नेपालगञ्ज ५ जेष्ठ/ नेकपा (एमाले ) बाँकेको नवौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न गरिदै छ।
नयाँ नेतृत चयनका लागि संगठन बिभाग प्रमुख समेत रहनु भएका महासचिव शंकर पोखरेल लगायतको नेतृत्व वर्गले उदघाटन सत्रमा बोल्दै पार्टीका निकायमा नेतृत्व चयन गर्दा नेपालको संविधान र पार्टीको बिधान वमोजिम समावेशिता, अवसरको समान न्यायिक बितरण जस्ता कुरामा ख्याल गर्दै युवा पुस्तामा नेतृत्वको हस्तारण जस्ता कुरामा ख्याल पुऱ्याउन कार्यकर्ताहरुलाई निर्देशन दिइसक्नु भएको छ ।
बाँकेको ९औं अधिवेशनमा निवर्तमान एमाले बाँके अध्यक्ष एवम गएको निर्वाचनमा संघिय संसद सदस्य पदमा पार्टीले बाँके क्षेत्रनम्बर ३ बाट उम्मेदवार अवसर दिएको व्यक्ति किस्मत कक्षपतीले पनि पुन: बाँकेको अध्यक्ष पदमा दावी प्रस्तुत गर्नुभएको छ ।
त्यसैगरी एमाले माओवादी पार्टी एकिकरणको समयमा नेकपा बाँकेको अध्यक्ष र गएको निर्वाचनमा बाँकेको क्षेत्रनम्बर २ अन्तर्गत प्रदेश सासंदको उम्मेदवारको अवसर पाईसक्नु भएका निरक गुरुङ्गले पनि अध्यक्ष पदमा पुन: आफुलाई अवसर दावी गर्नुभएकोमा उक्त अवसर छोडेर निरक गुरुङ्गको पक्षमा लाग्नुभएको छ ।
त्यसैगरी गएको ८औं अधिवेशनमा अध्यक्ष पदको दावेदारी गर्नुभएका सहमती गर्दा नेकपा एमाले बाँकेको उपाध्यक्ष पदमा बस्न र अर्को पटक अर्थात ९औं अधिवेशनमा अध्यक्षको जिम्मेवारी समेत दिएर अवसर दिने नेतृत्वको बाचा पाएका निवर्तमान उपाध्यक्ष डिल्ली बिसीले पनि अध्यक्ष पदको उम्मेदवारी दावी गर्नुभएको छ ।
संसदिय फाँट र पार्टीको नेतृत्वमा अवसर पाईसकेका ब्यक्तिलाई पुन: अवसर दिर्ने कार्य नेतृत्व तथा कार्यकर्ताले गरेमा अवसरको समान उचित न्यायिक वितरण नहुने भएकाले अवसर नपाएका, सक्षम युवालाई बाँकेको नेतृत्व दिनुपर्ने आवाज एमाले नेतृत्व तथा कार्यकर्ता वर्गले प्रथामिकता दिदै आएको छ ।
बाँकेमा शनिवार राती सम्ममा योग्य, सक्षम युवाको हातमा नयाँ नेतृत्व दिनेक्रममा बाँकेमा रहेका सबै केन्द्रिय सदस्य इन्चार्जलाई संगै राखेर अध्यक्ष लगायतका पदमा दावी गरिरहेका ब्यक्तिको बारेमा वारम्बर एउटै व्यक्तिलाई अवसर र जिम्मेवारी दिदा अन्य नेता तथा कार्यकर्ता माथी अन्याय हुने भएकाले के कारणले किन र कस्लाई नेतृत्वको अवसर दिने भन्ने विषयमा छलफल गरेर नेतृत्व चयन गर्न एमाले महासचिव शंकर पोखरेलले कार्यकर्ताहरु लाई उदघाटन सत्र मै आब्हान गरिसक्नु भएको छ ।
अधिवेशनमा एमाले बाँकेको नयाँ नेतृत्वको लागि केन्द्रिय सदस्य मो. हारुन हल्वाईको संयोजन तथा पार्टी इन्चार्ज खेममान खड्काको उपस्थितमा छलफल चलिरहेको छ ।
टिमले विगतमा नेतृत्व वर्गको आश्वासन पाएर पनि अवसर नपाएको सञ्चारको विषयमा पिएचडी गर्नलाग्नु भएका निवर्तमान उपाध्यक्ष डिल्ली बिसीलाई सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेदारी दिने विषयमा छलफल चलिरहेको तर बाँकेमा गाँस- बाँस समेत नरहेका माथी नेताले लादेर नेता बनाइएका केही टिउरिष्ट नेताले बारम्बार एउटै व्यक्तिलाई अवसर दिनुपर्ने ढिपी कसिरहेकोले सहमती जुटन नसकेको सहभागी एक केन्द्रिय सदस्यले जानकारी दिनुभएको छ ।
छलफल पछी युवा वर्गमा तेतृत्व हस्तारणका लागी सर्वसम्मतका लागि यस अघिका उपाध्यक्ष डिल्ली बि सी र निरक गुरुङ्ग मध्य एक जनालाई अध्यक्ष, उपाध्यक्षमा यस अघिका सचिव रत्न खत्रीलाई उपाध्यक्ष, सचिवमा यस अघिका सचिवालय सदस्य रहिसक्नु भएका वलराम भट्टराई र भिम वली त्यसैगरी यस अघिका नेपालगञ्ज अध्यक्ष दत्त आर्चाय लगायतका व्यक्तिका विषयमा छलफल भईरहेको छ भने सह-सचिवमा समावेशिताको आधारमा १ जना दलित समुदायको महिला र खुलाबाट किशोर थापालाई अगाढी सारिएको छ भने समावेशिताको आधारमा मधेशी वा मुस्लिमबाट बनाउने कि भन्ने विभिन्न व्यक्तिको विषयमा पनि छलफल भईरहेको छ ।
टिमले छलफल पछी एमालेको विधान वमोजिम पार्टी सदस्य एवम प्रतिनिधीको अनुपातको आधारमा १२० जनाको नेतृत्व टिमको बिवरण तयार गरेर प्रस्ताव अगाढी सार्ने प्रवल सम्भावना रहेको छ ।
बाँके एमाले नेतृत्व कहाँबाट को -कति जना ?
# पदाधिकारी ५ जना,
# खुलाबाट १२ जना समावेशी सहिन २६ जना,
# नेपालगञ्जबाट ६ जना समावेशी सहिन २० जना
# कोहलपुरबाट ७ जना समावेशी सहित २१ जना
# खजुराबाट ५ जना समावेशी सहिन १५ जना
# बैजनाथवाट ६ जना समावेशी सहित १८ जना
# राप्तीसोनारीबाट ४ जना समावेशी सहिन १० जना
# जानकी, हुडुडुवा र नरैनापुरबाट प्रतिनिधित्व कम रहेकाले डुडुवा र जानकीबाट २/२ र अन्य बाट १ जना एमालेको विधान वमोजिम नेतृत्व चयन गर्ने देखिन्छ तर यसमा आवश्यकताको आधारमा नेतृत्वले केही हेरफेर गर्न सक्ने पनि विकल्प देखिन्छ ।
पार्टी अधिवेशनका लागि
नेपालगञ्ज -उपहानगरबाट ८३ जना,
कोहलपुर नगरपालिकाबाट ८९ जना,
खजुरा गाउँपालिकाबाट ६१ जना,
जानकीबाट १६ जना,
बैजनाथबाट ७५ जना,
राप्ती सोनारीबाट ३६ जना,
डुडुवाबाट १६ जना,
नरैनापुरबाट ११ जना र
जनसंगठनबाट ८१ गरि जम्मा ४६८ जना प्रतिनिधिहरु अधिवेशनमा सहभागिता रहेको छ ।
हाम्रो संरचना । ५ जेष्ठ २०८१, शनिबार ०७:३९