कोरोना संक्रमण देखिएकी जुम्ल्याह बच्चा की २९ वर्षीय महिलाको आईतबार बिहानै कोहलपुरमा मुत्यू

 

१८ असोज, नेपालगञ्ज/ कोरोनाका संक्रमणका कारण आईतबार बिहान कोहलपुर स्थित मेडिकल कलेजमा थप १ जना सुत्केरी महिलाको उपचारको क्रममा मुत्यू भएको छ ।

मृत्यु हुनेमा सुदूरपश्चिम क्षेत्रको कञ्चनपुर जिल्लाको महेन्द्र नगर-२ का २९ वर्षीय पहिलो पटकको सुत्केरी महिला रहनुभएको सेती अस्पताल धनगढीले जानकारी दिएको छ ।

कोरोना समेत संक्रमण भई बांके जिल्लाको नेपालगञ्ज स्थित भेरी अस्पताल र कोहलपुर स्थित मेडिकल कलेजमा उपचार गराईरहेका मध्य आईतबार बिहान सम्म २९ जनाको मुत्यू भईसकेको छ ।
मुत्यू भएका मध्य बांके जिल्लाका २० जना र गम्भीर बिरामी भई थप उपचारका लागि बाहिरी जिल्लाबाट आएका ९ जना रहेका छन ।

बांके जिल्ला कोरोना संकट ब्यवस्थापन समितिका फोकल पर्सन एवम स्वाथ्य कार्यालय बांकेका प्रवक्ता समेत रहनु भएका नरेश श्रेष्ठले हालसम्मको कार्यप्रगति विवरण मिडियामा सार्वजनिक गर्दै मध्य र सुदुर पश्चिम नेपालका बिभिन्न जिल्ला तथा ठाउंमा रहेका साना तथा ठुला अस्पतालबाट समेत बांकेको कोहलपुर स्थित मेडिकल कलेज र नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाका संक्रमणका गम्भीर प्रकृतिका बिरामीहरुको उपचारको लागि आउने संख्यामा बृद्धि हुदै गएको जानकारी दिनुभएको छ ।

श्रेष्ठले बिरामीहरु अन्य जिल्ला तथा अस्पतालबाट रिफर गर्दा सबै जानकारी ल्रिएर ब्यवस्थितरुपमा गर्न समेत सम्वन्धीत सबैसंग आग्रह गर्नुभएको छ ।
श्रेष्ठले केही बिरामीहरु आफु संक्रमित भएर पनि उपचार गर्दैनन कि भनेर जानकारी लुकाएर अस्पताल भर्ना भएर उपचारको क्रममा पत्ता लाग्ने गरेको, केही रिफर भएर आउने बिरामीको आवश्यक विवरण नै नपठाइदिने गरेको र पछील्लो पटक शनिबार सांझ कर्णाली प्रदेशको सुर्खेतबाट रिफर गरिएको १ जना कोरोना संक्रमित गम्भीर बिरामीलाई भाडाको गाडीले बिरामीलाई कोहलपुर स्थित मेडिकल कलेजको अस्पताल परिसरमा छोडेर गएको समेत जानकारी दिनुभएको छ ।

यसरी पछील्लो पटक उपचारको नाममा थप अब्यस्थित नहोस भन्नका लागि सम्वन्धीत प्रदेश सरकारले समयमा नै ध्यान दिएर स्वाथ्य मन्त्रालयको उपचार सम्वन्धी निर्देशिका पालना गरेमा यस्ता समस्याबाट बिरामी तथा बिरामीका आफन्तहरुले सास्ती भोग्नु नपर्ने फोकल पर्सन श्रेष्ठले आफनो कार्यप्रगति अनुभवको आधारमा बताउनु भएको ।
आईतबार बाँकेमा ८ जना महिला र १० जना पुरुष गरी १८ जना कोरोना संक्रमितको तनाव बाट मुक्त पाउनु भएको छ ।
बाँके जिल्लामा हालसम्म २ हजार ३६ जना संक्रमित भएकोमा १६०२ जना संक्रमणबाट मुक्ति पाइसक्नुभएको छ।

Today’s Discharge List