नेपालगञ्जमा राष्ट्रिय झण्डा दिवस : नेपाली बिबिधता भित्र राष्ट्रियता र भावनात्मक एकता जागृत राख्न बैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाउन नागरिक स्तरबाट जोड

१ बैशाख, नेपालगञ्ज/  नेपालगञ्जमा नागरिक स्तरबाट बैशाख १ गते राष्ट्रि झण्डा दिवस मनाउने क्रममा नेपाली राष्ट्रिय झण्डाको बहु आयमिक पक्षको चर्चा गदै राष्ट्रिय दिवस मनाइएको छ ।

गत बर्ष झै यस बर्ष पनि नेपालगञ्ज उप-महानगरपालीकाको वडा नम्बर १३ स्थित रामलिला मैदानमा बिभिन्न सास्कृतिक तथा साहित्तीक कार्यक्रम तथा प्रवचन गरि उक्त राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

स्थानिय असल शासन तथा अन्तराल लगायत बिभिन्न सामाजिक संघ/संस्थाको सहभागीतामा बैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
नेपाली बिबिधता भित्र राष्ट्रिय भावनात्मक एकता, अखण्डता जागृत राख्न नागरिक स्तरबाट बैशाख १ गते बिबिध कार्यक्रम सहित राष्ट्रिय झण्डा दिवस मनाउने परम्परा थालनी गरेकोमा बिभिन्न क्षेत्रका ब्यक्तीहरुले श्रहना गर्नुभएको छ ।

बांके बाट ५ नम्बर प्रदेश सभासद सुरेन्द्र हमालले बैशाख १ गते नागरिक स्तरबाट राष्ट्रिय झण्डा दिवस मनाउदै राज्यलाई पनि घचघच्याई रहेकाले आफुले राज्यबाटै बैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाउने प्रस्ताव सदन समक्ष राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

त्यसैगरि नेपालगञ्ज उप महानगरपालीकाका प्रमुख धवल शम्शेर राणाले राट्रिय भावनात्मक एकता जागृतका लागी राष्ट्रिय झण्डा दिवस मनाउन सान्धभिक रहेको त्यसका लागी आफनो स्थानिय सरकार सकारात्मक रहेको बताउनु भयो ।

सोही कार्यक्रमा बांकेका प्रमुख जिल्लन अधिकारी रमेश कुमार के.सी.ले नेपालको राष्ट्रिय झण्डाको बहुआयामिक पक्षको चर्चा गर्दै राष्ट्रिय झण्डाको सबैले उच्च सम्मान र गर्भ महसुर हुने गरि यसको प्रयोग गर्नुपर्ने र त्यसका लागी राज्यले पनि बिशेष ख्याल गर्ने बताउनु भयो ।

सो अवसरमा नेपालगञ्ज उप महानगरपालीकाका उप प्रमुख उमा थापा मगर, धम्बोजी उच्च मा.बि.का प्राचार्य किरण आर्चाय, बिभिन्न कलाकार तथा साहित्यकार एवम कलाकारहरुले राष्ट्रियता झल्काउने बिभिन्न प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।