन्द्र बस्नेत र वार्ड न ४ मै बस्ने बर्ष १७ को भुवन थापा गरि ३ जना एउटै कोठामा बांस बसेकोमा शुक्रबार बिहान साढे ८ बजे तिर राजेन्द्र बस्नेत सोही कोठामा मृत अबस्थामा रहेका थिए ।
प्रहरी स्रोतका अनुसार घटनाको प्ररारम्भिक अनुसन्धानका होटेलमा बास बसेका तिनै जना लागुऔसध सेबन कर्ता रहेको र बिहिबार मात्रै पनि जमुनहा नाकाबाट रुपैडिहा बजार गएर कोरेक्स, ब्राउन सुगर लगायत लागुऔसध सेबन गरेको संगै रहेका ब्यक्तीले प्ररारम्भिक बयान दिएकोले उक्त युवकको अत्यधिक लागुऔसध सेवनका कारण मृत्यु भयको प्रारम्भिक अनुमान प्रहरील् गरेको छ । मृतक युवकको शव कोहलपुर मेडिकल कलेजमा रहेको र बाकी २ जनालाई इप्रका कोहलपुरले नियन्त्रणमा लिएर आवश्यह अनुसन्धान तथा छानबीन गरिरहेको छ।
हाम्रो संरचना । २५ श्रावण २०८१, शुक्रबार ११:५९