राज्यलाई दोहन गरेर नेपालगञ्जमा सुन तस्करी र हुण्डी कारोबार गर्नेहरु फन्दामा पर्दै, जावेद फरार, जसगढहरु निगरानीमा !

हुण्डीको रकह सहित यहि असोज ८ गते नेपालगञ्जको सल्यानी बंगला नजीक गणेशपुरका हबिब सिद्धिकीको घरबाट पक्राउ परेका घर मालिक मोम्मद हबिब मािनहार (सिद्धिकी) र साथमा अर्का ब्यक्ती कादिर सिद्धिकी र निजहरुको साथबाट पक्राउ परेको पैसा ।

नेपालगञ्ज १४ असोज / नेपालगञ्ज शहर राष्ट्रिय तथा अन्तराष्ट्रिय बिभिन्न अपराधीहरुको सुरक्षित बास स्थान रहेको परिचर्चा चलिरहेको अवस्थामा पछील्लो पटक बांके प्रहरीको कार्बाही गरिएको रिपोर्टहरुको घटनाहरुले २ नम्बर कारोबार गर्ने ब्यक्तीहरुको पनि नेपालगञ्ज अडडा बनेको प्रमाणित गर्दछ ।

बांके प्रहरीको हालको नेतृत्वले केही महिनामा मात्र करिब साढे ४ करोडको तस्करीको समानहरु पक्राउ गरेर नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाएको तथ्यांक आफनो आधिकारीक फेसबुक पेजमा सार्वजनिक गरेको छ । उक्त बिवरणले नेपालगञ्ज एउटा २ नम्बरीया तस्करहरुको अडडा रहने गरेको प्रमाणित गरेको छ ।

त्यसैगरि नेपालगञ्जमा हुण्डी कारोबार मार्फत सुन तथा पैसा तस्करहरुको पनि अडडा रहेको बांके प्रहरीको रिपोर्टले देखाएको छ ।केही समय पहिल्य नेपालगञ्जको न्यूरोड स्थित बिभिन्न सुन पसलहरुमा लिखित अर्डर सिलिप लिएर सुन र त्यसबाट बनेका गहना पु–याउन आएको २ नम्बर सुनको कारोबार गर्ने ब्यापारी सहित करिब साढे ४ किलो सुन बांके प्रहरीले पक्राउ गरेर थप अनुसन्धान र कार्बाहीका लागी कोहलपुर स्थित राजश्व अनुसन्धानलाई बुझाएको थियो ।

त्यो भन्दा पहिल्य गत बर्ष नेपालगञ्ज एयरपोर्टमा नेपालगञ्ज न्यूरोडका सुन ब्यापारी जमिल जसगढको नाम बुझने गरि सुनको पातामा अग्रेजीमा जे लगायतको नाम लेखेर आएको ४ किलो सुन पक्राउ घटना किन नहोस राज्यका जिम्मेवार निकाय थप अनुसन्धान र कार्बाहीका लागी नलागेर तै चुप मै चुपमा लागेर सुन पक्राउ घटना मिलाउने जसगढ किन नहोस यस्ता घटनाले के पुष्टी गर्दछ भने नेपालगञ्जमा राज्यलाई बुझाउनु पर्ने भन्सार शुल्क देखि बिभन्न करहरु नतिरेर चाइना र तेस्रो मुलुकबाट सुन तस्करी हुनेगर्दछ ।

नेपालगञ्ज केन्द्र बनाएर पश्चिम नेपालका २५ जिल्ला र भारतमा समेत सुन तस्करी हुने गरेको देखिन्छ । यस्ता घटनाले एकातिर राज्यलाई तिर्नुपर्ने करहरु २ नम्बर सुन तस्करीहरुले नतिरेर प्रक्रिया भन्दा बाहिर गएर सुन आयात गर्दछन । यस्तो तस्करीको सुन भ्रष्टाचारीहरुले गुप्त धनकोरुपमा लुकाउने माध्यम बनीरहेको छ भने अर्कोतिर यस्तो तस्रकीको सुनको घटनाले राज्यको आर्थिक गणनामै प्रभाबित पार्ने गरेको छ ।

नेपालगञ्जमा सुन तस्करीमा समेत पैसाको हुण्डी कारोबार ब्यापक हुने गरेको र त्यसका लागी नेपालगञ्जमा च्याउ झै उम्रिएका मध्यका केही बैकहरु सहयोगी बनीरहेको बांके प्रहरीको हुण्डी घटनामा गरिएको अध्ययन घटनाले देखाएको छ ।

त्यसै गरि पसलमा करिब करिब सुन्य ग्राहक आउने नेपालगञ्ज न्यूरोडका जय माता दी सुनचांदी गहना पसलका बिनोद सोनी र निजको ग्यांडको स्रोत बिनाको पटक–पटक पैसा पक्राउ घटनाले पनि नेपालगञ्जमा पैसा तथा सुन तस्करी कारोबारो घटनाले संस्थागत रुप लिएको देखिन्छ । नेपालगञ्जमा त्यस्ता बिनोद जस्ता दर्जनौ ब्यक्ती यस्तो सुन तथा पैसा कारोबारोमा संलग्न रहेको देखिन्छ ।

प्रहरीले पक्राउ गरेर बाहिरिएका घटनाहरुमा समेत जिम्मेवार राज्यका निकायहरु तै चुप मै चुप भईदिनाले नेपालगञ्जमा भारतबाट आउने नेपालगञ्जमा अडडा जमाउने र आम्दानीको सजिलो छिटो माध्यमको रुपमा पैसा र सुन तस्करी कार्य गर्ने गरेको देखिन्छ ।

नेपालगञ्जमा सुन तस्करी तथा हुण्डी कारोबारमा करिब १ दर्जन बढी संस्थागतरुमा लागेकोमा हप्ता मात्र अर्थात असोज ८ गते आफनो एउटा छुटर्टै ग्यांग बनाएर सुन तस्करीको लागी पैसा बिभिन्न बैक मार्फत हुण्डी गर्नेक्रममा नेपालगञ्जको सल्यानी बंगला नजिक गणेशपुरबाट अर्को ग्यांगलाई बांके प्रहरीले रंगेहात पक्राउ गरेर अनुसन्धान तथा कार्बाही प्रक्रिया अगाढी बढाएको अवस्था छ ।

घटना बिवरण अनुसार बांकेको कोहलपुरमा समेत कारोबारको सञ्जाल फैलाएको आशंका गरिएको उक्त ग्यांगले सुन दिएको ठाउंबाट पैसा उठाएको हुनसक्ने प्रहरीको खुफिया रिपोर्ट प्राप्त गरेको स्रोतको दाबी रहेको छ ।

स्रोतका अनुसार उक्त घटनाको अनुसन्धानमा लागीरहेको समयमा बांके प्रहरीले बांकेको नेपालगञ्ज वडानम्बर ४ गणेशपुर स्थित मोहम्मद हबिब सिद्धिकीको घरमा अडडा बनाएर सुन र पैसाको तस्करी हुने गरेको खुफिया रिपोर्ट यस अघि नै जानकारी प्राप्त गरेको थियो ।

यहि असोज ८ गते करिब ११ बजे तिर सोही ठाउंका मोहम्मद कादिर सिद्धिकीलाई हबिबको घरबाट झोलामा पैसा बोकेर बैकमा पैसा जम्मा गर्न जानेक्रममा बांकेको खुफिया प्रहरीले बाटोबाट नै कांदिरलाई नियन्त्रणमा लिएर सोधपुछ तथा खानतलासी गरेको थियो ।

प्रहरीले कादिरले बोकेको कालो झोलामा नेपाली रुपैया ९ लाख फेला परेको त्यसको लगतै निजको बयानको आधारमा सुन र पैसाको २ नम्बरी अडडा बनाइएको हबिब सिसिद्धिकीको घरमा खानतलासी गर्न निजका परिवारले अवरोध पु–याएपछी बांकेका प्रहरी प्रमुख तुल बहादुर काक्री नै घटनास्थल पुग्नु परेको थियो ।

अडडामा छापा मारेर खानतलासी गर्द मोहम्मद हबिब सिद्धिकीको घरमा बनाइएको अडडाबाट ७ लाख १० हजार २५५ नेपाली र ५९ हजार ५ सय भारतिय रुपैया र बिभिन्न ब्यक्तीका नाममा बैकमा खाता खोलेर पटक–पटक गरेर करोडौं रुपैया जम्मा गरेको बिभिन्न बैकहरुको भौचर फेला पारेको छ ।

२ नम्बरी करोबार गर्ने अडडाका मालीक हबिब सिद्धिकीलार्य समेत प्रहरीले पक्राउ गरी सरकारी वकीलको कार्यालय मार्फत सुरुमा करिब २ हप्ताको म्याद थप गरेर घटना अध्ययन र अनुसन्धानको सुरुवात गरेको छ ।

यो पछील्लो हुण्डी कारोबार घटनामा नेपालगञ्ज स्थित बिभिन्न बैकहरुका शाखा कार्यालयहरु प्रयोग हुने गरेको र बांके प्रहरी त्यस तर्फ सचेत गराउदै बैकहरुका प्रतिनिधिहरुलाई बित्तिय अपराध सम्वन्धी कार्यशाला र समन्वयका लागी अनुशिक्षण समेत दिइसकेकोमा यस घटनामा सानीमा बैक मार्फत बढी पैसा जम्मा गरेको भौचर फेला परेको छ ।

बांके प्रहरीले नेपालगञ्ज स्थित बिभिन्न बैकका प्रतिनिधिहरुलाई सामुहिकरुपमा नै गैर कानुनी बित्तिय कारोबार रोक्न अनुरोध गरेकोमा त्यस तर्फ बैकहरुले बेवास्ता गरेकोले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा बैकहरुलाई समेत बिपक्षी बनाएर मुद्धा दर्ता गर्ने बिषयमा अनुसन्धान प्रकिया अगाढी बढाएको छ ।

घटनाको अध्ययनको क्रममा २ नम्बरी अडडाका मालिक समेत रहेका घरका मालिक हबिब सिद्धिकीले सुन तस्करीका लागी पैसाको हुण्डी गरेर अकुत सम्पती जोडेको प्ररारम्भिक अनुसन्धानले देखाएको छ । निजको प्ररारम्भिक बयान र खोज तलासमा निजसंग मिलेर २ नम्बरी करोबार गर्ने निजको बिभिन्न माथिल्लो केही निकायहरुको समेत बृस्तृत पोल खुलेको छ ।

नेपालगञ्जको सल्यानी बंगाला नजीक हुण्डीको पैसा पक्राउ घटनाको थप अध्ययन अनुसन्धानको क्रममा हबिब सिद्धिकीलाई यस कारोबारमा निजका भान्जा नाता पर्ने भारत नानपारा नवाबगञ्ज घर भई नेपालगञ्ज बसेका कक्कु मनिहारले प्रबेश गराएको हुनसक्ने आशंका गरिएको छ ।

कक्कु मनियार को हुन ?

भारतको बहराइच जिल्लाको नानपारा स्थित नवाबगञ्ज रोड निवासी कक्कु मनिहार (सिद्धिकी) करिब २५ बर्ष पहिल्य नेपालगञ्जको वडानम्बर ३ स्थित सुनार मण्डीमा सुनको कालीगढीको काम गर्न बिशेष सुनको डाई अर्थात सुनको गहनामा बुटटा बनाउने कामका लागी नेपालगञ्ज आएको देखिन्छ ।

निज कक्कुले केही समय सुनको डाई गर्ने काम गरेपछी त्यसको केही समय पछी आफनो काममा सहयोग पुग्ने गरि कक्कु मनिहारले आफनो सहोदर माईलो भाई जावेद सिद्धिकीलाई नेपालगञ्ज ल्याएको देखिन्छ ।

कक्कु मनिहारले सुनको डाईको काम सगै नेपालगञ्जका केही सुन तस्करहरुसंग लिंक गरेर काठमाण्डौंबाट सुन ल्याएर आफुले चिनेको आफन्तहरुको पसलमा भारत तर्फ सुन तस्करी गर्ने गरेको घटना अध्ययनको क्रममा देखिन्छ ।

सुन तस्रकीका लागी नेपाल–भारत पैसा समेत तस्करी गर्नुपर्ने र सुनका पार्टीलाई काठमाण्डों पैसा पठाउन हुण्डी कारोबार समेत गर्नुपर्नेभएपछी कक्कुले आफनो भाई इखलाख मनिहारलाई समेत नेपालगञ्ज बोलाएर ३ भाईले जमेर सुन तथा पैसाको तस्करीको कारोबार गरेको देखिन्छ ।

हेर्नुहोसनेपालगञ्जमा बसेर नेपाल र भारतमा सुन तथा हुण्डी कारोबार गर्ने कक्कुका ३ भाई क्रमश कक्कु, जावेद र इखलाख…

सोही क्रममा स्थानिय नेपालगञ्ज निवासी एक जना सुनको कारोबारीसंग अनावश्यक बिवाद गरेको केही दिनमा नै काठमाण्डोैमा कक्कुको डेढ किलो सुन सहित पक्राउ परेपछी आफनो पीछा स्थानिय ब्यापारी गरेको भन्दै निज कक्कु मनिहारले आफना अन्य २ भाईलाई नेपालगञ्जमा छोडेर यस कारोबारमा लगाएर आफु केही दिन नवाबगञ्ज बसेर हाल भारतको लखनउबाट ठुलो सञ्जाल बनाएर सुन र पैसाको २ नम्बरी कारोबार गरिरहेका छन भने निजका २ भाई जावेद र इखलाखले नेपालगञ्जको जडीबुटी संघको कार्यालय पछाडीको घरबाट उक्त कारोबार गरिरहेका छन ।

हेर्नुहोस नेपालगञ्ज वडानम्बर ५ जडीबुटी नजीक निम्न घरमा बसेर नेपाल र भारतमा सुन तथा हुण्डी कारोबार गर्ने कक्कुका २ भाई जावेद र इखलाख बस्ने घर

जेठो कक्कु मनिहार माईलो जावेद सिद्धिकी र कान्छो इखलाख सिद्धिकी नेपालगञ्जको पहिल्य सुनार मण्डी त्यसपछी एकलैनीमा डेरा गरेर सुन तथा पैसाको २ नम्बरी कारोबार गरेर बसेको समयमा देखावटी रुपमा केही बर्ष कवाड पसल समेत खोलेको पनि देखिन्छ ।

कवाड कारोबार देखाएर कक्कुको माईलो भाई जावेदले नेपालगञ्ज गणेशपुर स्थित एक सिद्धिकी परिवारबाट बिवाह समेत गरेकोमा पछी जावेद परिवारले २ नम्बरी कारोबार गर्ने खुलेपछी निज सिद्धिकी परिवारले छोरीलाई माइतमा नै राखेको अवस्था थियो ।

जावेद सिद्धिकीले नेपाली महिलासंग बिवाह गरेको समयमा बिभिन्न ब्यक्तीहरुसंगको मिलेमतोमा नेपालगञ्ज वडानम्वर २० मनिकापुरबाट नेपाली नागरिकता निकालेकोले यतै जमेर २ नम्बरी सुन तथा पैसा कारोबार गर्नेक्रममा तिनिहरुले आफनै भान्जा नाता पर्ने असोज ८ गते पक्राउ पर्ने हबिब सिद्धिकीलाई पनि यस कारोबारमा संलग्न गराएको देखिन्छ ।

कक्कु मनिहार (सिद्धिकी) लखनउमा बसेर सुन र हुण्डीको कारोबार गर्ने गरेकोमा निजका २ भाईहरु हाल नेपालगञ्ज वडानम्बर ५ जडीबुटी पछाडी एक स्थानियको ठुलो घर भाडामा लगेर कलेजी रंगको होण्डा सिटि गाढीमा बसेर समान ओसार पसार कारोबार गर्ने गरेको स्रोतले दाबी गरेको छ ।

यहि असोज ८ गते पनि जावेद सिद्धिकीले आफनै होण्डा सिटि कारमा आएर मामा नाता पर्ने हबिब सिद्धिकीको घरमा पहिलो लटमा उक्त पक्राउ परेको १६ लाख १० हजार २५५ रुपैया केही पैसा बाहेक सबै छोडेर गएका थिए ।

उक्त घटनामा हबिब भन्दा पनि ठुलो गिरोह निजका भान्जा नाता पर्नेहरु जावेद र इखलाख सिद्धिकी देखिएकोमा हाल जावेद फरार रहेका छन । इखलाखले भने १० लाख भन्दा तल नेपाली पैसा बोक्न पाउन कानुन रहेको भन्दै हिडने गरेको र निजहरु भाईहरु मध्य एकजना भाईले मिलेमतोमा गैर कानुनीरुपमा नेपाली नागरिकता हात पारेको र अन्यले नपारेको स्रोतको दाबी रहेको छ ।

२ नम्बरी सुन तथा हुण्डी कारोबारमा पहिल्य अनुसन्धान र कार्बाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा पठाउने गरेकोमा गत फागुन देखि नयां कानुन कार्यान्वयनमा आएपछी यस किसिमका मुद्धाहरुको तहकिकात र कार्बाही नेपाल प्रहरीले सरकारी वकील मार्फत गर्ने ब्यवस्था रहेको छ ।

केही महिना अघि बेलासपुरबाट पक्राउ परेको २४ लाख ६२ हजार हुण्डीको कारोबारका मुख्य आरोपित ब्यक्तीहरुको सम्पूण सम्पती रोक्का राखेर आवश्यक अनुसन्धान र कार्बाहीका लागी अदालती पक्रियामा गएकोे छ तर पनि यस्ता गैर कानुनी काम रोकिएको छैन ।

नेपालगञ्जमा करिब १ दर्जन बढीले हुण्डी र सुन तस्करीको कारोबार गरिरहेको निजहरुले जोडेको सम्पती बिवरणहरुबाट पुष्टी हुनेगर्दछ ।
सुन र हुण्डीको मुख्य तार चाही पछील्लो पटक एकाएक उदायका जैसपुरका आधा दर्जन भाईहरु समेत रहेका जसगढ परिवार र एकलैनीका बैश्य थरका ब्यक्तीका बिषयमा बिगत केही बर्ष यताका बिभिन्न बिवरणहरु संकलन गरेर त्यसको बिषयमा सुक्ष्म अनुसन्धानमा गरिरहेको नेपाल प्रहरीको स्रोतले बताएको छ ।

सुन तस्कर तथा हुण्डी कारोबारीहरुको बिवरण संकलन गरि निजहरुले बिभिन्न ब्यक्तीका नाममा जोडेको चलअचल सम्पती बिवरणहरु संकलन गर्ने उक्त बिवरणहरु केलाउने काम भईरहेको बताउदै जसगढहरुको राष्ट्रि« भन्दा पनि अन्तराष्ट्रि« गिरोहहरुसंग लिंक रहेको प्ररारम्भिक सुचना बिवरणहरु प्राप्त भएको पनि बांके प्रहरी स्रोतले जनाएको छ ।