नेपालगञ्जको धम्बोजीबाट घुस सहित अधिकृत पक्राउ

 

नेपालगञ्ज ६ बैशाख/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज स्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले बुधबार सांझ नेपालगञ्ज स्थित एक होटेलबाट १ लाख २१ हजार रुपैया सहित एक जना अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

कैलालीको लम्की स्थित चुरे–तराई मधेश संरक्षण बिकास समिति कार्यक्रम कार्यन्वयन इकाई लम्की कैलालीका जलाधर ब्यवस्थापन अधिकृत सिरहा–गोल बजार बारा निवासी प्रभात पाललाई बुधबार अपरान्ह ३ः४५ बजे सेवाग्राहीसंग नगद १ लाख २० हजार नगद घुस रकम लिईरहेको अवस्थामा अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकृत पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालञ्जबाट खटिएको टोलीले सेवाग्राहीबाट १ लाख २०,००० घुस लिइसकेको अवस्थामा उक्त रकम र अन्य स्रोत नखुलेको १ हजार ५ रुपैया समेत गरी जम्मा १ लाख २१ हजार ५ रुपैया सहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित एक खानाखाने होटेलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बिहिबार बिहान एक बिज्ञप्ती प्रकाशित गरि जानकारी दिनुभएको छ ।