बाढीपहिरोमा परी हाल सम्म ३० जनाको मुत्यू,राहत तथा बचाउ कार्य जारी,बांकेमा राजमार्ग आंशिक सुचारु

 २९ श्रावण, नेपालगञ्ज/ अबिरल बर्षासंगै आएको बाढी पहिरोमा परी ३० जनाले ज्यान गुमाएको गृहमन्त्रालयले जनाएको छ । डुवान परेका तराईका भु-भागहरुमा स्वच्छ पानी र खानेकुराको समेत अभाब हुन थालेको बताइएको छ । डुवान भएका कतिपय ठाँउका छतमा समेत असुरक्षित रुपमा बृद्ध, अशक्त र बालबालीकाहरु उद्धारको पर्खाईमा रहिरहेको  छ ।
 पिडीतहरुको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीहरु परिचालीत भइरहेका छन् ।  बाढीपहिरोमा परी सुनसरीमा ७, झापामा ४, सिन्धुलीमा ४ जनाको मृत्यु भएको छ । यसैगरी मोरङमा ३, बाँकेमा ४, पाँचथरमा ३ र बारा, सर्लाही, दाङ, पाल्पा र बर्दियामा एकएक जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले सबै सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै उद्धारको निम्ति सबै सरकारी एवं गैरसरकारी निकाय तथा नागरिकलाई उद्धारमा प्रभावकारी रुपमा क्रियाशील हुन अपिल गरीसकेको  छ ।
 पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको गृह मन्त्रालयले जानकारी दिएको छ । बाढी पहिरोमा परी साउन महिनामा मात्रै ५५ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
कोशी व्यारेजमा पानीको वहाब  दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिनुभयो ।
दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ । पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने उहाँले जानकारी दिनुभयो ।
 सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन् । उक्त गाउँका १० हजारभन्दा बढी बासिन्दा बाढीमा फसेको र उनीहरुलाई नेपाली सेनाको टोली परिचालन गरी उद्धार गर्ने प्रयास गरिए पनि वर्षा भइरहेकाले सकिएको छैन ।
 धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन । धरान–१३, निसाने खोला नजिक धरान–धनकुटा सडकखण्डमा पहिरो जाँदा धरान–धनकुटा यातायात अवरुद्ध भएको छ ।
इटहरीको बुढीखोलामा आएको बाढीका कारण डुबानमा परेका करिब एक हजार बासिन्दालाई स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरमा आपतकालीन उद्धार गरी त्यहाँ खाने र बस्ने व्यवस्था मिलाइएको छ ।  इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् । त्यस्तै, विराटनगर–धरान यातायात पनि पुरै बन्दछ ।

बांकेको राजमार्ग क्षती र बाढीको तस्बीर

बांकेमा राहत तथा बचाउ कार्य जारी, राजमार्ग आंशिक सुचारु

बाढीको कारणले कोहलपुर-कुसुम खण्डमा सडकमा बाढीले क्षती पु–याएकोमा स्थानिय प्रशासन ,सुरक्षाकर्मि, सडक बिभाग, जिल्ला समन्य सकमतिका, अन्य सबै सरोकारुवाला निकायका ब्यक्तीहरुको पहलमा पूर्व–पश्चिम राजमार्ग आंशिक रुपमा सुचारु गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज पौडेलले जानकारी दिनु भएको छ ।
प्रवक्ताका अनुसार राजमार्गको अन्य ठाउंको सबै अवरोध हटाए पनि गन्धैली पुल नजिकको भत्तकेको बाटोबाट हाल निर्माण गरेको ठाउंबाट साना गाढीहरु मात्र सञ्चाल गर्न सकिने अवस्था रहेको छ । 
ठुला गाढीहरुको लागी समस्या रहेको र राजमार्गमा यात्रुहरु झरेर बाटो वारपार गर्ने र यताका यतै र उताका उतै यात्रु बोक्ने गरी सवारी आवागमन भइरहेको जानकारी दिनु भएको छ ।
 ठुला सवारी साधाधनको लागी केही समय लाग्ने भएको छ । बाटो भत्केको ठाउंमा खोलाबाट एेच्छीक बाटो बनाउने ठाउं नभएको र खोलामा पानीको बवाब तेज भएकाले डार्यभर्सन बनाउन पनि समस्या रहेको छ ।

राप्ती पारीका बाढी पिडीतहरुका लागी  स्थानिय दैबी उद्धार समिती सहितको टोली राहत तथा बचाउ क्षेत्रमा जुटी रहेको आज फेरी बाढी प्रभाबित क्षेत्रहरुमा जाने गरी ब्यवस्थापन भइरहेका जानकारी दिनुभयो ।
बाकेमा बाढीको कारणले तिनवटा राजमार्ग काे पुल क्षति ग्रस्त र गन्धईलि पुल पुर्णरूपले क्षति राजमार्गमा काे अावगमन बन्द भएकोमा आंशिक रुपमा सुचारु गर्न सफल भएको,र फत्तेपुर , विनाैना , कचनापुर , बैजापुर र शमशेरगज मा ठुलाे क्षति भएको छ । बांकेको सिक्टा सिचाई आयोजनाको मुल नहर फुटदा ठुलो नोक्सानी बेहोर्नु परिरहेको छ । गत बर्ष पनि उक्त नहर भत्कीदा कचनापुरमा ठुलो क्षती भएको थियो । तस्बीरहरु अम्मर खडका र रुद्र सुबेदी