नेपालगञ्जबाट बरिष्ठ अधिवक्तामा बिजय सिह सिजापती र सुशिल कुमार लांखे

२८ साउन, काठमाडौं / सरकारले २७२ जना वकिलहरुलाई बरिष्ठ अधिवक्तामा अपग्रेट गरेको छ । साउन २५ गते  निर्णय अनुसार बरिष्ठ अधिवक्ता पाउनेहरुमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीदेखि नयाँ शक्ति पार्टीमा प्रवक्ता र सांसद सम्म छन् । 

नेपाली कांग्रेसका केन्द्रीय नेता एवं पूर्वमन्त्री रमेश लेखक पनि बरिष्ठ अधिवक्ता बनेका छन् । त्यसैगरी बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटा पनि बरिष्ठ अघिवक्ता बनेका छन् । नेकपा माओवादी केन्द्रका नेता तथा बहालवाला सांसद रामनारयण बिडारी पनि बरिष्ठ अधिवक्ता बनेका छन् । नेपालगञ्ज–४ का बिजय सिह सिजापती र नेपालगञ्ज–६का सुशिल कुमार लांखे लाई प्रमोशन गरी बरिष्ठ अधिवक्तामा बनाइएको छ ।

बरिष्ठ वकिलको सूचीमा हेर्नुहोस् सूची…

सम्बन्धित शीर्षक