१० हजारको कमाल !
नेपालगञ्ज ९ भदौं / नेपालगञ्जमा मनोरञ्जनका नाममका सञ्चालन भएका केही दोहरी सांझ केन्द्रहरुमा अनैतिक र अराजकता फैलाउने माध्यम बनिरहेको बिभिन्न समयमा घटिरहेका घटनाक्रमहरुले पुष्टी गदै गईरहेको छ ।
शनिबार राती १ः३० बजे नेपालगञ्ज वाडनम्बर १८ कारकादोको ठिक सामुन्य पूर्वपटटी एक ब्यापारीको घर भाडामा लिएर मनपरी समयमा सञ्चालन हुदै आएको चौतारी दोहरी सांझमा खानपिन तथा मनोरञ्जन गर्न पुगेका एक युवकलाई मरासन्ह हुने गरि कुटपिट गरिएको छ ।
त्यस चौतारी सांझमा हाल सम्म दर्जनौ पटक ठुला तथा साना झगडाहरु भईसकेका छन ।
ति घटना मध्य केही घटनाहरु वडा प्रहरी हुदै जिल्ला प्रहरी कार्यालय बांके सम्म पुगेर सञ्चालकहरुले माफि मागेर अब नदो-याउने भन्दै फिर्ता हुने गरेका छन् ।
पछील्लो पटक शनिबार राती १ः३० बजे अर्थात स्थानिय प्रशासनले शान्ती सुरक्षाको कारण जनाउदै स्थानिय प्रशासन ऐन अन्तरगत राती १२ बजे पछी सबै मनोरञ्जनका केन्द्रहरु बन्द गर्नुपर्ने र खुल्नुपर्ने भए मनाशिव कारण सहित पूर्व स्वीकृत लिनुपर्ने ब्यवस्थाको उक्त चौतारी दोहरी सांझले बारम्बार उलंघन र अटेरी गदै आईरहेको छ ।
स्थानिय प्रशासन ऐनको उलंघन र अटेरी गर्दै मनपरी रातभरी उश्रृखल तरिकाले वरपर देखि समग्र नगरमा नै शान्ती भंग गर्ने गरि दोहरी सांझको नाममा बिवाद र झगडा उत्पन्न गर्ने र त्यहां पुगेका प्रहरी जवान देखि अधिकृत र सर्वसाधरणहरुलाई समेत ज्यानै जाने गरी कुटपिटका घटना हुने गरेको त्यहा अब सामान्य बन्न थालेको घटनाक्रमहरुले पुष्टी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको मुद्धा फांटको रिपोर्ट अनुसार चौतारी दोहरी सांझका सञ्चालकले १ जना प्रहरी तालिम केन्द्रका प्रहरी निरिक्षक र ततकालिन बांके जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षकलाई समेत त्यहां खाएको सामानको मुल्यको अस्वाभाविक बिल बनाएपछी बिरोध गर्दा त्यहांका सञ्चालक देखि कर्मचारीहरुले आक्रमणको प्रयास गरेपछी स्वर्गिय सञ्चालक केही दिन प्रहरी हिरासतमा बसेपछी अन्तीममा प्रहरी निरिक्षक समक्ष रोई-कराई गरि बिभिन्न ब्यक्ती तथा संस्थाका ब्यक्तीहरुलाई भनसुन गराएर अव आइन्दा ऐन नियम बिपरित कुनै पनि अनैतिक र असाजिक काम नगर्ने र तोकिएको समयमा मात्र दोहरी सांझ सञ्चालन गर्ने गरि जिल्ला प्रहरी कार्यालय बांकेमा कागज गरेर फर्किएका थिए ।
पछील्लो समयमा नेपालगञ्जमा खुलेका दोहरी सांझहरुले प्रहरीलाई थाह नदिएर आफनो सम्पर्क र चिनाजानेको प्रशासनका एक ब्यक्तीलाई हातमा लिएर प्रति दोहरी सांझवालाले मासिक रु १० हजार दिएर मनपरी गर्ने सोचमा रहेका ति दोहरी सांझ वालाहरुको पर्दा त्यतीखेर च्यातिएको छ जतिबेला एक ग्राहकलाई राती १ः३० बजे सम्म बसाउने अनि मरासन्ह हुने गरि कुटपिट गर्ने घटना घटछ ।
शनिबार रातीको घटनामा चौतारी दोहरी सांझको रेष्टुरेन्टमा काम गर्ने बांके नेपालगञ्ज–१८ कारकांदो लग्दहवा बस्ने बर्ष २७ को सुमन परियारले सोही रेष्टुरेन्टमा गएका पश्चिम रुकुम चौरजहारी नगरपालिका वाडनम्बर ८ गेस्म गाउं बस्ने बर्ष २९ को रुपेश पुन मगरलाई टाउंकोमा धारिलो हतियारको रुपमा प्रयोग गरिएका शिशाको बियरको बोतल वा गिलासले टाउंको बांया साइड तर्फ काटिने गरि प्रहार गरेर २ ठाउंमा गहिरो गरि काटिएर चोट लागेको छ।
उक्त घटना पश्यात घाईतेलाई उपचारको लागि कारकाँदो स्थित केयर सिटि नामक स्वास्थ्य केन्द्रमा लगिएको र घाईतेको स्थिती गम्भिर भएको पाएपछी त्यहांं प्रथामिक उपचार पछी नेपालगञ्जको नर्सिग होममा पु–याइएको थियो ।
घटनामा घाईतेको अवस्था गम्भिर स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएको बांके प्रहरीले जनाएको छ ।
पटक–पटक अशान्ती, हिंसक अमानबिय घटनाहरु भईरहनुका साथै स्थानिय प्रशासन ऐनको पनि पटक–पटक उलंघन गर्ने उक्त चौतारी दोहरी सांझ सञ्चालक र पिडक कर्मचारीलाई पछील्लो घटनामा बांके प्रहरी र प्रशासनले के–कसरी अनुसन्धान, नियमन र कार्बाही गर्छ त्यो हेर्न भने कुनै पर्ने हुन्छ ।
हाम्रो संरचना । ९ भाद्र २०८१, आईतवार ०५:५९