कैलालीका सांसद झपट रावल को पहलमा अति विपन्न परिवारलाई कम्बल बितरण

दिनेश पाण्डे/ कैलाली माघ २२

कैलालीको बर्दगोरिया गाउपालिकामा रहेका बिपन्न, मुक्त कमैया परिवारलाई  कम्बल बितरण गरिएको छ । कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावल को पहल र एनआरएन चिन को सहयोगमा बर्दगोरिया गाउपालिका वडा नं. ३ मा रहेका मुक्त कमैया शिविरमा ६० घरपरिवारलाई ,वडा नं. १ स्थित मुडाका बादी समुदायमा ५० घरपरिवारलाई र वडा नं. ५ भुरुवामा रहेका मुक्त कमैयाका ५० घरमा न्यानो लुगा कम्मल वितरण गर्नुभएको छ ।

सांसदमा निर्वाचित भएपछी देखी तेस्रो पटक आफ्नो निर्वाचन क्षेत्र पुग्नु भएका सांसद रावल ले लगातार चिसो सुरु भए देखिनै न्यानो लुगा बितरण गरिरहनु भएको छ । केही दिन अघि मात्रै लम्की चुहा नगरपालिकाका विभिन्न स्थान र बर्दगोरिया गाउपालिकाकामा बसोबास गर्ने परिवार लाई लुगा तथा अपाङगता भएका व्यक्तीलाई ह्विल चेयर वितरण गर्नुभएको थियो ।

सांसद रावलले अति विपन्न घर परिवारहरुलाई कम्मल वितरण गर्नुभएको हो । कम्मल पाउदा स्थानिय खुशि ब्यक्तगरेका छन पहिले चुनाव जितेर गएका नेतालाई आफनो गाउमा कहिले देख्न पाईएन स्थानियको भनाई छ ।

आफनो क्षेत्र का सांसद गाउमा आए पछि स्थानीय बासि खुसी भएका छन । बितरण टोलिमा एनआरएन चिनका सदस्य श्याम हरि सेढाई ,बिष्णु हरि भण्डारी, नवराज तिमिल्सिना र सुरज न्यौपानेको सहभागीता रहेकोछ । यस्तै कैलालीकोे बर्दगोरिया गाउपालिकाको वडा नम्बर ५ मा सोमबार जेष्ट नागरीकलाई पनि कम्मल वितरण गरीएको छ ।

वडा नम्बर ५ कोे लक्षीत समुह विकास अन्तरर्गत छुट्याईएको रकमको १ सय २० परिवार लाई कम्बल वितरण गरीएको वडा अध्यक्ष श्याम कुमारी चौधरीले बताउनु भयो ।

विभिन्न टोलमा रहेका लक्षित वर्ग, अति विपन्न आर्थिक अवस्था कमजोर भएका घरपरिवारका जेष्ट नागरीकलाई आज ९सोमबार० कम्मल वितरण गरीयको हो ।

बर्दगोरीया गाउपालीकाका वडा नं। ५ की वडा अध्यक्ष श्याम कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बर्दगोरिया गाउपालिकाका अध्यक्ष बलिराम चौधरीको रहनु भएको थियो । विशिष्ट अतिथीमा गाउपालीका उपाध्यक्ष भगवती चौधरी रहनु भएको थियो भने कार्यक्रमको संचालन वडा नम्बर ५का सचिब शेर बहादुर बडायकले गर्नु भएको थियो ।