बैशाख १३ नेपालगञ्ज/ शुक्रबार राती नेपालगञ्जको धम्बोजी स्थित बिशाल चौक नजिक एक हतियारधारी समूहले स्थानिय बिनय भण्डारी माथी पेस्तोलबाट गोली प्रहार गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडानम्बर १ धम्बोजी र वडानम्बर १८ कारकांदोको सिमानामा पर्ने बिशाल चोक स्थित रात्रीकालीन क्रिकेट खेल सञ्चालन भईरहेको समयमा कार्यक्रमको मञ्चमा बसिरहनु भएको स्थानिय ३१ बर्षिय बिनय भण्डारी माथी एक हतियारधारी समूहले आक्रमण गरेको हो ।
घटना बिवरण अनुसार नेपालगञ्जको धम्बोजी र कारकांदोको सिमानामा रहेको क्रिकेट खेल मैदानमा रात्रीकालीन क्रिकेट प्रतियोगिता सञ्चालन भईरहेको समयमा सोही प्रतियोगितामा अतिथिको रुपमा आमन्त्रण गरिएका बिनय भण्डारी मञ्चमा बसेर खेल हेरिरहेको समयमा एक हतियारधारी समूहले हातहतियार सहित आक्रमण गरेको हो ।
कबिर १०/ १२ जनाको समूहमा रहेको उक्त हतियारधारी समूहले शुक्रबार राती करिब साढे १२ बजे कार्यक्रम स्थलमा प्रबेश गरेर अन्धाधुन्ध आक्रमण गरेको र सोही क्रममा मञ्चमा आसिन स्थानिय बिनय भण्डारीलाई लक्षित गरेर हतियारधारी समूहले आक्रमण गरेको र आक्रमण पश्यात मञ्च छोडेर भाग्ने क्रममा बिनय भण्डारी माथी उक्त समूहका नाईके मध्यका एक सोही ठाउं बस्ने बर्ष ४० का बिश्व पोख्रेलले आफुले लुकाईछिपाई ल्याएको पेस्तोलबाट बिनय भण्डारी माथी गोली प्रहार गरेको प्रहरीलाई प्ररारम्भिक जानकारी प्राप्त भएको बांके प्रहरी स्रोतले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बांकेको प्रहरी टोली घटना स्थलमा पुगेर घटनाका संलग्नहरुको खोज तलास गर्ने क्रममा घटनामा संलग्न ३ जनालाई शनिबार राती नै बांकेको नेपालगञ्ज र कोहलपुरबाट पक्राउ गरिएको र १ जनालाई शनिबार बिहान पक्राउ गरि घटना अध्ययन र अनुसन्धान जारी रहेको बांके प्रहरीले जनाएको छ ।
उक्च घटनामा नेपालगञ्ज वडानम्बर १ धम्बोजी बस्ने बिश्व पोख्रेल सहित नेपालगञ्जकै अस्मित मल्ल, सौगात श्रेष्ट, बिशाल आउजी, नरेश थापा, राजेश थापा लगायतका १०/ १२ जनाको समूहले आक्रमण गरेको पिडित पक्षले प्रहरी समक्ष लिखित जानकारी दिएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बांकेले उच्तम प्रबिधिको प्रयोग गदै घटना गराएर फरार भएर लुकेका ब्यक्तीहरुलाई तुरुन्तै पक्राउ गरेको र शनिबार बिदा भएकोले आज आईतबार म्याद थप गरेर थप अनुसन्धान र कार्बाही प्रक्रिया अगाढी बढाउने बांके प्रहरी स्रमेतले जनाएको छ ।
नेपालगञ्ज धम्बोजीका ३१ बर्षिय बिनय भण्डारी माथी यस अघि पनि गत २०८१ साल पौष १८ गते निजको घरमा नै गएर भण्डारी घर भित्र रहेको समयमा उक्त समूहले पेस्तोलबाट घर बाहिरबाट नै गोली प्रहार गरेर भागेको थियो ।
घटना लगत्तै बांके प्रहरीलाई जानकारी गराएको र बांके प्रहरीले घटनास्थलबाट पेस्तोलका गोलीका खोकाहरु समेत बरामद गरेको थियो ।
उक्त हतियारधारी समूहले शुक्रबार राती पनि क्रिकेट खेल मैदानको अतिथि मञ्चमा नै गएर रातीको समयमा पेस्तोलबाट टाडैबाट गोली प्रहार गरेको र बिनय भण्डारीलाई स्थानिय खेल दर्शक र खेलाडीहरुले सहयोग गरेर सो ठाउंबाट भागेर ज्यान जोगाउन सफल भएको पिडित भण्डारीले बांके प्रहरीलाई जानकारी दिनुभएको स्रोतले बताएको छ ।
घटना स्थलबाट बांके प्रहरीले प्रस्तोलबाट प्रहार भएको गोलीको खोकाहरु बरामद गरेको छ भने घटना पछी बांके प्रहरी गरेको सर्च अप्रेशनमा पेस्तोलको म्याग्जीन समेत फेला पारेको बांके प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक दिपक पातलीले पुष्टी गर्नुभएको छ ।
घटना लगत्तै पटक–पटक गोली काण्ड गरेर ज्यान मार्ने उद्योग र समाजमा आंतक सृर्जना गर्ने उक्त पक्राउ परेका ब्यक्तीहरुलाई छुटाउन केही राजनितिक दलका स्थानिय कार्यक्रर्ताले आफनो च्यानल मार्फत दवाब दिईरहेको पनि स्रोतले जनाएको छ ।
उक्त टोलीलाईआफनो कार्यक्षेत्रमा प्रयोग गर्ने उदेश्यले राजनित पहुंचको आधारमा प्रहरीबाट छुटाउन केही ब्यक्तीहरु लागीपरेको स्रोतले जनाएको छ ।
यस अघि पनि नेपालगञ्जमा रहेका बिभिन्न टोले गुण्डाहरुलाई प्रहरीले समयमा नै नियन्त्रण गर्न नसक्दा त्यस्ता टोले गुण्डाहरुको समूहले संस्थागत रुप बनाएर समाज आंतक सुर्जना गर्ने र समाजमा अपराध जगतमा प्रतिस्पर्धातमक तरिकाले अगाढी बढने त्यस्ता समूहलाई कुनै दवाब र प्रभाव बिना कानुनी कठघरामा ल्यानुपर्दछ ।
यस अघि पनि बांकेको राप्ती पारी, नेपालगञ्जको एक दोहरी सांझमा गोली काण्डका घटना भएको थिए भने ति काण्डमा मुछिएकाहरु नेपालगञ्ज कारागारको हिरासतमा पुगेका थिए ।
हाम्रो संरचना । १४ बैशाख २०८२, आईतवार ०७:५१