समाचारका बिषयमा पत्रकार भण्डारीलाई धक्की ! पत्रकारहरुको आपत्ती

 

नेपालगञ्ज २२ चैत्र / नेपाल पत्रकार महासंघ बांकेका अध्यक्ष एवम सदभाव दैनिक र सेतोखरी अनलाईनका सम्पादक प्रकाशक दामोदर भण्डारीले बिहिबार बांकेका पत्रकारहरुको सामूहिक भेला गरि आफनो सञ्चार माध्यममा प्रकाशित समाचारलाई लिएर बांकेका प्रहरी प्रमुख सुवास बोहराले धम्की दिएको जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी प्रमुख बोहराले भण्डारीलाई सञ्चार माध्यममा समाचार रोक्न दिएको अनुचित धम्कीपूण दवावप्रति गम्भीर चासो र चिन्ता ब्यक्त गर्दै समग्र बांके जिल्लाको सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने पदमा रहेको व्यक्तिले पत्रकार महासंघका अध्यक्ष माथी प्रदर्शन गरेको व्यवहार सविधानप्रदत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी रहेको घटना बिवरण सुनेपछी उपस्थित पत्रकारहरुको बैठकले ठहर गरेको छ ।

आकस्मिक रुपमा आयेजना गरिएको पत्रकारहरुको बैठकले पत्रकारलाई धम्की लगायत पछिल्ला दिनमा राज्यका निकायबाट एकपछि अर्को गरी बाँकेमा पत्रकार एवं प्रेस स्वतन्त्रता माथि नियोजित तरिकाबाट प्रहार गर्ने गरी भइरहेका घटना रोक्न संयुक्तरुपमा प्रतिवादन गर्ने र निष्पक्ष एवं भयरहित तरिकाले पत्रकारिता गर्ने वातावरण निर्माणका लागि थप छलफल गरी धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको छ ।

छलफलमा महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, महासंघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष शुक्रऋषी चौलागाई, पूर्व केन्द्रीय सदस्य झलक गैरे, पूर्व अध्यक्ष निरज गौतम, पूर्व अध्यक्ष रुद्र सुवेदी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका अध्यक्ष प्रियास्मृती ढकाल, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य सहित अग्रज पत्रकार एवं महासंघका पदाधिकारी एवं सदस्यहरु सहभागि रहनुभएको थियो । बैठकले बिहीवारको छलफलका आधारमा थप धारणा सार्वजनिक गर्दै अघि बढ्ने निष्कर्ष निकालेको छ ।

घटनाका सम्वन्धमा बांकेका प्रहरी प्रमुखउ परिक्षक सुवास बोहराले पत्रकारहरु प्रति आफु सकारात्मक रहेको र उक्त दिनपनि प्रकाशित समाचारका बिषयमा धेरै ब्यक्तीहरुका बीच सार्वजनिरुपमा सामान्य छलफल भएको र त्यस्तो समाचार रोक्न वा अन्य धम्की दिने काम आफुबाट नभएको प्रतिक्रिया दिनुभएको छ ।