फेरी बागेश्वरीका श्रीशंकर पुजा गुठीको अर्को जग्गा काण्ड बाहिरियो: वाटरपार्कको करिब ३० करोडको १६ कटठा १४ धुर जग्गा हिनामिना गर्ने गिरोह सक्रिय

नेपालगञ्ज ५ असोजं / नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर परिसरमा रहेका बिभिन्न देबी देवताका नाममा बिगतमा दानपुन्य गरेको जग्गा हाल करोडौं रुपैया मुल्य पर्नथालेपछी त्यस्ता दानपुन्य गरिएको जग्गा जमिनहरु दलाल तथा भ्रष्टहरुले सेटिंगमा आफनो नाममा गरेर किनबेचमा कम्मर कसेर लाग्ने गरेको घटनाहरु यत्रतत्र बाहिरिन थालेका छन ।

नेपालगञ्जको सुर्खेत रोड स्थित होटेल डायमण्ड प्रालिको बिल्डिंग बनेको करिब १६ कटठा जग्गा बागेश्वरी मन्दिरका श्रीशंकर भगवानलाई दानमा दिएको मध्यको जग्गामा रहेको नापी कार्यालय बांके तथा मालपोत कार्यालय बांकेमा लिखत पास गरेको डकुमेन्टमा देखिएपछी हाल सरकारका बिभिन्न निकायहरुबाट छानबीन गर्ने र सरकारी पक्षबाट जग्गा रोक्का राख्ने काम भईरहेको समयमा त्यस्तै किसिमको श्रीशंकर भगवानको नाममा दानपुन्यमा प्राप्त धम्बोजी वाटर पार्क प्लानिंगको करोडौं रुपैया पर्ने जग्गा माफिया काण्ड हामीले फेला पारेर पाठक समक्ष पस्किने जमर्को गरेका छौ ।

आस्था र बिश्वासको दृष्टिले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर पश्चिम नेपालको हिमालय देखि भारतको उत्तरपूर्व राज्य सम्म प्रख्यात रहेको मन्दिर हो । त्यही आस्था र बिश्वासको आधारमा नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरमा बेला बखत बिभिन्न भक्तजनहरुले आफनो चल तथा अचल सम्पती दानपुन्य गर्ने गरेको देखिन्छ ।

त्यसरी नै आफु स्वर्गबास हुनु अघि आफुले पुजाआजा गर्ने र धार्मिक आस्थाको धरोहर बागेश्वरी मन्दिर स्थित श्रीशंकर भगवानको लागी पुजाआजा चलाउनको लागी नेपालगञ्ज बजार बस्ने गोकरण महाराज ब्रमान्हले दानपुन्य गरेको देखिन्छ ।

बिक्रम सम्वत २०२४ सालको नापी गर्दा जग्गा जोत्ने जोताहले उक्त जग्गा धनी नेपालगञ्ज निवासी ललिता देवी वाहुनीको श्रीमान गोकरण महाराज ब्रमान्ह भनी लेखाई दिएकोमा उक्त आफनो नम्बरी जग्गा श्रीशंकर भगवानको पुजा गुठीको लागी दानपुन्य दिएकोले उक्त जग्गा आफनो पतीको नाममा नभएर श्रीशंकर भगवानका लागी ततकालीन बागेश्वरी मन्दिरका सञ्चालक तथा नेपालगञ्जका भद्रभलादमी मध्यका जम्मा ६ जनाको सयुंक्त नाममा गरिदिन ललिता देवी बाहुनीले मालपोत तथा नापी कार्यालयमा गएर लिखत गरिदिएको नापी कार्यालय बांकेको फिल्डबुकमा कैफियतमा लेखेको देखिन्छ ।

यसरी बागेश्वरी मन्दिरको श्रीशंकर भगवानका नाममा दानपुन्य गरेको जग्गा कुन ठाउंको हो ? उक्त जग्गा कस्ले कसरी हडप्ने कुसित मनसायकासाथ लागीरहेका छन ?

धम्बोजी वाटरपार्कमा रहेको उक्त जग्गामा हाल केही यातायातका साधनहरु बिसौनीकोरुपमा प्रयोग गरिदै पनि आएको छ ।

यस बिषयमा गरिएको खोज अनुसन्धानको क्रममा उक्त जग्गा नेपालगञ्जको केन्द्र मानिएको पुष्पलाल चौक देखि थोरै उत्तर पश्चिम नेपालगञ्ज उप–महानगरपालिका वाडनम्बर १ को वाटरपार्क टाउन प्लानिंगको मुख्य सडक रहेको शुशिल कोईरालाका नाममा स्थापना गरिएको वाटर पार्क सिटि प्लानिंगको मुख्य सडक खण्डमा–साविक नेपालगञ्ज वडानम्वर १ ग को कित्तानम्बर ११२ मा रहेको १६ कटठा १४ धुर जग्गा रहेको छ । हाल उक्त ठाउंको जग्गाको मुल्य सरदर प्रति कटठा करिब २ करोड रहेको छ ।
उक्त जग्गा श्रीशंकर भगवानका आस्तिक पुजारी समेत रहनुभएका गोकरण महाराज ब्रमान्ह र निजको श्रीमती ललिता देवी वाहुनीले बागेश्वरी मन्दिरका ततकालिन समितिका पदाधीकार तथा सदस्यहरु र भद्रभलादमीको नाममा दानपुन्य गरेको जग्गा मालपोत तथा नापी कार्यालय बांकेमा रहेको बिभिन्न लिखत तथा फिल्डबुकमा इस्पष्ट लेखिएको देखिन्छ ।

हेर्नुहोस उक्त जग्गाको नापी कार्यालय बांकेमा रहेको क्षेत्रीय फिल्डबुकमा कैफिय महलमा ललिता देवी वाहुनीले सनाखत गरि बयान उल्लेख गरिएको लिखत फिल्डबुकको कपी ।

ललिता देवी वाहुनीले सनाखत गरि बयान उल्लेख गरिएको लिखत फिल्डबुकको कपी ।

बागेश्वरी मन्दिरको रेखदेख संरक्षण प्रवद्धन र स्तर उन्नतीका लागी बन्ने गरेका बेलाबखतका बिभिन्न समिति तथा उप समितिहरुले मन्दिरकै नाममा दानपुन्यबाट आउने गरेको चलअचल सम्पती आफनै पुर्खाले आर्जेको सम्पती सरी रजाई गर्ने पछी गएको त्यसको हिनामिना समेत गर्ने गरेको एउटा गतिलो उदाहरण यो पछील्लो जग्गा काण्डलाई लिन सकिन्छ ।

बागेश्वरीका श्रीशंकर भगवानका लागी दानपुन्यमा प्राप्त धम्बोजी वाटर पार्कको टाउन प्लानिंगमा रहेको १६ कटठा १४ धुर जग्गा हडप्ने खेल कहांबाट कस्ले सुरुवात गरे ?
यो जग्गा बिक्रम सम्वत २०२० सालमा गोकरण महाराज ब्रमान्हले दानपुन्य गरेपछी त्यसको रेखदेख नभएको अवस्थामा नापी कार्यालयले जग्गा नाप्ने क्रममा जग्गा जोत्ने जोताहले गोकरण महाराजकै नाम लगेपछी नापीले पनि निज गोकरणको नाममा नापी गरेकोमा पछी गोकरण महाराजको श्रीमती ललिता देवी वाहुनीले उक्त जग्गा श्रीशंकर भगवानलाई दान दिएको हो भनी नापी कार्यालय बांकेमा मै गएर फिल्डबुकमा सनाखत गरेको देखिन्छ ।

आफु महाप्रस्थान गर्नु अघि पहिल्याका ब्यक्तीहरुले बिभिन्न मठ मन्दिर लागी चलअचल सम्पती दानपुन्य गर्ने बढी प्रचलन रहेको र त्यो समयमा गुठीको ब्यवस्था नभएकोले मन्दिरका नाममास्थानिय भद्रभलादमी वा मन्दिरमा समिति गठन भएको भए उक्त समितिमा रहेका ब्यक्तीहरुको नाममा जग्गा संरक्षणको लागी संयुक्तरु नामहरुमा जग्गा पास गरिदिन प्रचलन रहि आएको देखिन्छ ।

नेपालगञ्ज नगरमा त्यसरी बिभिन्न भगवानका नाममा जग्गा पास गरेर दिनेक्रममा ततकालिन समयमा बागेश्वरी मन्दिरको संरक्षण प्रवद्धनका लागी बनेको समितिमा समेत रहेका मध्यका नेपालगञ्ज बजारका भद्रभलादमी ब्यक्तीहरु केदारनाथ टण्डन, भगवान प्रशाद बनिया, काशिराम बनिया,राम प्रशाद बनिया, बिष्णुचरण बनिया, सिताराम हलवाईको संयुक्त नाममा श्रीशंकर भगवानको नाममा दानपुन्यमा प्राप्त जग्गाको लालपुर्जा कायम रहेको थियो ।

जग्गाको लालपुर्जा अर्थात दर्ता श्रेस्ता

हाल उक्त बाटर पार्क टाउन प्लानिंको करिब ३० करोड पर्ने १६ कटठा १४ धुर जग्गा बागेश्वरी मन्दिरको गुठीले पनि कुनै वास्ता नगरेको र श्रीशंकरको जग्गा आफनो नाममा राखेका ब्यक्तीहरुको पनि मृत्यू भईसकेपछी उक्त जग्गाको लालपुर्जा भएका ब्यक्तीहरुका हालका सन्ततीहरुले उक्त जग्गा आफनो पुर्खाको भएको भएकाले आफनो नाममा नामसारी गरिदिन भन्दै सेटिंगमा केही लोभी लालचीहरुको गिरोहले मालपोत बांकेबाट बिभिन्न ब्यक्तीहरुको आफनो नाममा नामसारी गरिसकेको र केहीले त्यत्तीके छोडेको अवस्था रहेको छ ।

श्रीशंकर भगवानको नाममा करोडौं मुल्य पर्ने वाटर पार्कको जग्गा संरक्षण गर्न श्रीशंकरको नाममा गुठी गठन गरि नामसारी गर्नुपर्नेमा उक्त जग्गा अन्य ब्यक्तीहरुको नाममा नामसारी गरिएकोले मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३०५ अनुसार जग्गाको नामसारी दर्ता गरे गराएको बदर गरि त्यस्ता कार्य गर्ने गराउने कार्यमा संलग्नलाई छानबीन गरी कानुन बमोजिम कार्बाही गर्नसक्ने कानुनी ब्यवस्था रहेको छ ।