नेपाल पत्रकार महांघको उत्कृष्ट शाखा घोषित बांकेमा अनिश्चितकालिन तालाबन्दी

१५ चैत्र, नेपालगञ्ज/ नेपाल पत्रकार महासंघको अग्रनी शाखा रहेको बांके शाखामा शाखाका प्रथम अध्यक्ष समेत रहनु भएका लियाकत अली लगायतको उपस्थितमा आईतबार देखी अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।

नेपाल पत्रकार महासंघको महाधिबेशनको पूर्व सन्ध्यामा बांके शाखाले बिधान बमोजिम शाखाबाट नयां सदस्यताका लागि प्रकिया बमोजिम सिफारिस गरि महासंघको लुम्बिनी प्रदेशबाट समेत सर्वसम्मतरुपमा केन्द्रमा सिफारिस गरिएका सदस्यहरुको नाम हटाएर मनमर्जिरुपमा सदस्यता थप गरि पठाएको बिरोधमा आईतबार देखी तालाबन्दी गरिएको हो ।

नेपाल पत्रकार महासंघको बिधानमा शाखाले प्रकिया पु-याएर सिफारिस गरिएकाहरुलाई केन्द्रले सदस्ता दिने ब्यवस्था रहेकोमा यस पटक कुसित मनसायका साथ प्रकिया र बिधानलाई लत्याएर मनखुशि सदस्यता दिएकोमा आपत्ती जनाउदै प्रेस चौतारी नेपाल लगायतका आवद्ध पत्रकारहरुले महांसघको शाखामा तालाबन्दी गरेका हुन ।

नेपाल पत्रकार महासंघका बांके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले बांके शाखाले रित पुगेका ६३ जना पत्रकारहरुलाई महासंघको सदस्यता दिन सिफारिस गरेकोमा प्रदेश हुदै केन्द्रमा पुगेकोमा, राजनितिक आस्थाका आधारमा क्रियाशिल पत्रकारहरुलाई महासंघको सदस्यता नदिएर अन्यलाई सदस्यता बितरण गरिएको लिस्ट केन्द्रले पठाएपछी बांके शाखामा बिरोध सुरुभएको जानकारी दिनुभएको छ ।

नागरिक समाजको अग्रनी संस्थाको रुपमा पहिचान बनाउदै आएको नेपाल पत्रकार महासंघ बांकेमा केन्द्रले मनपरी सदस्यता बितरण देखी सदस्यता सरुवा समेत गरेको, यसमा चौतारी आवद्ध क्रियाशिल पत्रकारहरुको लगातार नेतृत्व रहदै आएकोमा त्यसको बिरोधमा गैर पत्रकारहरुलाई हुलेर महासंघ कब्जामा लिने रणनिति अन्तरगत त्यसरी मनपरी केन्द्रले सदस्यता बितरण गरेको चौचारीका बांकेका सचिव कमल डांगीले बताउनु भएको छ । स्मरणिय छ यस पटक केन्द्रमा प्रचण्डपथवाला माओबादी र एउटा युनीय गुटको महासंघको केन्द्रमा नेतृत्व रहेको अवस्थामा छ ।

नेपालमा क्रियाशिल पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघमा पछील्लो पटक राजनितिक थलोको रुपमा बिकास गरेर कहिल्य कतै पत्रकारीता नगरेका ब्यक्तीहरुलाई पनि आफु निकटका कारण सदस्यता दिने र आफुलाई मन नपरेको वा फरक बिचारधाराकोलाई पत्रकारीता नगरेको आरोपमा सुद्धिकरणका नाममा हटाउने गरिदै आएकोमा चौतारीले यस पटक बिरोध जनाउदै आएको जनाएको छ ।

बांकेमा शाखाले गत भदौमा ६३ जनाको रित पुगेका पत्रकारहरको सदस्यता बितरणको लागि सिफारिस गरेकोमा पछील्लो पटक थप सदयताका लागि आवेदन आएकोमा महासंघको साधरण सभामा एउटा कार्यदल बनाएर नयां सदस्य लिनेहरुको हकमा छानबनि गरि महासंघ शाखालाई सिफारिस गर्ने गरि कार्यदल बनाएको थियो।  उक्त कार्यदलको नाममा शाखालाई आधिकारीक जाकारी  बिना नै केही कुसित मनसायको साथ नामावली थपघट गरि केन्द्रले नयां सदस्यताका नाममा बिधान, प्रक्रिया मिचेर राजनितिका नाममा मनपरी गरी शाखाको सुनाई नभए सम्म बांके लगायतका जिल्ला र लुम्बीनी प्रदेशमा महासंघका सबै कार्यक्रम नगरेर बिरोध जनाउने लुम्बिनी प्रदेशका महासचिव तथा संगठन बिभाग प्रमुख भेषराज बस्नेतले बताउनु भएको छ ।