कोहलपुरको खेतीयोग्य जमिन दलालहरुको पञ्जामा ! सरकारी लिस्टमा को-को छन दलेहरु ….

२५ मंसिर, नेपालगञ्ज/  बांकेको खेती योग्य जमिन दलालहरुको फन्दामा परि कित्ताकाट गरि तिब्ररुपमा बेचबिखन हुदै आएको पाईएको छ । पछील्लो पटक बांकेको कोहलपुर नगरपालिका क्षेत्रमा सबै भन्दा बढी खेतीयोग्य जमिन कित्ताकाट गरि बिक्री बितरण भईरहेको एक सरकारी आंकडाले देखाएको छ ।

उक्त सरकारी तथ्यांकका अनुसार बांकेमा मालपोत र नापीमा रु २० देखी ३० हजार रुपैया जग्गा दलालहरुले प्रति कित्ता काटका लागि बुझाएर काम गदै आएको बताएका छन ।
हाल कोहलपुर नगरपालिकाको वडानम्बर ८ पिपरी क्षेत्रको आसपासका क्षेत्रहरु, वडानम्बर ९ को झण्डवा, वाडनम्बर १० को चटार, वडानम्बर १२ को मसुरीखेत र चप्परगौढी, वडानम्बर ४ को मदन चौक, तिलकपुर, वडानम्बर ३ को मदन चौक उत्तर क्षेत्रमा वडानम्बर ५ को एनसिसिएन, वडानम्बर ६ को रझेना, वडानम्बर १ र २ को कौशिल्या नगरको आसपासको क्षेत्रमा रहेको खेती योग्य जमिन जग्गा दलेहरुले सस्तोमा खरिद गरि मालपोत र नापीसंग मिलेर ब्यापकरुपमा खरिदबिक्री कार्य अगाढी बढेको रिपोर्टमा उल्लेख गरिएको छ ।

कोहलपुरमा दलेहरुले प्लटिकंग गरिएको ज्गगाको नमुना

 

हाल केही दिन अघि मात्र जग्गा प्लटिंग सुरु गरिएका ठाउंहरुमा कोहलपुर नगरपालिका वडानम्बर ३,४,५,८,९,१०,१४ र १५ का साथै वडानमबर २ को बर्दवा, वडानम्बर ३ को मटैहवा, वडानम्बर ४ को मदन चौकको आसपास, वडानम्बर ५ को एनसिसिएन, ६ को रझेना, वडानम्बर ८ को पिपरी, वडानम्बर ९ को झण्डवा,डानम्बर १० को चटार, वडानमबर १४ र १५ को हवल्दारप’र क्षेत्रमा कित्ता काट गर्ने र बिक्री गर्ने कार्य हाल भईरहेको पाइएको छ ।

त्यसरी खेती योग्य जमिन सस्तोमा खरिद गरेर सरकारी अडडाहरुका केही लोभी लालची कर्मचारीहरुसंग मिलेर प्लटिंग र कित्ता काट गरेर बिक्री बितरण गर्ने ब्यक्तीहरुमा

कोहलपुर- ८ पिपरी निवासी खुम बहादुर खत्री,
कोहलपुर- १० रामनगर निवासी केदार आर्चाय,
कोहलपुर- ११ साझा निवासी, बालकृष्ण सेन्चुरी,
कोहलपुर- १० गोल्छा निवासी केशव सापकोटा,
कोहलपुर- १० हाईस्कुल निवासी,प्रमोद श्रेष्ठ,
कोहलपुर- १० हाईस्कुल निवासी कृष्ण पुन,
कोहलपुर- ६ शिवमन्दी निवासी हुम्मत खत्री,
कोहलपुर- ८ पिपरी निवासी तिलक खत्री,
कोहलपुर- १० हाईस्कु निवासी भुपाल बिक्रम शाह
र कोहलपुर- १० पिपल चौतरा निवासी पाम बहादुर सुनार रहनु भएको छ ।

उपरोक्त ब्यक्तीहरुले खेतीयोग्य जमिनलाई प्लटिंग गरी बिक्री बितरण कार्यलाई निरन्तरता दिईरहेको र निजहरुको पनि तिनपुस्ते चलअचल सम्पती बिवरण लगायतको बिषयमा समेत सुक्ष्म छानबीन भइरहेको र निजहरुले सम्पती लुकाउने वा अन्य कार्य गरेमा थप प्रमाणहरु संकलन गर्न सजिलो हुनेभएकोले त्यस तर्फ कार्य भइरहेको र उक्त घटनासंग सम्वन्धीत नेपाल सरकारको बांके स्थित बिभागीय प्रमुखले पुष्टी गदै रिपोटकै आधारमा सर्वोच्च अदालतबाटै देशैभर खेती योग्य जमिनमा कित्ताकाट नगर्न आदेश समेत आएकाले हाल कित्ता काट गरिएका सबै जग्गाहरुमा रद गर्नु पर्ने बताउनु भएको छ ।