राष्ट्रियसभा र संघिय सभाको कार्यतालीका सार्वजनिक


२५ फागुन,काठमाडौं/ आगामी चैत ५ गते भित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ साता सम्म संसदमा नियमित रूपमा चुनाव हुने भएको छ।
संसद् सचिवालयले चैत ४ सम्म विभिन्न पदको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ।संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार प्रतिनिधिसभा सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ता र शनिबार सभामुखका लागि मतदान हुनेछ। प्रतिनिधिसभा प्रारम्भ भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संविधानको धारा ९१ मा व्यवस्था छ। प्रधानमन्त्री केपी ओलीले फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले लिनुपर्ने संवैधानिक व्यवस्था छ।
विगतमा संसद्बाट मात्र प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था रहे पनि नयाँ संविधानले राष्ट्रपतिबाट नियुक्तिको व्यवस्था गरेको छ।
प्रतिनिधिसभामा वाम गठबन्धनको झण्डै दुई तिहाइ मत रहेको र मधेसकेन्द्रित दलले पनि सघाउने तयारी भइरहेकाले प्रधानमन्त्री ओलीले दुई तिहाइ बहुमत पाउने अनुमान गरिएको छ।

यस्तो छ चुनावी कार्यतालिका

फागुन २५  सभामुख उम्मेदवारी
फागुन २६  सभामुख निर्वाचन
फागुन २७  प्रधानमन्त्रीले विश्वासको मत लिने
फागुन २८  राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी
फागुन २९  राष्ट्रपतिको निर्वाचन
फागुन ३०  राष्ट्रियसभा अध्यक्षको निर्वाचन
चैत १  उपसभामुख उम्मेदवारी
चैत २  उपसभामुख निर्वाचन
चैत ३  राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी
चैत ४  उपाध्यक्षको निर्वाचन