बांकेमा सुरक्षा चुनौती बढदै: यस कारण एसपी सुवास जानुभो, तुल बहादुर आउनुभो

 

नेपालगञ्ज २४ चैत्र / मानिसको आधारभुत आवश्यक्ताको पहिलो प्रथामिकतामा रहेको मानबिय सुरक्षा चुनौती बांके जिल्लामा बढेर गएको बिभिन्न घटनाक्रमहरुले पुष्टी गरेको छ ।

२०८० फागुन २३ गते शनिबार सांझ ११ः३५ बजे हात हतियार सहित आएका करिब १ दर्जन ब्यक्तीहरुको समूह रहेको आशंका गरिएको नेपालगञ्ज र जानकी गाउंपालिका सिमा क्षेत्रमा पर्ने जानकी–३ इन्द्रपुरको नयांबस्तीको एकान्तमा रहेको सन्तोष कठरीया थारुको घरमा हात-हतियार सहित आएका डांकाहरुको समूहले घरको ढोका फोडेर भएको घर मालिकलाई ढोकाको गरालोले टाउंकोमा प्रहार गरि घाईते बनाएकोमा निजको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यू भएको थियो ।

उक्त घरका अन्यलाई नियन्त्रणमा लिएर सुनका गर-गहना र २ थान मोबाइल लुटी लगेको। हाल सम्म उक्त घटनामा शंकास्पद ब्यक्तीहरु पक्राउ गरेकोमा तिनिहरुले इन्कारी बयान दिईरहेकाले उक्त घटनामा अन्य अपराधीक समूह सहभागी रहेको देखिन्छ ।

२०८० चैत्र ३ गते शनिबार राती जानकी गाउंपालिका वडानम्बर १ र नेपालगञ्ज उप(महानथरपालिकाको वडानम्बर १० आदर्शनगरको पश्चिम दक्षिणको एकान्तमा रहेको खिम बहादुर चलाउनेको घरमा हात-हतियार सहित आएका करिब १ दर्जन समूहमा रहेका डांकाहरुले आक्रमण गरि घरपरिवार सबैलाई कुटपिट गरि केही गहना र मोबाईल लुटि लगेका थिए ।

खिम बहादुरको घरमा डांका गर्नू अघि उक्त डांकाहरुको समूहले नजिकै घर निर्माणमा रहेका बर्दियाका ५ जना लक्का जवान युवा मजदुरहरुको हात बांधेर नियन्त्रणमा लगि निजहरुको पनि मोबाइल लुटेर लगेका थिए । उक्त घटनामा पनि यस अघि इन्द्रपुरको घटनासंग मिल्दोजुल्दो हातहतियार ब्यक्तीको संख्या र कार्य शैली समानता रहेको देखिन्छ ।

नेपालगञ्ज वाडनम्बर १८ कारकादो निवासी राम प्रशाद योगीको घरमा २०८० साल फागुन २५ गते शिवरात्रीको दिन पनि राती संंगठितरुपमा हात-हतियार सहित आएका ब्यक्तीहरुको समूहले गरेको आशंका पिडित राम प्रशादले गर्नुभएको छ ।

बाँकेको नेपालगञ्ज-२१ विर्तामा २२ बर्षिय युवक अरबी खाँको चैत्र १८ गते राती हत्या गरिएको शव आईतबार बिहान घर नजिकै फेला परेको थियो । उक्त घटना पारिवारीक आन्तरिक कारणले भएको हुनसक्ने आशंका प्रहरीले गरेपनि हाल सम्म खुलेको छैन ।

बाँकेको जानकी गाउँपालीका वठानम्बर ६ कपासीमा २०८० चैत्र २२ गते राती पेस्तोल, खुकुरी र तरबार सहित आएका १० जना डाँकाहरुको समुहले स्थानिय लोकेन्द्र बहादुर बुढा क्षेत्रीको घरबाट नगद तथा गरगहना गरि ८ लाख बढिको धनमाल लुटेर लगेका छन । डाँकाहरुको कुटपिटबाट घर मालिक बुढा क्षेत्री सख्त घाईते भएकाले उहांको उपचार भईरहेको छ ।

काठमाण्डौबाट बसको सिट मुनी सुन लुकाएर ल्याउने क्रममा सुनको एउटा पेलेट सिटमुनी नै खसेर हराएको र पछी न्यूरोड तिरको सुन मालीकले खोज तलास गर्दा सुन बस पार्कमा अरुले नै भेटाएर लगेको बिषयमा ततकालिन २ जना जुनियर प्रहरी र पछी अन्य अधिकृतहरुको पनि त्यसमा संलग्न रहेको घटनाले उग्ररुप नै लिएको थियो ।

सुन तस्करले ४ किलो ल्याएकोमा १ किलोको पेलेट हराएको भन्दै गोप्यरुपमा बस भित्र खोज्नेक्रममा उक्त सुन प्रहरीले लगेको बसका ततकालिन सम्वन्धीत पक्षले जानकारी गराएपछी ति ब्यक्ती र अन्ष्य बीच बस पार्कको मौरी होटेलमा कुटपिटकै घटना भएको स्थानिय जानकारीहरुले बताएका थिए ।

उक्त घटनाको धेरै समय पछी आपसी बिवादका कारण केही प्रहरी पहिल्य नै काठमाण्डौको हिरासत सरहको १ नम्बर प्रहरी  गणमा अभियुक्त प्रहरीहरु तानेर नेपाल प्रहरीको उजुरी तथा छानबीन शाखा प्रमुख रहनुभएका दैलेख घर भएका एसपी प्रकाश मल्लको टिमले छानवीन गरिरहेकोले बांकेमा अपराध अनुसन्धानमा कार्यरत प्रहरीहरु निकै कम रहेको छ ।

त्यर्सैगरि एसपी मल्लको टिमले लुम्बिनी प्रदेश अन्तरगत बाँके जिल्लामा कार्यरत प्रदेश ब्यूरो, लागु औषध देखि सिबिलमा बिभिन्न समयमा  कार्यरत रहेका ३ तारे अधिकृत देखि सिपाई सम्मका केहीलाई काठमाण्डौं तानेर केहीलाई लाइन हाजीर गराएर सुन र केही लागु औषध घटनाको सम्वन्धमा अभियुक्तहरुसंगको मोबाईल सिडिआर देखि अन्य सम्वन्धीत घटनाका बिषयमा निष्पक्ष र बैज्ञानिक छानबनि गरेर हाल प्रहरी संगठनको बांके जिल्ला गनाएको बिषयमा प्रहरीको केन्द्रीय कार्यालयले एक्सन लिएपछी बांकेमा अपराध अनुसन्धानका लागी आवश्यक पर्ने दक्ष जनशक्ती अभाव भएपछी थप सुरक्षा चुनौती पनि थपिएको अवस्था रहेको छ ।

उपरोक्त घटना लगायतका अन्य केही प्रहरी अधिकारीहरु बीच नै आपसी समन्वय देखि जनसेवक प्रहरीको  बाहिरी जनसमूदायमा समेत समन्वयको अभाव कारण माथी उल्लेखित बिषय सुरक्षा जस्तो गम्भीर बिषयमा प्रगती हुन नसकेको अवस्थामा प्रहरी संगठनले बांकेका प्रहरी प्रमुख सुवास बोहरालाई अन्यत्र सरुवा गरेर यस अघि नेपालगञ्ज वडा कार्यालय प्रमुख, खजुरा प्रहरी गणको प्रमुख र कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्य गरिसक्नु भएका हाल प्रहरी संगठनको केन्द्रिय बिशेष कार्यदलमा कार्यरत  एसपी तुल बहादुर कार्कीलाई सुवास बोहराको ठाउंमा बांके सरुवा गरेर प्रहरी प्रधान कार्यालयले पठाएको छ ।