इराक र इरानको उत्तरी सीमामा ७.३ रेक्टरको भूकम्प,१ सय ३५ जनाको मृत्यु

२७ कात्तिक/  इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण पश्चिम इरानमा  र इराकमा गरी हाल सम्म १ सय ३५ जनाको मुत्यू भएको र कम्तीमा ३ सय ५० जना घाईते र करोडौंको क्षती भएको छ ।  आइतबार राती १ बजे गएको उक्त भुकम्प को गहराई १४. ४ माइल रहेको उल्लेख गरिएको छ । 

भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ ।

इराकको राजधानी बग्दादमा धेरैले प्राथना गरिरहेका छन् । इरानी समाचार संस्था आइ.आर.आइ.एन.एनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबर आएको जानकारी दिनुभएको छ । अरु गाउँमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । अाइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भू बैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ ।

त्यसैगरी कोष्टरीका मा पनि नेपाली समय अनुसार ८ बजेर१४ मिनेट जादा ६.२ माइल गहराईमा मापन गरिएको उक्त भसकम्पको क्षतीको बिववरण प्राप्त भएको छैन ।