
असोज ७ नेपालगञ्ज/ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा गोकर्ण प्रसाद दाहालका अनुसार मंगलबार सांझ सम्म डेङ्गु सङ्क्रमणका कारण देशभरमा २ जनाको निधन भइसकेको छ भने ४ हजार ८ सय १४ जनामा सङ्क्रमण देखिएको छ ।
तथ्याङ्कअनुसार कोशी प्रदेशमा ७ सय १४, मधेस प्रदेशमा ९५, बागमती प्रदेशमा १ हजार ६४, गण्डकी प्रदेशमा १ हजार २ सय ७३ जना, लुम्बिनी प्रदेशमा ८ सय ४३, कर्णाली प्रदेशमा २ सय ७० र सुदूरपश्चिम प्रदेशमा ५ सय ५५ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।


हाम्रो संरचना । ७ आश्विन २०८२, मंगलवार २१:४८