अभिनेत्री जुहि चावला परिवार कैलाश पर्वत यात्राको क्रममा नेपालगञ्जमा

जुहि चावलाको परिवारका सदस्यहरु

१७ असार, नेपालगञ्ज/नेपाल–चाइना सिमा क्षेत्रमा रहेको कैलाश मानसरोबर तिर्थ यात्रामा नेपाली लगायत भारतिय उच्च तथा मध्यम बर्गहरुको बिशेष आकर्षण केन्द्रको रुपमा विस्तार हुदै गएको छ ।

भारतिय ख्याती प्राप्त अभिनेत्री जुही चावलाले कैलाश मानसरोबर पर्वतको तिर्थ यात्रा गरि शनीबार स्वदेश फकिएकी छन ।
हिन्दी फिल्ममा आफनो छुटटै पहिचान राख्न सफल जुहि चावला आफना श्रीमान जय मेहताका साथ १७ बर्षिय जानबी मेहता र १४ बर्षिय अर्जुन मेहताका साथ निजी अंग रक्षक, आफना अन्य परिवारका सदस्य सहित जम्मा १३ जनाको उक्त भ्रमण टोलीले मुम्बईबाट काठमाण्डौं हुदै कैलाश मानसरोबरको यात्रा तय गरेको थियो ।

कैलाश मानसरोबरको यात्रा पछी हुम्लाको सिमीकोटबाट ३ वटा हेलीकोप्टर चार्टर गरेर शनिबार नेपालगञ्ज स्थित एयरपोर्टमा टान्जीट रुटको लागी आएकोमा शनीबार नै २ बजे बुद्ध एयरको सानो जहाज चार्टर गरेर उक्त जुहिको भ्रमण टोली काठमाण्डोंबाट मुम्बई लागेको छ ।

नेपालगञ्ज स्थित भारतिय राजदुताबासका स्थानिय प्रतिनिधि शुशिल कुमार गुप्ताका अनुसार भारतिय अभिनेत्री लगायत भारतिय उद्योगपती, उच्च ओहदामा बसीसकेका महत्वपूण ब्यक्तीहरु,फिल्मी क्षेत्रका ब्यक्तीहरु नेपालको बाटो हुदै कैलाश मानसरोबर जस्तो पबित्र ठाउंको यात्रा गर्नेक्रम बढदो रहेको सोही क्रममा चावला निजी तिर्थ यात्रामा आएको बताउनु भयो ।

जुहि चावला भारतको चण्डीगढ स्थित अम्बालामा सन १९६७ नोभेम्बर १३ तारिखमा जन्मेकी थिईन । उनि एक राम्रो गाय तथा डान्सर हुन भने सन १९८४ मा भातयि सुन्दरीको प्रतीयोगिता जितेपछी सन १९८६ मा सुल्तान फिल्मबाट आफनो फिल्मी क्यारियर सुरु गरेकी थिइन ।

जुहिका पिता पन्जाबी एस. चावला आयकर बिभागमा र आमा मोना चावला होटेल ओबरोयमा काम गर्थे । जुहीले भारतीय उद्योगपती जय मेहतासंग सन १९९५ मा दोस्रो पत्नीको रुपमा बिवाह गरेकी थिइत किनकी जय मेहताको पहिलो श्रीमती सुजाता बिरलाको सन १९९० मा पेलेन क्रयास दुर्घटनामा मुत्यू भएको थियो । बिक्रम सम्वत २०२४ साल कार्तिक २७ गते जम्मीएकी जुहिको १ छोरा र १ छोरी रहेका छन ।