नेपालगञ्ज २० भदौं / बांके जिल्लामा रहेका करिब साढे ३ सय सुन तथा चांदी पसलेहरुले बिगत ३ महिना यता बैंक मार्फत एउटा पनि सुन किनेका छैनन ।
बांकेमा रहेका ठुला शहर नेपालगञ्ज र कोहलपुरमा काठमाडौं भन्दा सस्तो दररेटमा अबैध सुन पाउन थालेपछी अन्य ब्यापारीहरु पनि पुरानो ब्यवसाय बन्द गरेर धमा-धम सुनको पसल खोल्न थालेको देखिन्छ ।
बांके जिल्लामा रहेका २ वटा सुन तथा चांदी ब्यवसाय संघ सक्रिय रहेका छन । ५ बर्ष अघि नेपालगञ्ज सुन तथा चांदी ब्यवसाय संघमा १ सय ७३ जना सदस्यहरु रहेकोमा हाल आएर उक्त सुन तथा चांदीको कारोबार गर्नेहरुको ब्यापारीक सख्या २४३ पुगेको छ । त्यसैगरि बांकेकै अर्को शहर कोहलपुरमा बांके सुन–चांदी तथा रत्न ब्यवसायी संघमा १०३ जना ब्यापारी सदस्य रहेका छन ।
कोहलपुर र नेपालगञ्जमा गरेर हाल बांके जिल्लामा ३४६ फर्मको नाममा ब्यापारीले सुन तथा चांदीको ब्यापार गरिरहेका छन । बांकेका ३४६ जना सुन तथा चांदीको कारोबार गर्ने सदस्यले नै बिगत लामो समय देखि आधिकारीक बिल बिजक र राजश्व तिरेको बैक मार्फत खरिद गर्नुपर्ने सुन तथा चांदी खरिद गरेका छैनन ।
नेपालगञ्ज बजाको बिशेष गरि सदरलाईन बजारमा त लगभग आधा आंधी अन्य पसल बन्द गरेर सुन पसल खुलीसकेका छन । ति पसलेहरुले सुन तथा चांदी ब्यवसायी संघको सिफारिसमा राष्ट्र बैक मार्फत अन्य बैकको धितो जमानी वा नगदमा पालो परेको कुनै १ जना होलसेल ब्यापारीले सुन किनेर अन्य ब्यापारीहरुलाई बढीमा ५० ग्रामको दरले बिक्री बितरण गर्नुपर्ने र त्यसको सम्पूर्ण लेखा राखी सुन उपलब्ध गराउने बैकमा फर-फारक गर्नुपर्ने ब्यवस्था रहेको छ ।
सुन ब्यापारीले पनि आफनो पसलमा रहेको गहनाहरुको सुन को बाट कहिल्य कति किनेको र त्यसबाट बनेका कुन गहनाको तौल कति छ ? भनेर पसलमा उक्त सुन खदिर गरेको सक्कली भ्याट बिल राख्नुपर्दछ भने उक्त बिलबाट खरिद गरेको सुनको गहना के-कती बनेको र त्यो खदिर बिक्रीबाट के-कती नाफा वा नोक्सान के भएको ? भन्ने आफनो बार्षिक अडिट रिपोर्टमा उल्लेख गरि आन्तरिक राजश्व कार्यालयमा कर बुझाएको हुनुपर्दछ ।
तर नेपालगञ्ज र कोहलपुर बजारमा त सुनका पसल धमा-धम खुलेका छन । पसलमा सुनका गहनाले भरिभराउ छ । सुन पसलेहरुले बैक मार्फत किन्नुपर्ने सुन खदिर गरेका छैनन । पसलमा भरिभराउ राखिएको सुन कहांबाट आयो ? कस्ले खोज्ने कस्ले हेर्ने ?
नेपालगञ्ज सुन तथा चांदी ब्यवसायी संघका उपाध्यक्ष मुन्ना पोरवालका अनुसार संघमा २४३ जना सदस्य छन तर केही महिना यता संघको सिफारिसमा ब्यापारीले सुन खरिद गरेको आफुले थाह नपाएको बताउनु भयो ।
त्यसै गरि कोहलपर स्थित सुन–चांदी तथा रत्न ब्यवसायी संघ–बांकेका एक सदस्यका अनुसार संघको सिफारिसमा मात्र बैक मार्फत सुनको खरिद आधिकारिक हुनेभएकोमा पछील्लो केही समय यता संघको सिफारिसमा सुन खरिद गर्ने भनि कोही सदस्य नआउको सूचना सहि भएको जानकारी दिनुभएको छ ।
बिगतका बर्षहरुमा पनि सुन महिनामा १/२ किलो संघ कै सिफारिसमा ब्यापारीले होलसेलमा किन्ने र अन्य ब्यापारीलाई बिक्री गरेकोमा पछील्लो केही बर्ष हुदै यो बर्ष त बांकेमा बैक मार्फत सुन खरिद गर्नेको संख्या शुन्यमा झरेको छ । यसले घटनाले के पुष्टी गरेको छ भने बांकेको नेपालगञ्ज र कोहलपुरमा भन्सार र राजश्व छलीको गैर कानुनी सुनको कारोबारो प्रचुर मात्रामा भईरहेको छ ।
नेपालगञ्ज र कोहलपुरमा काठमाण्डौंमा भन्दा सस्तोमा ब्यापारीहरुले २ नम्बर सुन खरिद गरेर बिभिन्न गलाई-पकाई तथा कालीगढहरुकोमा गहना बनाउने र पसलमा ल्याएर ग्राहकलाई भने काठमाण्डौं कै रेटमा सुनका गहना बिक्री बितरण गर्ने गैर कानुनी काम हुदा समेत स्थानिय प्रशासन तै चुप मै चुप गरेर बसेको अवस्था रहेको छ ।
बांकेमा सुनका पसल सञ्चालन गरेर २ नम्बर कारोबार गर्नेहरुबाट एकातिर राज्य ठगीरहेको छ भने अर्कोतिर बिभिन्न रसायनको प्रयोग गरेर सुनका गहना बिक्री बितरण गरेर उपभोक्ताहरु ठगीने काम भईरहेको छ ।
नेपालगञ्ज र कोहलपुरमा सुनको २ नम्बरी कारोबार गर्ने गिरोहहरुका अन्यक रुप–रंगहरु रहेका छ !
त्यसमा बिशेष गरि दुबै देखि काठमाण्डौं हुदै नेपालगञ्ज ल्याएर स्थानिय बजारहरुमा खपत गर्ने देखि नेपालगञ्ज मै बिभिन्न गलाई-पकाई गरेर भारत तर्फ निकासी गर्नेहरु बिभिन्न समूह तथा उप-समुह देखि कसै–कसैले त एक्ला एक्लै सुन तस्करीको काम गरिरहेको बेला बखत नेपालगञ्ज र नेपालको सिमावर्ती भारतिय बजारमा सुन र करोडौं रुपैया पक्राउ घटनाले पुष्टी गर्दछ । त्यसैगरि केही सुनका २ नम्बर ब्यापारीले चाइनाबाट बिभिन्न नाका र गन्तब्य हुदै नेपालगञ्जबाट भारत तर्फ सुन तस्रकी गर्ने ब्यक्तीहरु रहेका छन ।
यस्तै सुन तस्करीको कारोबार गर्ने क्रममा केही समय अघि नेपालगञ्जको सिमावर्ती भारतिय बजार रुपैडिहा र बहराईच क्षेत्रमा नेपाली सुन तथा चांदी तस्करहरुको करोडौं भारतिय रुपैया र करिब १ हप्ता अघि ३ जना ब्यापारीको ६ केजी सुन भारतिय बजार बहराइच क्षेत्रमा समातियपछी नेपालगञ्जमा २ नम्बरी सुन थुप्रिएर काठमाण्डौं भन्दा नेपालगञ्जमा सुन सस्तो भएको अवस्था रहेको छ ।
नेपालगञ्जमा २ नम्बरी सुनको कारोबार गर्ने बिभिन्न ब्यापारीहरु रहेकोमा कोही त्यसै कारोबारमा जमिरहेको देखिन्छ भने बेलाबखतको मुकवरीको घटनाले सुन लुटिने र पक्राउ पर्ने घटनाले त्यस्ता २ नम्बरीया ब्यापारी धोती न टोपी भएर सडका आएर फेरी जिरोबाट सघ्रर्ष गरिरहेका पनि छन ।
नेपालगञ्जका पुराना छोटेमोटे केही सुन तस्कर भने सुन तस्करी गर्ने कामदारकै योजना र सहभागीतामा रुपैडिहा नजिक नानपारा क्षेत्रमा भारतिय सुन ब्यापारीबाट उठाएको करिब ७० लाख लुटने-लुटाउनेदेखि नेपाल र भारतका बिभिन्न ठाउंमा सुन लुटाएर सडकमा पुगेर न घरको न घाटको अवस्थामा पनि रहेका घटना अध्ययनको क्रममा पाइएको छ ।
बिगतमा सुन तस्करीमा मजदुरको रुपमा काम गर्ने जसगढ ग्रुप भने पछील्ला दिनहरुमा निकै फस्टाएको देखिन्छ ।
उक्त समूहले दुबै देखि काठमाण्डौं हुदै नेपालगञ्ज र भारत तर्फ सुनको तस्करी देखि पछील्लो समय ठुलो मात्रामा हुण्डीको कारोबार गरिरहेको नेपालगञ्जमा बेला बखत स्रोत नखुलेको लाखौं रुपैया पक्राउ घटना पछी गरिने अनुसन्धानले पुष्टी गर्ने गरेको छ ।
यहि शिलशिलामा गत हप्ता अर्थात गएको भदौं १० गते बांके प्रहरीले तस्करीको सुन–चांदी कारोबार नियन्त्रण गर्नेक्रममा बिशेष सुराकीको आधारमा ४०७ ग्राम सुन र १०.४४१ ग्राम सुन सहित ४ जना ब्यक्ती पक्राउ गरेर कार्वाहीका लागी कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयलार्ड बुझाएको थियो ।
पक्राउ परेका ब्यक्तीहरुमा सुनको कारोबार गर्ने देखि सुन गलाई–पकाई र गहना बनाउने कालीगढ सम्म रहेका छन ।
पक्राउ परेका ब्यक्तीहरु मध्य केहीले आफु र आफनो कारखानामा बिल बिनाको ब्यापारीले सुन तथा चांदी दिने गरेको र त्यही चांदी र सुन गलाउने मिक्सिंग गर्ने देखि बिभिन्न रसाइनहरु मिक्स गरेर गहनाहरु बनाउने गरेकोमा केही ठुला ब्यापारीले बिल बिनाको सुन दिएर गहना बनाउन लगाएको समेत बयानमा खुलाएको स्रोतले जनाएको छ ।
बांके प्रहरीले सुन तथा चांदी पक्राउ घटनाको थप अनुसन्धान र कार्बाहीका लागी नेपालगञ्ज सुन–चांदी ब्यवसायी संघमा लगातार अध्यक्ष बनिरहने र यस्तै–यस्तै सुन ब्यापारी पक्राउ घटनाको डिल गर्न माहिर सलाउद्धिन जसगढलाई सहयोग माग गरेर सुन तथा चांदी के-कती र कस्तो छ ? आधिकारीकरुपमा खुलाईदिन आग्रह गरेकोमा जसगढले सहयोग नगरेपछी बांके प्रहरी थप अनुसन्धान र कार्वाहीका लागी कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको थियो ।
कोहलपुर राजश्व अनुसन्धानमा पनि केही समय अघि मात्र बांके प्रशासनमा लामो समय शाखा अधिकृतको रुपमा काम गर्नुभएका पहिल्य कालीकोट घरभई हाल कोहलपुर कै स्थानिय बासिन्दा रहनुभएका अधिकृत खडक प्रशाद उपाध्यायले पहिल्यका कार्यालय प्रमुख अनिबार्य अवकासमा गएपछी आफुले निमित्तको रुपमा काम गरिरहेको अवस्थामा उक्त सुन तथा चांदी पक्राउ घटनापछी यस्ता घटनाको सुक्ष्म अनुसन्धान जारी रहेको बताउनु भएको छ ।
घटनामा पक्राउ परेकमा ब्यक्तीहरुको बयान र सोही बमोजिम कार्य योजना बनाएर काम भईरहेको जानकारी दिदै घटनामा सुनको कारोबार गर्ने ब्यक्ती र कालीगढहरुका बिषयमा छानबीन पछी बिगो बराबरको धरौटीमा छोडेर थप अनुसन्धान तथा कार्वाही खगाढी बढाउने बिषयमा सम्वन्धीत माथील्लो निकायमा छलफल भईरहेको र त्यसको १/२ दिनमा निकास निस्कले बताउनु भएको छ ।
हाम्रो संरचना । २० भाद्र २०८१, बिहीबार ०९:२४