नेपालगञ्ज एयरपोर्टमा ४.२१.४९ केजी तस्करीको सुन सहित २ जना पक्राउ

सुन काण्डमा जिल्ला प्रहरी कार्यालय बाँके वार पत्रकार सम्मेलन

१८ भाद्र, नेपालगञ्ज/ दांग तथा काठमाण्डौंबाट नेपालगञ्ज तर्फ गैरकानुनी रुपमा सुन ओसार-पसार भइरहेको गोप्य सूचनाको आधारमा आन्तरिक ट्रयासिङ्ग (पत्ता लगाउने)  क्रममा बाँके प्रहरीले शुक्रबार नेपालगञ्ज एयरपोर्टबाट ४.२१.४९ केजी सुन सहित २ जनालाई पक्राउ गरेको छ।

काठमाण्डौंबाट नेपालगञ्जका लागि उडेको श्रीएयलाइन्स को फलाइट नम्बर SHA४३३ नम्बरको पेलेनबाट शुक्रबार दिउसो २ बजे नेपालगञ्ज एयापोर्टमा अवतरण पछि बाहिर निस्कने क्रममा गोप्य सूचनाको आधारमा पिछा गरिरहेको प्रहरीले शंकास्पद २ जना ब्यक्तीलाई  नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।

उक्त घटनामा पक्राउ परेका मोरङ्ग ततकालिन लेटाङ्ग गाविस वडा नम्बर २ घर बताउने बर्ष २८ को बुद्दिमान खाती र झापा   खादुनावारी गाविस वडा नम्बर ६ अमिर लगुन (वि.क. ) को  पेलेन अवतरण गरेको आधा घण्टा पछी करिव २:३० बजे को समयमा ति ब्यक्तीहरुले शंकास्पद गतिविधी गरेकाले नेपालगञ्ज एयरपोर्ट बाहिर बाट नियन्त्रणमा लिएर प्रहरीले  खानतलासी गरेको थियो।

खानतलासी गर्दा अमिर लगुनले लगाएको दाँया बाँया जुत्तामा लुकाएर राखेको २/२ वटा सुनका विस्कुट र बुद्दि मानले लगाएको दाँया बाँया जुत्ता भित्र१/१ पिस गरी जम्मा ६ थान गरि  ३.९९४ केजी  काँचो सुन र खातीले बोकेको लेदरको झोला चेकजाँच गर्दा झोलावाट तिलहरी १ थान, बाला१ थान, लकेट ५ थान गरि २७.४९ ग्राम गरी जम्मा ४.२१.४९ केजी सुन बरामद भएको बॉकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ।

नेपालगञ्ज एयरपोर्ट घटनाका सम्वन्धमा जिल्ला प्रहरी
कार्यालय बाँकेले शुक्रबार साँझ नै पत्रकार सम्मेलन गरि घटना सार्वजनिक गरेको छ ।

गैर कानुनी सुन काण्ड मिलाउन बाँकेको सुन चाँदी ब्यवसाय संघ मार्फत मिलावटी विल बनाएर  कुराकानी मिलाउन लागि परेका छन ।

प्रहरीले पक्राउ गरेको सुन आवश्यक कार्वाहीका लागि कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयमा पठाउने गरेको छ।
यस अघि दांगको इमलियाबाट प्रहरीले पक्राउ गरेको २ केजी सुन मध्य मिलेमतोमा १ केजीको विल भर्पाई मिलाएर सुनवालालाई फिर्ता गरेको र १ किलो कोहलपुर  राजश्वले विचाराधिन  गरेको थियो ।

कोहलपुर  राजश्वले  नेपालगञ्जको पुष्पलाल चौक बाट राजश्व छानवीन गरेको मोवाइल पसलमा पनि मिलेमतोमा सानो रकम मात्र जरिवाना गरेर मिलाएको थियो।