# अनुमति बिना संचालित संजिवनी कलेज अफ मेडिकल साईन्सेस ( साबिक नेपालगंज हस्पीटल रिसर्च एण्ड ट्रेनिग सेन्टर, स्वास्स्थ्य सेवा नियमावली २०७७ ब्यवस्था अनुसार खारेज भएको अस्पतालको बारेमा केहि तथ्यहरूः-
# अस्पतालको लागी प्रति बेड ५५ स्वायर मिटर जग्गा चाहिन्छ। यो हिसाबले १०० बेडको अस्पताल चलाउनलाई १७ कट्ठा जग्गा चाहिन्छ तर संजिवनी संग १० कट्ठा मात्रै छ र अबैधानिक तरिकाले मेडिकल कलेजको जग्गा तथा बिल्डिगमा अस्पताल चलाएको छ।
# अस्पताल संचालन गर्दा ऐन नियम मापदण्ड अनुसार निकायबाट अनुमति लिएर मात्र गर्नु पर्छ तर कुनै पनि निकायबाट अनुमति लिएको छैन।
# नेपालगञ्ज मेडिकल कलेजले नेपालगञ्जमा बिगतमा पनि १०० बेडको अनुमति लिएर गैर कानुनि ढंगले ३१८ बेड चलाउदै आएको ले जस्ले स्वास्थ्य उपकरणमा र अन्य आयमा करोडौं घोटाला गरेको छ।
# मेडिकल कलेजले १०० बेडको अस्पताल संचालन गर्नको लागी पहिल्य लर्डबुद्धको नामको जग्गा ११ कट्ठा ७ धुर र साबिक नेपालगंज हस्पिटल रिसर्च एण्ड ट्रेनिग सेन्टर ( संजिवनी कलेज अफ मेडिकल साईन्सेस) को १० कट्ठा गरि २१ कट्ठा ७ धुर मा अस्पताल निर्माण गरेको थियो। तर अहिले संजिवनी संग पर्याप्त उक्त जग्गा छैन। त्यसैले संजिवनी कलेज अफ मेडिकल साईन्सेसको अस्पताल दर्ताको लागी जग्गा नपुग्ने देखिन्छ।
# लर्डबुद्ध कम्पनी मेडिकल कलेजको जग्गा हदवन्दीको कारण जग्गा बिक्री बितरण, लिज तथा भाडामा दिन नमिल्ने अवस्था छ।
# संजिवनीले कुनै पनि निकाय बाट अस्पताल संचालनको अनुमति लिएको छैन। जब कि अस्पताल संचालन गर्न २०० बेड सम्म प्रदेश बाट र २०० बेड भन्दा माथी संघबाट अनुमति लिनु पर्ने हुन्छ।
# नेपालगंजमा बाहिर संजिवनी को बोर्ड लगाए पनि भित्र केही समय कारोबार मेडिकल कलेजको नाममा गरेर राजश्व छलकपट गरिएको छ।
# नेपालगंज हस्पिटल ट्रेनिग एण्ड रिसर्च सेन्टरले २०५३ मा स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभाग बाट १०० बेड को जनरल अस्पताल सञ्चालन अनुमति लिएको प्रमाण पेश गरे पनि त्यसपछि त्यसको नबिकरण गरिएको छैन। जब कि नबिकरण नभए त्यो अस्पताल स्वास्थ्य ऐन अनुसार स्वत: खारेज हुने ब्यवस्था रहेको छ।
# जनस्वास्थ्य ऐन २०७५ को दफा २१,२२,२३ मा भएको ब्यवस्था र स्वास्थ नियमावली २०७७ को नियमले पहिला अनुमति लिएर संचालित अस्पतालले नियमावली लागु भए पछि नियमावली अनुसारको मापदण्ड पुरा गरि बढीमा ६ महिना भित्र नबिकरण गर्नु पर्ने अन्यथा दर्ता खारेज हुने भन्ने ब्यावस्था गरेको छ। सो ब्यवस्था अनुसार नबिकरण नभएको हुदा नेपालगंज हस्पीटल ट्रेनिग एण्ड रिसर्च सेन्टर खारेज भएको देखिन्छ ।
# जनस्वास्थ्य ऐन २०७५ , स्वास्थ्यसेवा नियमावली २०७७ , स्वास्थ्य संस्था संचालन निर्देशिका २०७८,
लुम्बिनी प्रदेश स्वास्थ्य संस्था स्थापना,संचालन, नबिकरण र स्तरउन्नति गर्न बनेको ऐन २०७६ र प्रदेश स्वास्थ्य संस्था स्थापना संचालन, नविकरण तथा स्तरउन्नती नियमावली २०७७ ले गरेको ब्यवस्था बिपरित अबैधानिक हिसाबले अनुमति नलिई अस्पताल संचालन गर्न के कसरी कस्कसको सेटिङ्गछ सम्बन्धित निकायले छानवीन कानुनी दायरामा ल्याउनु पर्दछ ।
# अहिले संजिवनी कलेज अफ मेडिकल साईन्सेस नेपालगंज अस्पतालका नाममा समेत बिलिग गरी दोहोरो बिलिग शुरू गरिएको छ र संजिवनी (साबिक नेपालगंज हस्पीटल ट्रेनिग एण्ड रिसर्च सेन्टर) अबैधानिक रहेको छ।
# हाल सम्म अस्पताल दर्ता भएको छैन। भौतिक पुर्बाधार अन्तरगत अहिले जग्गा नपुग्ने हुदा दर्ता पनि हुने देखिदैन।त्यसैले गैरकानुनी रूपमा बोर्ड राखी संचालन गरेको संजिवनी को सम्पुर्ण प्रक्रिया रोक्ने र खारेज गर्नुपर्ने मा अस्पतालका सञ्चालकहरु पैसा र नेताहरुको पावरमा ऐननियमनै फेरबदल गरेर अबैधलाई बैध बनाउने सेटिङ्गमा जुटेका छन् ।
अस्पताल सञ्चालनका नाममा विद्याथीबाट गैरकानुनी असुली, अस्पताल घाटामा देखाएर कर छली जस्ता घोटाला गरेर करोडपति बनेका व्यक्तिहरुको छानवीन गर्नुपर्ने र कर्मचारीहरु लाई नेपाल सरकारको निति नियम अनुसार श्रम ऐन मिचेर कार्यन्वयन नगरेको जस्ता विषय अनुसन्धान गरेर नियमन गर्नुपर्ने आवश्यकता देखिन्छ ।






हाम्रो संरचना । १६ मंसिर २०८२, सोमबार ०८:४७