नेपालगञ्जमा ३३ केजी चरेश सहित ४ जना पक्राउ,नेपालगञ्ज तस्करीको प्रमुख केन्द्र भएको प्रमाणित

६ भदौ, नेपालगञ्ज/ नेपालगञ्जमा जनपद प्रहरीले बैदेशिक निर्यातको लागी नेपालगञ्ज ल्याइपु–याईएको ठुलो परिणामको कालो चरेश सहित ४ जना ब्यक्तीलाई पक्राउ गरेको छ ।

नेपालको केही पहाडी जिल्लाको दुर्गम ठाउंमा परम्परागत रुपमा उत्पादन गरीने गांजाबाट हातले पेलेर उत्पादन गरीने चरेश नेपालको उत्कृष्ट रहने भन्दै अन्र्तराष्ट्रिय बजारमा उच्च मुल्य पाईने भएकाले नेपालबाट चरेश निर्यात गर्ने ग्रिरोह सक्रिय रहने गर्दछन ।

जिल्ला प्रहरी कार्यालय बांकेले मंगलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी नेपालगञ्जको वडा नम्वर ४,सल्यानी बंगला नजिकै बनस्पती कार्यालयको छेउबाट ११ केजी ५०० ग्राम र वडा नम्वर ६ रामनगरबाट बाट करीब २१ केजी २०० ग्राम चरेश पलाष्टीकमा बेरेर निर्यातका लागी तयारी अवस्थामा राखीएको चरेश पक्राउ परेको हो ।

बिशेष गरी मध्यपश्चिमका पहाडी जिल्ला रुकुम, रोल्पा, डोल्पा लगायतको जिल्लामा गांजा बाट बनाइने चरेश दांग हुदै दांगको कोइलाबास र नेपालगञ्जको बाटो हुदै भारत तर्फ निकासी हुने गरेको छ ।

यस अघि पनि दांग र बांकेका प्रहरीले ठुलो मात्रामा चरेश पक्राउ गदै आउदा भारत तर्फ चरेश तस्करी हुने गरेको तसकरीमा संलग्नहरुले बयानका क्रममा जानकारी गराउने गरेका थिए । मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको चरेश नेपालमा बेचबिखन तथा ओसार पसारमा समेत कानुनी बरखिलाप बस्तु हो ।

कसरी पक्राउ परे चरेश कारोबारी……

बांके, बर्दिया तथा दांग जिल्लामा पछील्लो पटक ठुलो मात्रामा गैर–कानुनी बस्तुहरु चरेश, बन्यजन्तुको छाला, सुन, अफिम, नक्कली पैसा तथा महिला मानव तस्करी जस्ता चिजमा तस्करहरुले मुख्य केन्द्रकैरुपमा प्रयोग गदै आएको तथ्याड् रहेको छ ।

पछील्लो पटक प्रहरीको सक्रियताले तस्करहरुसंग आमने–सामने भएका केही घटना सार्वजनिक गर्ने क्रममा र्मगलबार एउटा ठुलो उपलब्धी हासील गरेको प्रहरीले जनाएको छ । उक्त चरेश बजारमा अरुको  हातमा लागेर नेपालगञ्जमै खपत भएमा सयौं ब्यक्तीको छोरा–छोरी चरेश प्रयोग गर्नबाट रोक्न प्रहरी सफल भएको जनाएको छ ।

सोमबार सांझ पक्राउगरी मंगलबार जिल्ला प्रहरी कार्यालय बांकेले सार्वजनिक गरेको चरेश काण्ड टेक बहादुर तामाङ प्रहरी प्रमुख भएर बांके आए लगत्तै बिभिन्न क्षेत्र संग गरेको अन्र्तक्रियाको क्रममा गैर–कानुनी बस्तुहरु चरेश, बन्यजन्तुको छाला, सुन, अफिम, नक्कली पैसा तथा महिला मानव तस्करी जस्ता चिजमा तस्करहरुले मुख्य केन्द्रकै रुपमा प्रयोग गदै आएकोले यसलाई रोक्न प्रहरी प्रमुखलाई आग्रह गरेको र त्यसका लागी जनताको सहयोग रहने बताएपछी प्रमुखले आफना मातहतका सबैसंग बैठक बसी जनताले अनुभुती गर्ने गरी परिणाम मुखी काम गर्न सबैलाई निर्देशनात्मक ब्रिफिड. भएपछी प्रहरीका सबै इकाईहरु त्यस क्षेत्रमा लागेको बताइन्छ ।

जिल्ला प्रमुखको आदेशपछी त्यस क्षेत्रमा कामको लागी खटिएका जिल्लाको साधरण अनुसन्धान इकाई, अञ्चल तथा क्षेत्रको अनुसन्धान इकाईहरु सुन तथा चरेश लगायतको तस्करीको कारोबारोको गहिरो अनुसन्धान गरी नियन्त्रण तथा संलग्नलाई कार्वाही गर्ने काममा बषौं देखी केही प्रहरी चरेश कारोबार मै संलग्न जस्तो गरी आफनो डिउटी निभाउने क्रममा सोमबार ११ केजी ५०० ग्राम चरेश खरिद गर्न नेपालगञ्जको सल्यानी बंगलामा बोलाएर सोम बहादुर पुन पक्राउ गरेपछी प्रहरीले  चरेश कारोबारीहरुको जालो भित्र पस्न सफल भएको हो ।

सोमलाई समान सहित सोमबार सांझ बोलाएर चरेश खरिद गर्दा उनको बयान तथा अन्य गोप्य सुचनाको आधारमा सोही दिन रामनगरको एक घरमा डेरा गरी बस्ने २ जना महिला र उक्त कोठामा पलास्टीकले बेरेर राखीएको २१ केजी २०० ग्राम चरेश प्रहरीले फेला पारेको हो । जिल्ला प्रहरी, वडा प्रहरी, अनुसन्धान इकाईका बिभिन्न युनिटका सदस्यहरुको सक्रियतामा प्रहरी समान सहित समान बोक्ने २ जना महिला रुकुम स्थायी घर भएकी ४५ बर्षीया दीप कुमारी पुन र सुर्खेत डाँडाखालीकी ४० बर्षीया प्रेमा चन्दलाई पक्राउ गरेको हो ।

महिला तथा थप २१ केजी २०० ग्राम चरेश उनिहरुको बयानको आधारमा नेपालगञ्जको बसपार्क नजिकै रहेको मञ्जु होटलमा पनि प्रहरीले छापा मारेको थियो । होटल संचालक २० बर्षीय हिरा बुढालाई पक्राउ गरेको छ । होटलबाट बहुमुल्य पत्थरसहित एक जना व्यक्ति पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका ब्यक्तीले यस अघि पनि अदालत सम्म पुग्दा आफु लोभ लालचमा परेर समान पु–याइदेउ भनेर पु–याउन र राखी दिउ भनेर राखी दिएको बयान दिएर बिगतमा छुटने गरेकोमा हाल पनी उक्त घटनाका अभियुक्तले सोही बयानका आधारमा अघि बढने र चरेशका खास मुख्य ब्यक्ती पक्राउ गर्न प्रहरी पनि लोभलालचमा परेर पछाडी नहटने बरु योजना बद्ध ढंगले प्रहरी लागी रहने जिल्ला प्रहरी कार्यालय बांकेले पत्रकार सम्मेलन गरी मंगलबार नै उक्त कुरा बताई सकेको छ ।