प्रधानमन्त्री ज्यू ! जंगलमा पालेको बाघले बुधबार पनि बांकेमा मान्छे खायो

बाघको आक्रमण...
बाघको आक्रमणबाट अकालमा मृत्यु हुनुभएको ६७ बर्षिय चेती बुढाको शब

९ माघ नेपालगञ्ज / प्रधामन्त्री केपी ओलीको केही दिन अघि सार्वजनिक भएको अभिब्यक्ती संग मिल्दोजुल्दो हुनेगरी पछील्लो केही समय यता बांके र बर्दियाा जिल्लका बिभन्न गाउं बस्ती छेउछाउका जंगलहरुमा मेलापात गर्न जाने ब्यक्तिहरु माथी जंगलमा संरक्षित बाघहरुको आक्रमणमा परेर अकालमा ज्यान गुमाउने संख्या बिगतका बर्षहरु भन्दा बढदै गईरहेको पाइएको छ ।

लबुधबार बिहान करिब १० बजे मात्र घर नजिकैको सामूदायिक बनमा घांस काटन जानुभएको बांके राप्तीसोनारी गाउंपालिका वडानम्बर ८ ओभरी निवासी ६७ बर्षिय चेती बुढाको बाघको आक्रमणबाट अकालमा ज्यान गएको छ ।

घर नजिकैको राप्तीसोनारी गाउंपालिका वडानम्बर ८ मा रहेको भगवती सामूदायिक बन अपभोक्ता समूहले संरक्षण गरेको खण्ड ख को जंगलमा चिसो बढेकोले केही दांउरा घांसका लागी बुधबार बिहान करिब १० बजे तिर चेती बुढा सामूदायिक जंगल तर्फ गएकोमा सगै गएका ब्यक्तीहरुसंग सम्पर्क नभएको र घर पनि नफर्किएपछी आफन्तहरु स्थानिय बासिन्दाहरु चेतीलाई जंगलतर्फ खोज्न गएका थिए ।

सम्पर्क बिहिन चेतीलाई उक्त सामूदायिक बनमा खोज्ने क्रममा बुधबार दिउसो करिब ३ बजे सोही सामूदायिक बनको खण्ड ख मा क्षतबिगात अवस्थामा शव फेला परेको सोही ठाउं नजिकै अर्को सामूदायिक बन मध्यबिन्दुका अध्यक्ष हर्क बहादुर बिष्टले जानकारी दिनुभएको छ ।
बिष्टका अनुसार बाघको आक्रमणबाट चेतीको अनुहार क्षतबिक्षत पारेको र एउटा खुटटाको नरहेकोले बाघले आएको आशंका गरिएको छ ।
यस अघि पनि सो क्षेत्रमा पाटे बाघको आक्रमणमा परी ब्यक्तीहरुको अकालमा मृत्यू र घाईते हुनेहरुको सख्या बढेपछी बांक राष्ट्रिउ निकुञ्ज र स्थानिय प्रशासनको सहयोगमा पाटे बाघलाई नियन्त्रणमा लिएर स्थान्तरण गरिएको थियो ।

त्यसैगरी गत हप्ता मात्र बर्दियामा पनि बाघको आक्रमणमा परी एक जना महिलाको मृत्यूभएको थियो । यस बर्ष मात्र बांके र बर्दियामा बाघको आक्रमणबाट करिब आधा दर्जन ब्यक्तीको अकालमा मृत्यू र अंगभंगका घटना घटिसकेका छन ।