
अर्घाखाँची, २८ चैत / बिश्वमा मानव जातीको भाषा उत्पती भएको पाणिनि तपोभूमीमा नेपाल सरकारले पहिलो पटक २ दिने सम्मेलन सम्पन्न गरेको छ ।
प्राचिन कालमा पाणिनि ऋषीले ध्यान तपस्याबाट दैविक शक्ती प्राप्त गरी त्यसबाट मानव भाषाको लागी आवश्यक मुख्य संस्कृत ब्याकरणका अक्षरहरू पहिलो पटक उत्पती भएको ठाउँ भनी प्राचिन धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाणिनि तपोभूमीको सुनौलो इतिहासको उजागर गर्दै नेपाल सरकारले २ दिने पाणिनि तपोभूमी सम्मेलन सम्पन्न गरेको हो ।
बिभिन्न धार्मिक ग्रन्थहरुमा समेत उल्लेख गरिएको र विश्व भाषा सम्पदाको पनि प्रमुख स्रोत स्थल रहेको मानिएको नेपालको अर्घाखाँची जिल्लामा पर्ने पाणिनी तपोभूमिलाई प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल सरकारले पहिलो पल्ट चैत्र २८ र २९ गते २ दिने सम्मेलन बिहिबार सम्पन्न गरेको छ ।
पाणिनीको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको तपोभूमिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन स्थल करिब १८०० मिटर उचाइ रहेको पहाडको चुचुरोमा रहेको समथर भूभागमा अवस्थीत छ ।
सुन्दर भौगोलिक उक्त ठाउँको बीच भागमा पाणिनि दह रहेको छ भने दहको बीचमा भगवान शिवजीको मूर्ति स्थापना गरिएको छ । दहको दक्षिण केही उचाईमा हाल पाणिनि ऋषीको आश्रम र तपस्या स्थल रहेको छ ।
दहमा बढी भएर बगेको पानी उत्तरतर्फ कालीगण्डकी नदी र दक्षिण क्षेत्रमा वाणगंगा नदीमा पुग्ने गर्दछ ।
२०७६ सालमा नेपाल सरकारले देशका १०० प्रयटक गन्तव्य छनौटमा परेको उक्त स्थान अर्घाखाँचीको पाणिनी गाउँपालिका, पाल्पाको रैनादेवी छहरा गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, प्रदेश पर्यटन विकास परिषद कार्यालय, नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त सम्मेलन सम्पन्न गरिएको छ ।
विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको पाणिनि तपोभूमिको प्रचारप्रसार गरेर पाणिनीलाई चिनाउन सकिने सम्मेल आयोजकहरुले बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलिद्वारा बुधबार दिउसो २ दिने पाणिनी सम्मेलनको उदघाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली संगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आर्चाय सहितका मन्त्रीहरु त्था मन्त्रालयका सचिवहरु, अन्य राष्ट्र सेवक कर्मचारीहरु र ठुलो संख्यामा स्थानिय बासिन्दाहरु पाणिनी सम्मेलनको उदघाटन सत्रमा पुग्नुभएको थियो ।
सम्मेलनमा धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यपत्र तथा सम्बन्धि विषयहरु सम्मेलनमा विषय ज्ञाताहरुद्वारा प्रस्तुत गरिएको थियो।
पाणिनी दहमा साउनमा रुद्राभिषेक, शतचण्डी तथा वेद पाठ लगायतका कार्य वैदिक विधिपूर्वक हुँदै आएको छ।
साउनमा तपोभूमि स्थित दहमा स्नानका लागि आउने श्रद्धालु भक्तजनको भीड हुन्छ।
ध्यान तपस्या गर्न मरुभूमि पनि उपयुक्त नहुने, हिमालले ढाकेको ठाउँ पनि उपयुक्त नहुने भएपछि कोलाहलबाट समेत टाढा रहेको समशीतोष्ण यस ठाउँ खोजी गर्दै आउँदा दुर्वाशा ऋषिले तपस्या गरेको दुर्वाशा गुफा र रुरु क्षेत्रको बीचमा रहेको त्यो बेलाको उक्त घनघोर जंगलको बीचमा रहेको पछाडको टाकुराको भूमिमा पाणिनिले तपस्या गरेकाे तथ्यहरु पाइएको छ ।
लेखिएको किवदन्ती अनुसार पहिले रुखका पात, पछि पानी पिएर र अन्त्यमा हावाको सहारामा पाणिनि ऋषीले तपस्या गरेपछि भगवान शिवजी प्रसन्न हुनुभएको स्वर्गीय स्वामी कृष्णानन्द परमहंसले प्रकाशन गरेका विभिन्न पुस्तकमा समावेश पाइन्छ ।
यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि शिव प्रसन्न भएर डमरु बजाउँदै १४ सूत्रको स्वर निकालेको र ती सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको भन्ने धार्मिक मान्यता रहेको छ।
संस्कृत भाषामा रहेका हिन्दु धर्मका चार वेद तथा अन्य ५० भन्दा बढी पुस्तक अंग्रेजी भाषामा अनुवाद गरेका लेखक मेकसमुलरका अनुसार, “हिन्दुहरूको व्याकरण र अन्वयको योग्यता विश्वमा भएका अन्य जातिहरूको व्याकरण भन्दा अत्यन्तै श्रेष्ठ छ।”
पाणिनि गाउँपालिकाको नाम पनि पाणिनि ऋषिले तपस्या गरेको तपोभूमिको नामबाट रहन गएको हो।
अर्घाखाँची जिल्ला र आसपासका क्षेत्रमा पाणिनि ऋषिको नामबाट विभिन्न विद्यालय, क्याम्पस, व्यवसाय आदिका नाम राखिएका छन ।
हजारौँ वर्ष पहिले तपस्या गर्दै अर्घाखाँचीको खिदिममा पुग्नुभएको पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर पहिलो पटक संस्कृत व्याकरणको रचना गर्नुभएको थियो ।
विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्रको प्रचारप्रसार नहुँदा ओझेलमा परेको र प्रचारप्रसार सँगै विश्वभर चिनाउँन पाणिनी सम्मेलनको आयोजना गरिएको पाणिनी तपोभुमि संरक्षण सम्वद्र्धन समितीका अध्यक्ष पुष्करराज पोख्रेलले जानकारी दिनुभयो।
अर्घाखाँचीको पूर्वमा रहेको पणेना र पोखराथोकको टापुमा यो तपोभूमि पर्छ। सो तपोभूमिबाट उत्तर फर्कंदा बिभिन्न हिमशृङ्खलाहरु र दक्षिण फर्कंदा तराईका फाँट अनि भारतीय भूमि देख्न पाइन्छ।
अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनगिरेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ।
यस क्षेत्रको प्रचारप्रसार गर्न सके धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपालीलाई फाइदा हुने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने बताउँनुहुन्छ ।
यो क्षेत्रमा एउटा पोखरी, मठ मन्दिरहरु निर्माण सँगै संरक्षण भईरहेका छन् । तिनगीरेबाट जाने बाटो पिचँ सँगै सभाहल बन्दै गरेको अवस्थामा अलपत्र छ ।
पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरिएको भन्ने संस्कृतका विज्ञ बताउँछन।
पाणिनीका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यायनी र पतञ्जलिसमेत लागिपरेका हुन्।
पाणिनि ऋषिको योगदान केवल नेपाल वा भारतमा सीमित छैन, उनी विश्वब्यापी रूपमा भाषाशास्त्रका अग्रदूत हुन् ।
लुम्बिनीमा आएका धार्मिक पर्यटकलाई पाणिनी तपोभुमी हुदैँ सुपादेउरालीमा पु-याउँन सकेमा पनि नेपालमा विकास ऋषीमुनीहरुको तपोभूमी रहेको विश्व सामु उजागर गर्न सकेमा पाणिनि महर्षि क्षेत्र विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने अवस्था रहेको छ ।
हाम्रो संरचना । २७ चैत्र २०८१, बिहीबार १८:४८