नुवाकोट ध्याङफेदिमा आईचर मिनी ट्रक दुर्घटना : १८ जनाको मृत्यु, १७ घाइते

 

Photo : File Other accident

२८ मंसिर, नुवाकोट/  प्रदेश नम्बर ३ को नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालीका वडा नम्बर १ को ध्याङफेदिमा बा३ख ३९१३ नम्बरको आईचर मिनी ट्रक शुक्रबार साँझ दुर्घटना हुंदा १८ जनाको मृत्यु , १७ घाइते भएका छन् ।

नुवाकोटको ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा.३ख ३९१३ नम्बरको गाडी दुर्घटना भएको हो ।

३६ जना सवार गाडी दुर्घटना हुँदा १८ जनाको  शब फेला परेको छ  भने १ दर्जन बढी घाईतेको उद्धार गरिएको छ ।

प्रहरीका अनुसार आइचरमा सवार ३६ जनामध्ये १८  जनाको शव भेटिएको छ । घटनास्थलमा प्रहरी, सेना तथा अधसैनीक र सर्वसाधरणको सहयोगमा राहत तथा उद्धार कार्य र बेपत्ताको खोजी कार्य भइरहेको छ। रातको समय भएकाले उद्धार तथा राहत कार्यमा समस्या उत्पन्न भएको स्थानिय ब्यक्तीहरुले जानकारी गराएका छन ।
ट्रक सडकबाट करीब ७ सय मिटर तल खसेको घटनास्थलमा पुगेको प्रहरीले जानकारी दिएको बिभिन्न सञ्चार अनलाईन माध्यमहरुले आफनो समाचारहमा उल्लेख गरेका छन ।