नेपालगञ्जको बस पार्कका २ होटेलमा छापा: करिब १ करोड बढी सहित ५ जना नियन्त्रणमा

 

नेपालगञ्ज २८ फागुन / बांके प्रहरीले आज सोमबार पनि नेपालगञ्ज अर्को हुण्डी कारोबारी अडडामा छापा मारेर करिब १ करोड बढी रुपैया फेला पारेको छ ।

हिजो आईतबार हुण्डी कारोबारीको अडडा नजिकैबाट ३ जना ब्यक्ती सहित ३९ लाख २० हजार रुपैया पक्राउ गरेकोमा आज सोमबार नेपालगञ्ज उप–महानगरपालिका वाडनम्बर ४ बस पार्क र पुष्पलाल चौक नजिक रहेको २ वटा छुटटा छुटटै होटेलमा छापा मारेर १ करोड १५ लाख ९२ हजार ७ सय रुपैया सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बांके र राष्ट्रिय अनुसन्धान बांकेको स्रोतका अनुसार आईतबारको घटनापछी गरिएको छानबीनको क्रममा लामो समय देखि अबैध धन्दा गर्नेहरुको प्राप्त बिवरणहरुको आधारमा गरिएको अप्रेशनको क्रममा नेपालगञ्जको बस पार्क नजिक रहेका २ वटा होटेलमा सोमबार बिहान प्रहरी छापा मारेको थियो ।

बस पार्क नजिक रहेको होटेल सन्तोष दंगालीको कोठामा बसेका नेपालगञ्ज– १४ बस्ने ३५ बर्षिय रोहीत क्षेत्री,  दांग तुल्सीपुरका बताउने ४३ बर्षिय कृष्ण बिक र भारत निवासी राहुल जैसवाललाई नियन्त्रणमा लिएर गरिएको प्रारम्भिक छानबीनको क्रममा निजहरुबाट स्रोत नखुलेको भारू ११ लाख र नेपाली ५७ लाख २८ हजार ७०० सहित नेपाली रुपैया ७४ लाख ८८ हजार ७ सय रुपैया फेला पारेको छ ।

त्यसैगरि बस पार्क कै अर्को होटेल कालिका होटेलमा छापा मारेर छानबीन तथा खोज तलास गर्दा सो होटेलमा बसेका नेपालगञ्ज–१६ जैसपुरका ५० बर्षिय सलिम जोलाह र २५ बर्षिय आसिफ अन्सारीबाट ४ लाख ४० हजार भारतिय रुपैया र ३४ लाख नेपाली गरि ४१ लाख ४ हजार फेला पारेको छ ।

नेपालगञ्जमा पछील्लो समय सुन तथा नेपालबाट जडीबुटी भारत तर्फ तस्करी र भारतबाट भन्सार छलीका बिभिन्न सामानहरु आयात  तथा क्यासिनोमा जुवा खेल्ने लगायतका अन्य बिभिन्न गैर-कानुनी कामहरुमा समेत हुण्डी मार्फत पैसाको कारोबार भईहेको सन्दर्भमा प्रहरीले बिभिन्न स्रोतबाट प्राप्त सूचनाको आधारमा
अप्रेशन हुण्डी सञ्चालन गरेको घटना क्रमले देखाएको छ ।

हिजो हुण्डी कारोबारीबाट घटनास्थलमा ३८ लाख ६४ हजार पक्राउ गरेकोमा पछी निजहरुको शरीरको खान तलासी गर्दा समेत कुल ३९ लाख २० हजार रहेको बांकेका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहराले जानकारी दिनुभएको छ ।

हुण्डी कारोबारीबाट पक्राउ परेको पैसा र घटना स्थलमा चेक जांच तथा प्ररारम्भिक छानबीन गदै बांकेमा खटिएका सुरक्षाकर्मीहरुको टिम र अभियुक्तहरुको भिडियो क्लिप्स ।